वन अतिक्रमण गरी बनाइएका टहरा हटाइयो
नेपालबहस संवाददाता
जेठ २, २०७८ आइतबार १५:५५:२९
२ जेठ,कञ्चनपुर । कोरोनाको संक्रमण उच्चरूपमा बढ्दै गएका बेला कञ्चनपुरमा निषेधाज्ञा जारी गरिएको छ । अत्यावश्यक कार्यबाहेक बाह्य क्षेत्रमा हिँडडुलसमेत गर्न बन्द गरिएको छ । निषेधाज्ञाका बेला कृष्णपुर नगरपालिका–२ वाणीस्थित वीरेन्द्र स्मृति सामुदायिक वनमा सुकुम्बासीका नाममा जग्गा अतिक्रमण गरी टहरा निर्माण शुरु गरिएको छ ।
सकुम्बासीका नाममा सामुदायिक वनमा बाँसका १२ भन्दा बढी टहरा निर्माण गरिएको पाइएपछि सशस्त्र प्रहरी र सामुदायिक वनका पदाधिकारीले भत्काएका छन् । टहरा निर्माण गर्नेलाई त्यस क्षेत्रबाट शनिबार हटाइएको सशस्त्र प्रहरी बल नेपाल नं ३५ गण हेडक्र्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले बताए ।
“अवैधरूपमा सामुदायिक वनको जग्गा अतिक्रमण गरी बनाइएका टहरा भत्काएका छौँ”, उनले भने, “टहरा निर्माण गर्नेहरूलाई सम्झाइबुझाई त्यस क्षेत्रबाट भगाइएको छ ।” तीन दिनअघि मात्रै कृष्णपुर–१ स्थित नवदुर्गा महिला सामुदायिक वनको जग्गा अतिक्रमण गरी बसेका १०० भन्दा बढी व्यक्तिलाई सबडिभिजन वन कार्यालय वाणी, सशस्त्र प्रहरी, नेपाल प्रहरी र सामुदायिक वनका उपभोक्ताको सहयोगमा हटाइएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेत र बाँसका सामानबाट आत्मनिर्भर बन्दै टीकापुरका महिला
पुष ५, २०८१ शुक्रबार
शिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
प्रदेश राजधानी देउखुरीमा भौतिक संरचना निर्माण अन्तिम चरणमा
पुष ५, २०८१ शुक्रबार
झापा कपः चर्च ब्वाइज क्लब फाइनलमा
पुष ५, २०८१ शुक्रबार
शिशिर ऋतुमा पनि अन्नपूर्ण चढ्न आरोही आए
पुष ५, २०८१ शुक्रबार
नेपालमा शून्य दशमलव ७५ प्रतिशतले बढ्यो वन क्षेत्र
पुष ५, २०८१ शुक्रबार