ज्यानमारा भाइरसबाट बाँकेमा थप ८ संक्रमितको मृत्यु
नेपालबहस संवाददाता
जेठ २, २०७८ आइतबार १७:८:५८
२ जेठ, काठमाडौं । ज्यानमारा भाइरसबाट बाँकेमा थप ८ जना संक्रमितको मृत्यु भएको छ । योसंगै जिल्लामा कोरोनाबाट दुई सय ३५ जनाको मृत्यु भएको छ । बाहिरी जिल्लाबाट उपचार गराउन आउँदा एक सय ८३ जनाको मृत्यु भइसकेको छ ।
बाँकेका कोरोना फोकल पर्सन तेज वलीका अनुसार मृतकमध्ये बाँके र बर्दियाका ३र३ जना र रोल्पा र कैलालीका एकरएकजना रहेका छन् । नेपालगन्ज उपमहानगरपालिका-१९ का ६० वर्षीय पुरुषको भेरी अस्पतालमा मृत्यु भएको छ । वैशाख २८ गते पीसीआर गरिएका उनलाई जेठ १ गते भर्ना गरिएको थियो ।
भेरी अस्पतालमै कोहलपुर नगरपालिका-१५ का ६७ वर्षीय पुरुषको मृत्यु भएको छ । वैशाख ३१ गते पीसीआर गरिएका उनलाई त्यही दिन भर्ना गरिएको थियो । राप्तिसोनारी गाउँपालिका २ बाँकेकी ५२ वर्षीय महिलाको मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको छ । जेठ १ गते एन्टिजेन परीक्षण गरिएको उनलाई त्यही दिन कोहलपुरमा भर्ना गरीएको थियो ।
बर्दिया मधुवन नगरपालिका-९ का ७१ वर्षीय पुरुषको भेरीमा मृत्यु भएको छ । वैशाख २५ गते पीसीआर गरिएका उनलाई २९ गते भर्ना गरिएको थियो । बर्दिया बढैयाताल गाउँपालिका-१ का ५० वर्षीय पुरुषको भेरी अस्पतालमै मृत्यु भएको छ । वैशाख २७ गते पीसीआर गरिएका उनलाई ३० गते भर्ना गरिएको थियो । यसैगरी बर्दिया बढैयाताल गाउँपालिका-२ का ८७ वर्षीय पुरुषको भेरीमा मृत्यु भएको छ । वैशाख २८ गते पीसीआर गरिएका उनलाई त्यही दिन भर्ना गरिएको थियो ।
यस्तै, कैलाली गौरीगंगा गाउँपालिका-४ का ५२ वर्षीय पुरुषको मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको छ । वैशाख १६ गते कैलालीमा पीसीआर गरिएका उनलाई २३ गते भर्ना गरिएको थियो । रोल्पा रुम्टीगढीका ३५ वर्षीय पुरुषको भेरीमा मृत्यु भएको छ । वैशाख २५ गते दाङमा पीसीआर गरिएका उनलाई २९ गते भेरीमा भर्ना गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नक्कली फेसबुक आइडिको प्रयोग गरी २७ लाख ठगी आरोपमा पक्राउ
मंसिर ३, २०८१ सोमबार
नेपाल–भारत सीमा सुरक्षा बैठक : सीमापार अपराध नियन्त्रण थप प्रभावकारी बनाउने निष्कर्ष
मंसिर ३, २०८१ सोमबार
काठमाडौं महानगरले वर्गीकृत फोहर मात्रै व्यवस्थापन गर्ने
मंसिर ३, २०८१ सोमबार
आगोले पोलेर घाइते महिलाको उपचारका क्रममा मृत्यु
मंसिर ३, २०८१ सोमबार
डेडिकेटेड तथा ट्रंकलाइन विवाद: ‘टीओडी’का आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठन
मंसिर ३, २०८१ सोमबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार