विराटनगरमा उपचाररत विभिन्न अस्पतालमा १२ संक्रमितको मृत्यु
नेपालबहस संवाददाता
जेठ २, २०७८ आइतबार १८:३९:५२
२ जेठ, काठमाडौं । ज्यानमारा काेराेना भाइरसबाट पछिल्लो १२ घण्टामा विराटनगरका अलग-अलग अस्पतालमा कोरोना संक्रमणका कारण थप १२ जनाको मृत्यु भएको छ ।
विराटनगरस्थित कोभिड १९ उपचार केन्द्रमा विराटनगर- १ का ३४ वर्षीया महिला, विराटनगर- १४ का ६८ वर्षका पुरुष, सुनवर्षी नपगरपालिका-३ मोरङका ५३ वर्षका पुरुषको उपचारको क्रममा मृत्यु भएको हाे ।
यसै गरी विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा विराटनगर महानगरपालिका- ४ का ५२ वर्षका पुरुष, विराटनगर-१ का ३५ वर्षका पुरुष, बेल्टार-५ उदयपुरका ५६ वर्षका पुरुष, पथरी सनिश्चरे-१ मोरङका ६४ वर्षकी महिला, सिराहा- ६ का ६२ वर्षका पुरुष, सिराहा- ७ का ६९ वर्षका पुरुष र मोरङको सुन्दर हरैँचा-९ की ६० वर्षकी महिलाको उपचारको क्रममा मृत्यु भएको हाे ।
यसैगरी विराट अस्पतालमा सर्लाही-१ लालबन्धी का ३५ वर्षकी महिलाको र इलाम-८ का ३४ वर्षका पुरुषको उपचारकै क्रममा मृत्यु भएको बताइएकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मंगलबार डलरसंगै युरोको भाउ पनि घट्यो
मंसिर ४, २०८१ मंगलबार
राशिफलः आज एैना हेरेर बाहिर निस्कदा शुभ हुन्छ
मंसिर ४, २०८१ मंगलबार
पहाडी भूभागमा हल्का वर्षा र तराइमा हुस्सुको सम्भावना
मंसिर ४, २०८१ मंगलबार
असोजमा आएको बाढीपहिरोका कारण भएको जनधनको क्षतिमा पौन १२ अर्बको बिमा दाबी
मंसिर ४, २०८१ मंगलबार
उम्मेदवारविरुद्ध परेका उजुरीको आज छानबिन गर्दै निर्वाचन आयोग
मंसिर ४, २०८१ मंगलबार
त्रिशूलीमा खसेको ट्रकबाट ३ जनाको उद्धार
मंसिर ४, २०८१ मंगलबार