नेपालका ७४ वटा जिल्लामा निषेधाज्ञा
नेपालबहस संवाददाता
जेठ २, २०७८ आइतबार २०:४:२७
२ जेठ, काठमाडौं । कोरोना भाइरस संक्रमण नियन्त्रणका सरकारले जारी गरेको निषेधाज्ञा तीन जिल्ला बाहेक सबै जिल्लाहरुमा लागु छ ।गृहमन्त्रालयलका अनुसार तेह्रथुम, खोटाङ र मनाङ बाहेक अन्य ७४ वटा जिल्लामा निषेधाज्ञा गरिएको हाे।
यसअघि रुकुम पूर्वमा निषेधाज्ञा गरिएको थिएन। रुकुममा पनि एक साताको लागि निषेधाज्ञा गरिएको छ। कोरोना संक्रमित भेटिन थालेपछि रुकुम पूर्वमा पनि निषेधाज्ञा गरिएको हो। बैशाख १३ गतेदेखि देशका विभिन्न जिल्लामा निषेधाज्ञा लागु गर्न सुरु भएको थियो।
संक्रमितको सङख्या ठुला शहरमा ५ सय अन्य स्थानमा २ सय भएको ठाउँमा स्थानिय प्रशासन कार्यालयले निषेधाज्ञा गर्न पाउने अधिकारी रहेको छ। निषेधाज्ञा गरिएको जिल्लामा मध्ये काठमाडौंमा सबैभन्दा धेरै सक्रिय संक्रमित रहेका छन्। काठमाडौं उपत्यकाभित्र देशभर थपिने संक्रमितमध्ये ३० प्रतिशत भन्दबढी छन्।
अहिले निषेधाज्ञा भएकामध्ये पाँच जिल्लामा आंशिक भने बाँकी जिल्लाहरुमा पूर्णरुपमा निषेधाज्ञा रहेको छ। काभ्रे, ताप्लेजुङ, धनकुटा, सप्तरी र मुस्ताङमा भने केही स्थानमा मात्र निषेधाज्ञा गरिएको छ। ४० वटाभन्दाबढी जिल्लाहरुमा निषेधाज्ञाको समय थप गरिएको छ।
कोरोना संक्रमण बढ्दै गएपछि संक्रमरण सर्ने दर घटनाउन भन्दै स्थानिय प्रशासनले निषेधाज्ञा गरेका हुन्। त्यस्तै सरकारले अन्तराष्ट्रीय हवाइ उडान समेत बन्द गरेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मंगलबार डलरसंगै युरोको भाउ पनि घट्यो
मंसिर ४, २०८१ मंगलबार
राशिफलः आज एैना हेरेर बाहिर निस्कदा शुभ हुन्छ
मंसिर ४, २०८१ मंगलबार
पहाडी भूभागमा हल्का वर्षा र तराइमा हुस्सुको सम्भावना
मंसिर ४, २०८१ मंगलबार
असोजमा आएको बाढीपहिरोका कारण भएको जनधनको क्षतिमा पौन १२ अर्बको बिमा दाबी
मंसिर ४, २०८१ मंगलबार
उम्मेदवारविरुद्ध परेका उजुरीको आज छानबिन गर्दै निर्वाचन आयोग
मंसिर ४, २०८१ मंगलबार
त्रिशूलीमा खसेको ट्रकबाट ३ जनाको उद्धार
मंसिर ४, २०८१ मंगलबार