संक्रमितलाई भेट्न कोसेली बोकेर घरघर पुग्छन नगरप्रमुख
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_q7JcPhruJc.jpeg
)
नेपालबहस संवाददाता
जेठ २, २०७८ आइतबार २०:४४:१०
![](https://nepalbahas.prixacdn.net/media/albums/corona-15_beAhbQyZLc.jpg)
२ जेठ,खलङ्गा । चन्दननाथ नगरपालिकाकाले होम आइसोलेशनमा बसेका कोरोना संक्रमितलाई कोसेली लिएर घरघरमा भेट्ने अभियान शुरुआत गरेको छ । अभियानमा नगरप्रमुख कान्तिका सेजुवाल सहित प्रमुख प्रशासकीय अधिकृत तीर्थराज पौडेल र स्वास्थ्य शाखाका प्रमुख पृथ्वीनाथ योगी छन् ।
स्यानिटाइजर, मेडिकल मास्क, भिटामिन ‘सी’ र ‘डी’, च्यवनप्रास, एक क्यारेट अण्डा, साबुन र चना लिएर नगरपालिकाको टोली संक्रमितको घरमा पुगेको नगरप्रमुख सेजुवालले जानकारी दिए । संक्रमितको स्वास्थ्य अवस्थाको चिन्ता गरी घरदैलो अभियानमार्फत कोसेली दिने कामको शुरु भएको स्वास्थ्य शाखाका प्रमुख योगीले बताए ।
संक्रमित भएका बिरामीलाई पौष्टिक तत्वको कमीले गर्दा स्वास्थ्य अवस्थामा समस्या नहोस् भनेर कोसेली लिएर घरमा पुगेको प्रमुख प्रशासकीय अधिकृत पौडेलले जानकारी दिए । आइसोलेशनमा बसेका नागरिकबाट अरू व्यक्तिमा कोरोना सर्न सक्ने भएकाले सचेत रहन सुझाव दिने काम भएको नगरपालिकाले जनाएको छ ।
गाउँमा संक्रमित भएका कोरोनाका बिरामीहरुले भान्सा, शौचालय, खानेपानी धारा एउटै प्रयोग गरेको हुनाले अरू मानिसलाई सचेत हुन नगरपालिकाले आग्रह गरेको छ । संक्रमितहरुलाई आफू सुरक्षित भइ घरपरिवार र समाजलाई सुरक्षित राख्न तथा नगरपालिकाले दिएको पौष्टिक तत्वको सेवन गर्न सल्लाह दिएको नगरपालिको स्वास्थ्य शाखाले जनाएको छ । संक्रमितलाई स्वास्थ्य अवस्था गाह्रो भएमा खबर गर्न पनि नगरपालिकाले आग्रह गरेको छ ।
संक्रमित भएकाहरुलाई मास्कको नियमित प्रयोग गर्न, साबुनपानीले मिचीमिची हात धुन र स्यानिटाइजरको प्रयोग गर्न सल्लाह दिइएको छ । आत्मबल कमजोर भएका संक्रमितको मनोबल बढाउन र गाउँमा हुने विवाह व्रतबन्धलगायत कार्यमा सरिक नहुन नगरप्रमुख सेजुलाले सबै नागरवासीलाई आग्रह पनि गरेका छन् ।
नगरपालिकाभित्र ५२ संक्रमितहरु आइसोलेशनमा छन् । घरमा बसेका संक्रमितलाई हेलचक्र्याइँ नगर्न भनिएको छ । नगरपालिकाको टोली कोसेली बोकेर घरमा पुग्दा संक्रमित निकै खुशी भएको स्थानीयवासी केशवनाथ योगीले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओलीले गरे लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्रीले लुम्बिनी प्रदेशसभाको बैठकलाई विशेष सम्बोधन गर्ने
फागुन ४, २०८१ आइतबार
रुपन्देहीमा लागुऔषध कारोबारी बढे, ठूलो परिणामको चरेससहित ७ जना पक्राउ
फागुन ३, २०८१ शनिबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार