संघीय संसद भवन नयाँ बानेश्वरमा खोप लगाउने क्रममा तनाव भएपछि स्थगित !
नेपालबहस संवाददाता
जेठ २, २०७८ आइतबार २०:५७:३३
२ जेठ, काठमाडौं । कोभिड १९ को भ्याक्सिन अभावको कारण आजको कोभिड १९ को दोस्रो चरणको खोप लगाउने कार्यक्रममा तनाव भएपछि स्थगित भएको छ । दोश्रो चरणको खोप लगाउने विषयमा संघीय संसद भवन नयाँ बानेश्वरमा तनाव भएको हो ।
संघीय संसद सचिवालयको पहलमा जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले खोप लगाउने सिलसिलामा तनाव उत्पन्न भएको छ । संघीय संसदका सांसद, कर्मचारी, सुरक्षाकर्मी, पत्रकारका लागि राखिएको खोप कार्यक्रममा अन्य सरकारी निकायका कर्मचारी तथा उनीहरूका आफन्तहरू समेत खोप लगाउन आएपछि विवाद उत्पन्न भएको थियाे ।
लगाउन ल्याइएको खोप संख्याभन्दा उल्लेख्य रूपमा भीड बढेको भन्दै जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले खोप लगाउन रोकेको छ । संसद सचिवालयले आजका लागि ८ सय डोज खोप मागेको भएपनि ३ सय डोज खोप मात्र ल्याइएको जनाइएको छ ।
सो ल्याएको खोप समेत जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंका कर्मचारीले लगाउन मानिरहेका छैनन् । बिहानैदेखि लाइन बसेका सांसद तथा पूर्वमन्त्रीले समेत खोप लगाउन पाएका छैनन् ।
साथै लाइन बसेका अन्य व्यक्तिहरू खोप लगाउन नपाएपछि आक्रोशित बनेका छन् । संसद सचिवालयले २ दिन अघिदेखि सांसद कर्मचारी तथा मर्यादापालक तथा संसदीय रिपोर्टिङ गर्ने पत्रकारका लागि दोश्रो डोजको खोप लगाउने कार्यक्रम राखेको थियो ।
यता , सघीय ससद र सघीय ससद सचिवालयसंग सम्बन्धित छुट भएका सबै माननीय तथा कर्मचारी लगायत अन्य सबै सम्बन्धितहरूलाई सम्भब भएसम्म चाडै खोपको ब्यबस्थापन गरिने सासद सुबिधा ब्यबस्थापन शाखा, स्वास्थ्य इकाइले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मंगलबार डलरसंगै युरोको भाउ पनि घट्यो
मंसिर ४, २०८१ मंगलबार
राशिफलः आज एैना हेरेर बाहिर निस्कदा शुभ हुन्छ
मंसिर ४, २०८१ मंगलबार
पहाडी भूभागमा हल्का वर्षा र तराइमा हुस्सुको सम्भावना
मंसिर ४, २०८१ मंगलबार
असोजमा आएको बाढीपहिरोका कारण भएको जनधनको क्षतिमा पौन १२ अर्बको बिमा दाबी
मंसिर ४, २०८१ मंगलबार
उम्मेदवारविरुद्ध परेका उजुरीको आज छानबिन गर्दै निर्वाचन आयोग
मंसिर ४, २०८१ मंगलबार
त्रिशूलीमा खसेको ट्रकबाट ३ जनाको उद्धार
मंसिर ४, २०८१ मंगलबार