सीसीएमसी बैठक : संक्रामक रोग ऐन २०२० का प्रावधानले मात्रै नपुग्ने निष्कर्ष
नेपालबहस संवाददाता
जेठ २, २०७८ आइतबार २१:७:३१
२ जेठ, काठमाडाैं । कोभिड १९ संकट व्यवस्थापन समिति ‘सीसीएमसी’ले कोरोना भाइरसको संक्रमणसँग जुध्न कानुनी झन्झटहरु भएकाले त्यसको समाधानका लागि सम्बन्धित निकायहरुलाई निर्देशन दिने निर्णय गरेको छ।
आइतबार प्रधानमन्त्री केपी ओली समेत सहभागी सीसीएमसी बैठकले संक्रामक रोग ऐन २०२० का प्रावधानले मात्रै नपुग्ने निष्कर्ष निकालेको हो। बैठकमा प्रधानमन्त्री ओलीले अक्सिजन, खोपलगायतका अत्यावश्यकीय वस्तुहरुका लागि तत्काल काम थाल्न निर्देशन दिएका छन् ।
अहिलेको महामारीविरुद्ध लड्न र नागरिकको ज्यान जोगाउन कानुनी संरचनाहरु आवश्यक रहेकोले आवश्यक तयारी गर्न कानुन मन्त्रालय लगायत सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय भएको बैठकपछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालले बताए।
उनले महामारीका बेला अत्यावश्यक रहेका अक्सिजन लगायतका स्वास्थ्य सामग्रीको आपूर्ति तत्काल सहज पार्न र त्यसमा तदारुकताका साथ काम गर्न सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय पनि गरिएको जानकारी दिए।
मन्त्री ज्ञवालीले तत्काल स्वास्थ्य संकटकाल घोषणा गर्ने अवस्था भने नरहेको बताए। यद्यपि स्वास्थ्य संकटकाल लगाउनेबारे आफूहरु छलफलमा रहेको उनले बताए। कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि सबै शक्तिलाई आफ्नो क्षमता अनुसार प्रयोग गर्ने निर्णय भएको उनले बताए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मंगलबार डलरसंगै युरोको भाउ पनि घट्यो
मंसिर ४, २०८१ मंगलबार
राशिफलः आज एैना हेरेर बाहिर निस्कदा शुभ हुन्छ
मंसिर ४, २०८१ मंगलबार
पहाडी भूभागमा हल्का वर्षा र तराइमा हुस्सुको सम्भावना
मंसिर ४, २०८१ मंगलबार
असोजमा आएको बाढीपहिरोका कारण भएको जनधनको क्षतिमा पौन १२ अर्बको बिमा दाबी
मंसिर ४, २०८१ मंगलबार
उम्मेदवारविरुद्ध परेका उजुरीको आज छानबिन गर्दै निर्वाचन आयोग
मंसिर ४, २०८१ मंगलबार
त्रिशूलीमा खसेको ट्रकबाट ३ जनाको उद्धार
मंसिर ४, २०८१ मंगलबार