महोत्तरीमा ‘खाद्य बैंक’ सञ्चालन
नेपालबहस संवाददाता
जेठ २, २०७८ आइतबार २३:४८:६
२ जेठ,महोत्तरी । महोत्तरीको बर्दिबासमा नागरिकस्तरमा गठित कोभिड–१९ व्यवस्थापन समितिले भोकालाई खुवाउन ‘खाद्य बैंक’ सञ्चालनमा ल्याएका छन् । अहोरात्र सुरक्षामा खटिने सुरक्षाकर्मी, पैदलयात्री र महाव्याधीले रोजगारी गुमाएर भोकभोकै बस्नपर्ने अवस्थाका गरीबलाई खाजा, खाना खुवाउन ‘खाद्य बैंक’ सञ्चालनमा ल्याइएको समितिले जनाएको छ ।
बर्दिबास उद्योग वाणिज्य संघ, होटल तथा पर्यटन व्यवसायी संघ, बर्दिबास हेल्प फाउण्डेशन र रोटरी क्लब अफ बर्दिबाससहितका सामाजिक संघसंस्थाका प्रतिनिधिको पहल कदमीमा ‘खाद्य बैंक’ सञ्चालन गरिएको हो । महोत्तरी–१ ‘क’ बाट निर्वाचित प्रदेशसभा सदस्य शारदा थापाको अध्यक्षतामा गठित कोभिड–१९ व्यवस्थापन समितिले ‘खाद्य बैंक’ सञ्चालनका लागि उपसमिति नै गठन गरेको छ ।
‘खाद्य बैंक’ मा आवश्यक खाजा, खाना व्यवस्थापनका लागि बर्दिबास उद्योग वाणिज्य संघले महाव्याधीको असहज परिस्थिति रहुञ्जेल रासनको आपूर्तिको जिम्मेवारी लिएको छ । “हामीले समितिलाई सहयोग गर्न सबै उपकारी मनहरुसँग सार्वजनिक अपिल नै गरेका छौँ” ‘खाद्य बैंक’ व्यवस्थापन उपसमितिका संयोजक रेवन्त कार्कीले भने, “गर्नेले मन फुकाएर सहयोग गरिरहेका छन् ।” खाजा, खाना पूर्वपश्चिम राजमार्ग, अस्पताल परिसरका अतिरिक्त भोका मान्छे वरपर कहीँ छन् भन्ने थाहा पाउनासाथ तयारी खाजा र खाना पु¥याइने गरिएको संयोजक कार्कीको भनाइ छ ।
समितिले आफ्नो व्यानरमा ‘हुनेले दिनुहोस्, नहुनेले लिनुहोस्’ भन्ने मुख्य नारा नै बनाएको छ । समितिले कोभिड–१८ प्रभावितलाई निःशुल्क एम्बुलेन्स सेवा, घरघर पुगेर प्रभावित परिवारलाई मास्क, सेनिटाइजरसहितका स्वास्थ्य सामग्री वितरण गर्नुको साथै र केही पर्दा ‘हामी छौँ’ भनेर ढाडस दिने गरेको समितिका अध्यक्ष थापाले बताए ।
“दुःख आपदका बेला ल, चिन्ता नगर्नुहोस् , हामी छौँ नि यति कुराले पनि प्रभावित परिवारलाई राहत हुँदो रहेछ” समितिका अध्यक्ष तथा प्रदेशसभा सदस्य थापाले भने, “निकै संक्रमण बढेको बर्दिबास–५ चेरुमा पुगेर संक्रमित र उनीहरुका परिवारलाई भेट्यौं, उनीहरुले राहत महसुस गर्नु भएको हाम्रो ठम्याइ छ ।” समितिले विभिन्न सामाजिक संघ संस्थासँग समन्वय गरेर अक्सिजनको आवश्यकता रहेका बिरामीलाई सोको आपूर्ति पनि गर्दै आएको छ ।
‘हुनेले दिनुहोस्, नहुनेले लिनुहोस्’ अभियानमा रोटरी क्लब अफ बर्दिबासले रु दुई लाख, होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरी, बर्दिबास सहकारी सञ्जाल र बर्दिबास हेल्प फाउण्डेशनले रु एक लाख ५० हजार सहयोग गरेको समितिले जनाएको छ । यसैगरी हेल्थ फाउण्डेशन महोत्तरीले संक्रमितहरुका लागि स्वास्थ्य सामग्री र आवश्यक औषधि उपलब्ध गराउँदै आएको अध्यक्ष थापाको भनाइ छ ।
समितिले एक दिनपूर्व जिल्लामा क्रियाशील पत्रकारहरुका लागि मास्क र सेनिटाइजरसहितका स्वास्थ्य सामग्री प्रदान गरेको थियो । त्यसैगरी समितिमा आवद्ध बर्दिबास हेल्प फाउण्डेशनले नेपाल पत्रकार महासंघ महोत्तरी शाखालाई विपद् कोष सञ्चालनार्थ ५० हजार नगद उपलब्ध गराइसकेको छ ।
अप्ठ्यारो र असहज परिस्थितिबीच सामाजिक सङ्घसंस्थाले बढाएका सकारात्मक पहल कदमीको आम सर्वसाधारणले निकै सराहना गरेका छन् । “आपद्विपद् परेका बेला सम्झी घरघर पुगेर सकेको मद्दत गरेका छन्” बर्दिबास–२ बुद्धचोकका बासिन्दा स्थानीय गायत्री आचार्यले भने, “यिनीहरुको जय होस् ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदृष्टिविहीनका विद्यालय सञ्चालन गर्न मधेश सरकारले सघाउने
पुष ९, २०८१ मंगलबार
जनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
पुराना घरमा नयाँ पुस्तालाई हुर्काइरहेकी ‘महिला स्वयंसेविका’
पुष ९, २०८१ मंगलबार
जानकी गाउँपालिकामा नतिजाका आधारमा विद्यालयलाई अनुदान
पुष ९, २०८१ मंगलबार
एकीकृत समाजवादीः गण्डकी प्रदेशको अधिवेशन पोखरामा
पुष ९, २०८१ मंगलबार
छविको सकिएपछि सुरुहुन्छ रवि लामिछानेको बयान
पुष ९, २०८१ मंगलबार
झिँगटीले छाउने कालिगढ पाउनै मुश्किल
पुष ९, २०८१ मंगलबार
रामेछापमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम प्रभावकारी
पुष ९, २०८१ मंगलबार