रुकुम पूर्वमा केन्द्रिय विद्युत् लाइनको विस्तार

नेपालबहस संवाददाता
जेठ ३, २०७८ सोमबार १५:५९:११

३ जेठ,रुकुम पूर्व । रुकुम पूर्वका एक हजार घरधुरी केन्द्रिय विद्युत् लाइनको पहुँचमा पुगेका छन् । तीन वटा गाउँपालिका रहेको यस जिल्लाका दुई गाउँपालिकाका एक हजार घरधुरीमा विद्युत् विस्तारको काम गरिएको छ । सिस्ने गाउँपलिकाको दुई वटा वडा र भूमे गाउँपलिकाको तीन वटा वडामा केन्द्रिय लाइनको विद्युत् पुगेको प्राधिकरण वितरण शाखा रुकुम पूर्वले जनाएको छ ।
अहिलेसम्म सिस्ने–५ को ९५ प्रतिशत ठाउँमा विद्युतीकरण भइसकेको प्राधिकरण वितरण शाखा कार्यालयका प्रमुख युवराज रावतले बताए । वडा नं ५ को दुधिल्ला गैरामा शनिबार मात्रै विद्युतीकरण भएको छ । अब ह्याप्ला लगायतका केही ठाउँमा मात्र विद्युत् विस्तारको काम बाँकी रहेको रावतले बताए । यस्तै वडा नं ६ को पनि ८० प्रतिशत ठाउँमा विद्युतीकरण भइसकेको छ । वडा नं ६ को छिप्रीदह बाहेकको सबै ठाउँमा केन्द्रिय प्रसारण लाइनको विद्युत् विस्तार भइसकेको कार्यालयले जनाएको छ । छिप्रीदहमा भने अहिले बाफीकोट गाउँपालिका रुकुम पश्चिममा रहेको नवभिजन सहकारी संस्थाको बिजुली बलिरहेको छ ।
यस्तै भूमे गाउँपालिकाको वडा नं ५ पूर्णरूपले विद्युतीकरण भइसकेको छ । वडा नं ४ को पनि ६० प्रतशित घरधुरीमा प्राधिकरणको बिजुली बलेको कार्यालय प्रमुख रावतले बताए । उनका अनुसार भूमे–२ मा भने गाउँपालिकाको केन्द्र खाबाङ बगरमा मात्र विद्युतीकरण भएको छ । अन्य ठाउँमा ग्राहकको मागअनुसार प्राथमिकताका आधारमा विद्युत् विस्तार गरिने छ । यस लगत्तै कार्यालयले सिस्ने–३ को पोखरा र पाँगाका साथै भूमेको काँक्री हुँदै पुथाउत्तरगङ्गा गाउँपलिकाको क्युवाङ र तकसेरामा केन्द्रिय लाइनको विद्युत् विस्तार गरिने छ ।
यहाँको भौगोलिक बनावट र छरिएर रहेका बस्तीहरुले गर्दा काम गर्न भने केही समस्या भएको कार्यालयले जनाएको छ । टाढाटाढा छरिएर रहेका बस्तीले गर्दा स्रोत साधन पनि धेरै लाग्ने र काम गर्न पनि समस्या हुने गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसात महिनामा लुम्बिनी प्रदेशमा एक चौथाइ रकम मात्र खर्च
फागुन ९, २०८१ शुक्रबार
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
फागुन ६, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीले गरे लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन
फागुन ५, २०८१ सोमबार
राजा ज्ञानेन्द्रको अभिव्यक्तिले राप्रपामा उत्साहः दलहरुमा अघोषित एकता
नेपालबहस संवाददाता
फागुन १६, २०८१ शुक्रबार
शुक्रबार बिहानै काठमाडौंमा ६.१ म्याग्निच्यूडको भूकम्प
नेपालबहस संवाददाता
फागुन १५, २०८१ शुक्रबार
सिन्धुपाल्चोकमा भूकम्पमा भाग्दा एक कैदी घाइते
नेपालबहस संवाददाता
फागुन १६, २०८१ शुक्रबार
रुपन्देहीको मायादेवीमा गोली प्रहार गरी युवाको हत्या
फागुन १७, २०८१ शनिबार
अन्तर्राष्ट्रिय सहयोगको भविष्य : अमेरिका पछि हट्दा चीन अघि सर्ला ?
फागुन १७, २०८१ शनिबार
कटारी गोल्डकपको उपाधि च्याम्पियन ब्वाइज काठमाडौंलाई
फागुन १७, २०८१ शनिबार
कर्णालीमा स्वरोजगार तथा आर्थिक सशक्तीकरण कार्यक्रमका लागि २१ पालिकाले पायो बजेट
फागुन १७, २०८१ शनिबार
सिन्धुलीमा चट्याङ लागेर तीनजना घाइते
फागुन १७, २०८१ शनिबार
लागूऔषध विरुद्धको महाअभियान सुरु
फागुन १७, २०८१ शनिबार
खानेपानीमन्त्री प्रदीप यादव नयाँ दिल्लीमा
फागुन १७, २०८१ शनिबार
महिलालाई मादल बजाउने तालिम दिँदै पर्वतका स्थानीय तह
फागुन १७, २०८१ शनिबार