अक्सिजन प्लान्टका लागि टेन्डर, जडान अक्सिजन कन्सन्ट्रेटर !
नेपालबहस संवाददाता
जेठ ३, २०७८ सोमबार १८:१४:४१
३ जेठ, काठमाडौं। जिल्ला अस्पताल सल्यानले अक्सिजन प्लान्टका लागि टेन्डर आह्वान गरेको भएपनि खरिदमा आर्थिक चलखेल गर्दै अक्सिजन कन्सन्ट्रेटर जडान गरेको तथ्य बाहिर आएको छ । यस विषयलाई लिएर जिल्ला प्रशासन कार्यालय सल्यानमा लिखित उजुरी परेपछि छानविन प्रशासनले छानविन समिति गठन गरी अनुसन्धान सुरु गरिएको छ । अक्सिजन प्लान्ट भनेर अक्सिजन कन्सन्ट्रेटर जडान भएको र उक्त मेसिन खरिदमा अनियमितता भएको उजुरी परेपछि आइतबार छानविन समिति गठन अध्यान सुरु गरिएको हो ।
प्रशासन कार्यालयमा उजुरी परेपछि सहायक प्रमुख जिल्ला अधिकारी थमन खड्काको संयोजकत्वमा कोष तथा लेखा नियन्त्रण कार्यालयका कर्मचारी, शारदा नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख र बायोमेडिकल इन्जिनियर सदस्य रहेको छानविन समिति गठन गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाईले जानकारी दिइन।
दोषी ठहरिए जो कोहीलाई पनि कारवाहीको दायरामा ल्याइने र भुक्तानी पनि रोक्का गरिएको र यदि खरिद कर्ताले नै गडबढी गरेको पाइए उक्त कम्पनीलाई कालो सूचीमा राखिने उहाको भनाई छ ।अक्सिजन प्लान्ट भनेको अक्सिजन कन्सन्ट्रेटर भएको र अक्सिजन कन्सन्ट्रेटरलाई त्यतिधेरै पैसा नपर्ने चिकित्सकहरुले बताएका छन् । स्वास्थ्य सेवा कार्यालय सल्यानका निमित्त स्वास्थ्य व्यवस्थापक दशरथ श्रेष्ठले अक्सिजन प्लान्ट भनेर नै टेन्डर आह्वान गरिएको तर कम्पनीले भने अर्कै समान पठाएको जानकारी दिएका छन् ।
स्वास्थ्य सेवा कार्यालयले अक्सिजन प्लान्ट भन्दै ४९ लाखमा खरिद गरेको जानकारी दिएको छ । स्वास्थ्य सेवा कार्यालय सल्यानमा गत मंसिरमा आह्वान गरेको टेन्डरमा ड्रायोजन मेडिटेक प्रा.लि. सुर्खेतले ठेक्का पाएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगौतम अडानी र उनका भतिजासहित सात जनाविरुद्ध अमेरिकाको न्यूयोर्कस्थित अदालतमा सुनुवाइ सुरु
मंसिर १०, २०८१ सोमबार
महानिर्देशक अधिकारीलाई भ्रष्टाचारी भन्दै विरोध प्रदर्शन ( फोटो फिचर )
मंसिर ९, २०८१ आइतबार
विशेष अदालतबाट न्यायीक फैसला नभएको भन्दै विभिन्न मुद्दा लिएर सर्वोच्च गयो अख्तियार
मंसिर ८, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
एसिया कपमा बंगलादेशसँग नेपाल ५ विकेटले पराजित
मंसिर १६, २०८१ आइतबार
कविता : मनको बाघ
मंसिर १६, २०८१ आइतबार
वेडिङ फोटो अवार्डको लागि आवेदन खुल्ला, कसरी हुने सहभागी ?
मंसिर १६, २०८१ आइतबार
निर्वाचन आयोग भन्छ, उपनिर्वाचनमा ६२ प्रतिशतमाथि मत खस्यो, आजबाटै गणना सुरु हुन्छ
मंसिर १६, २०८१ आइतबार
प्रयाग अहमदको अध्यक्षतामा मदर्सा बरकतुल उलुमको नयाँ कार्यसमिति चयन
मंसिर १६, २०८१ आइतबार
सरेको सरै भयो भाटभटेनीका सञ्चालक गुरुङले एमालेलाई दान दिएको जग्गा विवादविरुद्धको रिट
मंसिर १६, २०८१ आइतबार