समन्वय अभावमा संक्रमितको उपचारमा समस्या
नेपालबहस संवाददाता
जेठ ३, २०७८ सोमबार १८:५५:१८
३ जेठ,सर्लाही । कोभिड १९ को संक्रमण दिन प्रतिदिन बढ्न थालेपछि जिल्लाका स्थानीय निकायहरुले थप चासोका साथ व्यावस्थापकीय काम शुरु गरेका छन् । भारतमा कोरोना संक्रमण नियन्त्रण बाहिर गएपछि जिल्लाका स्थानीय निकायहरुले कोरोना संक्रमण समुदाय स्तरमा नफैलियोस् भनेर उच्च सर्तकताका साथ व्यावस्थापकीय काम शुरु गरेका हुन् ।
लालबन्दी नगरपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा पनि कोरोना संक्रमितका लागि उपचारका गर्न भन्दै अक्सिजनसहितका ३० वटा शय्या तयारी अवस्थामा राखिएको जनाइएको छ । प्राथमिक स्वास्थ्य केन्द्रले पीसीआर परिक्षणका लागि स्वाब सङ्कलन, आरडिटीबाट परीक्षण, रुघाखोकी, ज्वरोको उपचार सेवा उपलब्ध गराउँदै आएको छ ।
चौबिसै घण्टा स्वास्थ्य सेवा प्रवाह गरिरहेको यस स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीलाई आवश्यक मात्रामा पीपीई, मास्क, स्यानिटाइजर, फेस सिल्ड र पञ्जाका साथै आवश्यक मात्रामा औषधिको अभाव रहेको चिकित्सकहरुले गुनासो गरेका छन् । प्राथमिक स्वास्थ्य केन्द्रमा चार जना चिकित्सकसहित १४÷१५ जना कर्मचारी कार्यरत छन् । केन्द्रबाट आकस्मिक सेवा, गर्भपतन सेवा, बहिरङ सेवा, अल्ट्रासाउन्ड, भिडियो एक्सरे, इसिजी र टिबी रोगको विशेष परीक्षण प्रयोगशाला समेत सञ्चालनमा रहेको छ ।
स्वास्थ्य केन्द्रकी निमित्त प्रमुख डा प्रगति रानाले लालबन्दीमा कोरोना सङ्क्रमितहरुको उपचार समेत भइरहेको अवस्थामा अक्सिजनसहितका अति आवश्यक औषधि तथा स्वास्थ्य सामग्रीहरुको अभावका कारण सेवा प्रवाहमा समस्या आएको बताइन् । मागफारम भरेर नगरपालिकालाई बुझाएको भएपनि आवश्यक मात्रामा स्वास्थ्य सामग्री र औषधिहरु पाउन नसकेको उनको भनाइ छ । यता सो केन्द्रबाट कुनै माग भइ नआएकाले औषधि तथा स्वास्थ्य सामग्री उपलब्ध गराउन नसकिएको नगर स्वास्थ्य शाखाका सहसंयोजक सुरेन्द्र खतिवडाले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदृष्टिविहीनका विद्यालय सञ्चालन गर्न मधेश सरकारले सघाउने
पुष ९, २०८१ मंगलबार
जनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
कास्की जिल्ला अदालतका १५ प्रश्न: रविको मौका बयान भन्दा फरक ढंगले दिए छबीले जवाफ
पुष ९, २०८१ मंगलबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
प्रधानमन्त्रीको भ्रमण तय नगरी भारतबाट फर्किइन आरजु
पुष ९, २०८१ मंगलबार
नासाको अन्तरिक्ष यान सूर्यको सबैभन्दा नजिक पुग्यो
पुष ९, २०८१ मंगलबार
मृत्युदण्डमा सजाय माफी दिएपछि ट्रम्पले गरे बाइडेनको आलोचना
पुष ९, २०८१ मंगलबार
सूर्यदर्शन सहकारी ठगीमा पूर्वसांसद मीना गुरुङसहित २ जना पक्राउ
पुष ९, २०८१ मंगलबार
सशस्त्र प्रहरी मोरङका एसपी तानिए, डीआईजी सुवेदी कहिले ?
पुष ९, २०८१ मंगलबार
हुम्लामा हिमपातले हवाई सेवा अवरूद्ध, जनजीवन कष्टकर
पुष ९, २०८१ मंगलबार
मौसम बदली: बादलले ढाके पनि वर्षा कम, बुधबारदेखि सुधार हुने
पुष ९, २०८१ मंगलबार