आर्यघाटमा अबोध नागरिकको लाश गन्हाई रहेको छ !!
नेपालबहस संवाददाता
जेठ ३, २०७८ सोमबार २१:६:३१
कविता
सरकार हराएको देशमा
मानवता बसाई सरेको छ ।
जावो अक्सिजनको एउटा
सिलिन्डर नपाएर आज पनि
एउटा होनहार ब्यक्ति आफ्ना आफन्तकै अगाडि
अकालमै मर्नु परेको छ ।
नागरिकको समस्या र दु:ख बुझ्ने
जनताको सरकार यो देशमा कहिल्यै बनेन
नागरिकलाई बचाउन अस्पताल त के
एउटा सानो राष्ट्रिय सहमति पनि त
यो देशमा कहिल्यै बनेन ।
नागरिकको लाशको गन्ति गर्न
देशको ढुकुटी रित्याउँदै बसेका
अनगिन्ती जुकाहरुका अगाडि
भविष्यको एक होनहार नक्षत्र ढल्दा समेत
यो देशको सरकारलाई कुनै अप्ठ्यारो परेन ।
आज बालुवाटार र शितलनिवासमा रमिता छ ।
हाँसो खुसि र पचाउनै नसकिने रत्यौलिको तमासा छ ।
यता नागरिकहरुमा जिवन मृत्युसँग
पौठेजोरी खेल्दै कालको मुखबाट चित्कार गरिरहेका छन्
सरकार बाँच्न पाउने अधिकार के तिम्रो मात्रै हो ??
तिमिलाई देश लुटन लाईसेन्स प्रदान गर्ने नागरिक बचाउने काम
के तिम्रो जिम्मेवारी भित्र पर्दैन ??
के तिम्रो परिवारभित्र चाँहि
कहिल्यै महामारी पस्दैन ??
के तिम्रा अपराधि सोच मात्रै रहेको
कालो हृदय भित्र नागरिकको आर्तनाद बस्दैन ??
निभिरहेको दीयोमा अलिकति बर्तन थप्न नसक्नेले
दीयो बाल्ने हिम्मत नै गर्नु हुदैन ।
तिम्रा फोश्रा भाषण र अपत्यारिला आश्वासनले
अब नेपाली नागरिकको मृत्युमा स्वास भर्दैन ।
मिल्क्याउनै नसकिने क्यान्सरको जरा फैलिएझै
बनमाराले बबुरो पिपलको बिरुवा नराम्रोसँग बेरिएझै
बोलाई र गराईमा छेपाराले रङ्ग फेरेझै
अपत्यारिलो रङ्ग फेरिएझै
मेरो देशको सरकार
जनताद्वारा तिरस्कृत, विदेशी प्रभुका लागि परिस्कृत,
निरर्थक उपलब्धिको आँकडामा
आफ्नै देशका नागरिकहरुको
लाशको संख्या गनिरहेछ ।
अझै लाज पचाएर
चौरास्तामा उभिएर देशमा अक्सिजन र बेडको
कुनै कमि छैन भनेर बहुलट्ठिपनमा भनिरहेछ ।
हामि बालुवाटार र शितल निवासको
चौघेरामा सुरक्षित छौं ।
यो पर्दैन, त्यो अनिवार्य पर्छ
यसो गर्दा प्रभूको हात सधै हाम्रो शिरमा पर्छ भनेर
लाजले नग्नता छोप्दै आफ्नो पराजित मानसिकतामा
लाचार बिजयी उत्सव बनाई रहेको छ ।
महामहिमहरुका सार्वजनिक हि हि र हा हा ले मुर्धन्य राजनीतिज्ञहरुकाे समेत हाेश हवास उडाई रहेकाे छ ।
नागरिकलाई मृत्युको मुख तर्फ थकेलेर,
आफ्नो बिजय उत्सव मनाई रहेको छ ।
बबुरो नागरिक अस्पतालमा सामान्य उपचार समेत नपाएर अकालमै मर्नु परिरहेकाे छ ।
आज पनि हिजोको निरन्तरता झै बनेर
अझै पनि अक्सिजन पाए बाँच्ने थिए भनेर
आफन्तका अनुहार समेत हेर्न नपाई
आफ्नो परम्परा र सँस्कार समेत नपाई
अनुहार छोपेका अपरिचितहरुको उपस्थितिमा
आफुले आफैलाई जलाइ रहेको छ ।
नपत्याए हेर्नुस् नजिकै आर्यघाटमा आज पनि
एउटा अबोध नागरिकको जिउँदो लाश
गन्हाई रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिक्किमका राईलाई ‘द पोएट आइडल’को उपाधि
जेठ १३, २०८१ आइतबार
साइग्रेसले नेपालका विभिन्न ठाउँमा आफ्नो प्रस्तुति दिने
चैत २६, २०८० सोमबार
ज्ञानुको ‘संवेदनाको समायोग’ माथि पोखरामा चर्चा
चैत २५, २०८० आइतबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
प्रमुख प्रतिपक्षलाई तीन घण्टा संसदमा उभ्याएर बजेट ल्याउने तयारी
जेठ १४, २०८१ सोमबार
मोटरसाइकल चोरीमा संलग्न दुई जना पक्राउ
जेठ १४, २०८१ सोमबार
पर्यटन मन्त्रालयलाई ११ अर्ब ९१ करोड बजेट
जेठ १५, २०८१ मंगलबार
भरतपुर, पोखरा र बुटवललाई जोडेर गण्डकी आर्थिक त्रिभूज योजना सञ्चालन गरिने
जेठ १५, २०८१ मंगलबार
जनकपुरलाई विवाह गन्तव्यका रुपमा विकसित गरिने
जेठ १५, २०८१ मंगलबार
राङ्गी विद्यालय प्राङ्गणमा मन्दिरको शिलान्यास, १५२ जनाले गरे आर्थिक सहयोग
जेठ १५, २०८१ मंगलबार
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई ९ अर्ब २८ करोड
जेठ १५, २०८१ मंगलबार
गणतन्त्र दिवसका अवसरमा सांस्कृतिक नृत्य प्रस्तुत
जेठ १५, २०८१ मंगलबार