उपनिर्वाचनमा संक्रमित मतदातालाई छुटै मतदान केन्द्र, कर्मचारीलाई पीपीई !
नेपालबहस संवाददाता
जेठ ४, २०७८ मंगलबार १५:१७:१४
४ जेठ, काठमाडौं । निर्वाचन आयोगले आउदो बिहिबारका लागि तय गरेको वागमती प्रदेश राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा कोभिड संक्रमित मतदाताहरुका लागि छुटै मतदान केन्द्रको ब्यवस्था गर्ने भएको छ । राष्ट्रियसभा निर्वाचनमा प्रदेश र स्थानीय तहको मतभार फरक फरक रहेकाले यस अघि दुईबटा मात्र मतदान केन्द्र ‘क’ प्रदेश र ‘ख’ केन्द्र स्थानीय तहका प्रतिनिधिका लागि ब्यवस्थापन गरिदै आएकोमा यसपटक आयोगले संक्रमितका लागि केन्द्र ‘ग’ को ब्यवस्था गरेको हो ।
संक्रमितका लागि बनाइएको केन्द्र ‘ग’ खटिने कर्मचारी र सुरक्षाकर्मी लगायतले सबैले पीपीई लगाउने पर्ने ब्यवस्था गरिएको निर्वाचन आयोगका सह प्रवक्ता कोमल प्रसाद धमालाले बताए । यस्तै मतदानमा सहभागी हुने मतदाता र कर्मचारी शुरक्षा कर्मीहरुले सवैले कम्तिमा ७२ घण्टा भित्रको पिसिआर रिपोट समेत लैजानु पर्ने ब्यवस्था आयोगले गरेको छ ।
उप निर्वाचनका लागि हेटौंडाको भुटनदेवी माध्यमिक विद्यालयमा मतदानस्थल तोकिएको छ। विहिबार विहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म मतदानको समय निर्धारण भएको छ । वागमती प्रदेशका १ सय ९ प्रदेशसभा र १ सय १९ स्थानीय तहका प्रमुख तथा उप प्रमुख मतदाता रहेका छन् ।
उपनिर्वाचनका लागि चुनावी मैदानमा भने दुवै उम्मेदवार एमालेकै तर्फबाट रहेका छन् । जस मध्ये रामबहुर थापा ‘वादल एमालेको आधिकारीक उम्मेदवारको रुपमा र संघीयताविद खिमलाल देवकोटा स्वतन्त्र उम्मेदवारको रुपमा चुनावी प्रतिश्प्रर्धामा रहेका छन् । उनलाई एमालेको माधव नेपालपक्षका अतिरिक्न नेपाली कांग्रेस र नेकपमा माओवादी केन्द्र लगायत विपक्षीदलहरुको समर्थन रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउद्योगमन्त्री भण्डारी भारत प्रस्थान
मंसिर १६, २०८१ आइतबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
मंसिर १६, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
लम्कीचुहा नगर अस्पतालको नयाँ भवन निर्माण सुरु
मंसिर १६, २०८१ आइतबार
उद्योगमन्त्री भण्डारी भारत प्रस्थान
मंसिर १६, २०८१ आइतबार
रवि लामिछानेको आज सकिएन बयान, भोलि पनि हुने
मंसिर १६, २०८१ आइतबार
उत्कृष्ट शिक्षा प्रदान गर्ने शिक्षिका सम्मानित
मंसिर १६, २०८१ आइतबार
नेत्रहिन विश्वकप क्रिकेटः सेमिफाइनलमा नेपाल पाकिस्तानसँग पराजित
मंसिर १६, २०८१ आइतबार