जेठ महिनामा एक लाख भन्दा धेरै कोरोना संक्रमित थपिने प्रक्षेपण
नेपालबहस संवाददाता
जेठ ४, २०७८ मंगलबार १८:१९:१६
४ जेठ, काठमाडौं । सरकारले जेठ महिनामा एक लाख भन्दा धेरै कोरोना संक्रमित थपिने प्रक्षेपण गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको मेडिकल अक्सिजनको प्रयोग तथा आवश्यकता निर्धारणसम्बन्धी जारी गर्दै जेठ महिनामा एक लाख ७५४ नयाँ संक्रमित थपिने जनाएको छ।
जसमध्ये ८० प्रतिशत अर्थात् ८० हजार ६०३ जनालाई अक्सिजन मात्रै दिनुपर्ने आकलन गरिएको छ। त्यस्तै १० प्रतिशत अर्थात् १० हजार ७५ जनालाई एचडीयू र तीन प्रतिशत अर्थात तीन हजार २३ जनालाई आईसीयू र भेन्टिलेटरमा उपचार गर्नुपर्ने अनुमान मन्त्रालयको छ।
मन्त्रालयको असार महिनाको प्रक्षेपण जेठको भन्दा धेरै छ। प्रक्षेपण अनुसार असारमा एक लाख २३ हजार २६० जना संक्रमित हुनेछन्। असारमा ९८ हजार ६०८ जनालाई सामान्य अक्सिजन चाहिन सक्छ भने १२ हजार ३२६ जनालाई अक्सिजनसहित अस्पतालमा भर्ना गर्नुपर्ने देखिन्छ।
त्यस्तै आठ हजार ६२८ जनालाई एचडीयु र तीन हजार ६९८ जना संक्रमितलाई आईसीयू र भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने मन्त्रालयको प्रक्षेपण छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मंगलबार डलरसंगै युरोको भाउ पनि घट्यो
मंसिर ४, २०८१ मंगलबार
राशिफलः आज एैना हेरेर बाहिर निस्कदा शुभ हुन्छ
मंसिर ४, २०८१ मंगलबार
पहाडी भूभागमा हल्का वर्षा र तराइमा हुस्सुको सम्भावना
मंसिर ४, २०८१ मंगलबार
असोजमा आएको बाढीपहिरोका कारण भएको जनधनको क्षतिमा पौन १२ अर्बको बिमा दाबी
मंसिर ४, २०८१ मंगलबार
उम्मेदवारविरुद्ध परेका उजुरीको आज छानबिन गर्दै निर्वाचन आयोग
मंसिर ४, २०८१ मंगलबार
त्रिशूलीमा खसेको ट्रकबाट ३ जनाको उद्धार
मंसिर ४, २०८१ मंगलबार