काेराेनाबाट बाँकेमा थप ९ जनाकाे ज्यान गयाे
नेपालबहस संवाददाता
जेठ ४, २०७८ मंगलबार १९:३१:४८
४ जेठ, बाँके । ज्यानमारा काेराेना भाइरसबाट बाँकेमा थप ९ जनाकाे ज्यान गएकाे छ । जिल्लाकाे विभिन्न अस्पतालमा उपचाररत थप ९ जनाको मृत्यु भएको छ । मृतकमध्ये ४ जना र सुर्खेत, कपिलवस्तु, दाङ, बर्दिया र रूकुम पूर्वका १ र १ जना छन् ।
यस्तै भेरी अस्पतालमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका-१० बाँकेकी ६२ वर्षीया महिलाको सोमबार साँझ ७:४५ बजे, बाँकेकै खजुरा गाउँपालिका-२ का ८५ वर्षीय पुरूषको मंगलबार विहान ४:३० बजे, नेपालगञ्ज उपमहानगरपालिकाका ५१ वर्षीय पुरुषको मंगलबार विहान ८: ३० बजे र नेपालगञ्ज उपमहानगरपालिका-१९ बाँकेका ५७ वर्षीय पुरूषको मंगलबार विहान ८: ४५ बजे मृत्यु भएको छ ।
यस्तै गुर्भाकोट नगरपालिका-१३ सुर्खेतका ६८ वर्षीय पुरूषको भेरी अस्पतालमा उपचारका क्रममा सोमबार दिउँसो ३:४५ बजे मृत्यु भएको छ भने शिवराज नगरपालिका-५, कपिलवस्तुका ३८ वर्षीय पुरूषको नेपालगञ्ज मेडिकल कलेजमा उपचारको क्रममा सोमबार दिउँसो ४:३० बजे मृत्यु भएको छ ।
यस्तै तुलसीपुर उपमहानगरपालिका-१३ दाङका ५० वर्षीय पुरूषको भेरी अस्पतालमा उपचारका क्रममा सोमबार राति ८:० बजे मृत्यु भएको छ भने मधुवन नगरपालिका-७ बर्दियाका ६५ वर्षीय पुरूषको नेपालगञ्ज मेडिकल कलेजमा उपचारको क्रममा सोमबार राति ९:१५ बजे मृत्यु भएको छ ।
यस्तै नेपालगञ्ज मेडिकल कलेजमा उपचाररत पुथा उत्तरगंगा गाउँपालिका-१० रूकुम पूर्वका ६० वर्षीय पुरूषको मंगलबार विहान ८:४० बजे मृत्यु भएको हाे । योसँगै कोरोना संक्रमणबाट बाँके जिल्लाभित्रका २४४ पुगेको छ भने अन्य जिल्ला बाहिरका १९९ जना कोरोना संक्रमतिको उपचारका क्रममा मृत्यु भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मंगलबार डलरसंगै युरोको भाउ पनि घट्यो
मंसिर ४, २०८१ मंगलबार
राशिफलः आज एैना हेरेर बाहिर निस्कदा शुभ हुन्छ
मंसिर ४, २०८१ मंगलबार
पहाडी भूभागमा हल्का वर्षा र तराइमा हुस्सुको सम्भावना
मंसिर ४, २०८१ मंगलबार
असोजमा आएको बाढीपहिरोका कारण भएको जनधनको क्षतिमा पौन १२ अर्बको बिमा दाबी
मंसिर ४, २०८१ मंगलबार
उम्मेदवारविरुद्ध परेका उजुरीको आज छानबिन गर्दै निर्वाचन आयोग
मंसिर ४, २०८१ मंगलबार
त्रिशूलीमा खसेको ट्रकबाट ३ जनाको उद्धार
मंसिर ४, २०८१ मंगलबार