माधव नेपाललाई भेटन कोटेश्वर पुगे बादल
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac_U6mF8d7adH.jpeg
)
नेपालबहस संवाददाता
जेठ ४, २०७८ मंगलबार २१:११:४२
![](https://nepalbahas.prixacdn.net/media/albums/nepal-badal_iZPM362QIJ.jpg)
४ जेठ, काठमाडौं । सत्तारुढ नेकपा एमालेभित्र नयाँ नयाँ खेल प्रारम्भ भैरहँदा राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा उम्मेदवार रहेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न भर्खरै उनको निवास कोटेश्वरमा पुगेका छन् ।
एमालेको ओली पक्षीय उम्मेदवार रहेका बादल आउँदो जेठ ६ गते हुने उपनिर्वाचनको सन्दर्भलाई लिएर नेता नेपाललाई भेट्न पुगेका हुन् । राष्ट्रियसभा उपनिर्वाचनमा थापाको प्रतिस्पर्धीमा माधव नेपाल समूहका डा. खिमलाल देवकोटा र नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङ रहेका छन् ।
देवकोटालाई माधव नेपाल पक्ष, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले समर्थन गरेका छन् भने बादललाई एमालेको एउटा खेमा र राप्रपाले सर्मथन गरेको छ ।
बादल माओवादी केन्द्रको काररवाहीमा परि राष्ट्रियसभाको पद गुमाउने नेता हुन् । माओवादी जनयुद्धका संस्थापक मध्य पर्ने बादलले आफ्नै नेता प्रचण्डलाई धोका दिदै प्रधानमन्त्री केपी ओलीलाई साथ दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार