कोभिड–१९ को घातक दोश्रो लहरबाट नागरिकको ज्यान जोगाऊ:-निगरानी समिति
नेपालबहस संवाददाता
जेठ ४, २०७८ मंगलबार २१:४५:४५
४ जेठ, काठमाडौं । जवाफदेहिता निगरानी समितिले कोभिड–१९ को घातक दोश्रो लहरबाट नागरिकको ज्यान जोगाउन अपिल गरेको छ । मंगलबार समितिका संयोजक चरण प्रसाईले एक विज्ञप्ति जारी गर्दै कोभिड–१९ को दोश्रो घातक लहर र महामारीमा सरकारको फितलो स्वास्थ्य ब्यवस्थापनले गर्दा हजारौं नागरिकले ज्यान गुमाउनु परेको, उचित एवं सहज उपचार प्राप्त गर्ने ब्यवस्था मिलाउन नसकेको र संक्रमण रोक्न भरपर्दो उपायको रुपमा रहेको कोभिड विरुद्धको खोपसमेत सहज उपलब्ध नभएको अवस्थाप्रति जवाफदेहिता निगरानी समितिको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
विश्वब्यापी रुपमा फैलिएको यस माहामारीले नेपाली नागरिकलाई निकै आक्रान्त पारेको छ । यस प्रकोपसँग जुध्न समयमै उचित व्यवस्थापन गरिनु पर्नेमा आईसियु-भेन्टिलेटर बेडको अभाव, अक्सिजनको वितरणमा अनियमितता र कालाबजारीले गर्दा नागरिकको अकालमा मृत्यु भएको छ । सरकारी अस्पतालहरुले विभिन्न बहानामा भर्ना नलिने र निजी अस्पतालहरुले चर्को महशुल लिनाले आम नागरिक स्वास्थ्यमा समान पहुँचवाट बञ्चित हुन पुगेका विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यस वेथिति र विवशताको फाईदा उठाएर कतिपय निजी अस्पतालले कोभिड विरामीसँग मनपरी शुल्क असुल गरी आर्थिक शोषण गरिरहेको पाईएको छ । मानवीय संवेदनशीलता समेतलाई वेवास्ता गरी पद र शक्तिको दुरुपयोग गरी ब्यापक विभेद र अनियमितता भइरहेको समाचार दिनदिनै सार्वजनिक भइरहेको विज्ञप्तिमा भनिएको छ ।
यस परिप्रेक्षमा हिजो सर्वोच्च अदालतले अक्सिजन, आधारभूत औषधी र अस्पतालको बेड पाउने सुनिश्चितता जस्ता बिषय सम्बोधन गर्न ७ दिन भित्र कार्ययोजना बनाउन दिएको अन्तरिम आदेशको तत्काल पालना गर्न र कोभिड विरुद्धको खोपको व्यवस्थापन गरी समान पहुँचका आधारमा खोप लगाउने व्यवस्था गर्न यस समितिले जोडदार माग गरेको छ ।
विज्ञप्तिमा अगाडि भनिएको छ, मानव अधिकारका विश्वब्यापी घोषणा पत्र १९४८, नेपाल पक्षराष्ट्र भएको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सम्बन्धी महासन्धि १९६६, नेपालको संविधान तथा कानुनले प्रत्याभुत गरेको नागरिकको प्रकोप तथा माहामारीमा सुलभ एवं गुणस्तरिय स्वास्थ्य सेवा, जवाफदेही सरकार, वेथिति एवं भ्रष्टचारमुक्त समाज र ब्यक्तिको बाँच्न पाउने अधिकार प्रत्याभुत गरी पारदर्शी ढंगबाट चुस्तदुरुस्त ब्यवस्थापन मिलाई नागरिकको जीवन रक्षा गर्न, अनियमितता गर्ने ब्यक्ति वा संस्थामाथि कडा कारवाही गर्न तथा दोश्रो खोपसहित सबै ब्यक्तिलाई कोभिड विरुद्धको खोपको ब्यवस्था तत्काल मिलाउन निगरानी समिति नेपाल सरकारसमक्ष हार्दिक अपिल गर्दछ ।
साथै, सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, विज्ञ तथा कोभिड माहामरी विरुद्धको लडाईमा अग्रपंक्तिमा खटेका ब्यक्ति तथा संघसस्थासँग सहकार्य गरी अघि बढ्न सरकारलाई आग्रह गर्दै अन्तर्राष्ट्रिय निकायलाई यस विपदको घडिमा नेपाललाई साथ र सहयोग गर्न समितिले आग्रह गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नक्कली फेसबुक आइडिको प्रयोग गरी २७ लाख ठगी आरोपमा पक्राउ
मंसिर ३, २०८१ सोमबार
नेपाल–भारत सीमा सुरक्षा बैठक : सीमापार अपराध नियन्त्रण थप प्रभावकारी बनाउने निष्कर्ष
मंसिर ३, २०८१ सोमबार
काठमाडौं महानगरले वर्गीकृत फोहर मात्रै व्यवस्थापन गर्ने
मंसिर ३, २०८१ सोमबार
आगोले पोलेर घाइते महिलाको उपचारका क्रममा मृत्यु
मंसिर ३, २०८१ सोमबार
डेडिकेटेड तथा ट्रंकलाइन विवाद: ‘टीओडी’का आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठन
मंसिर ३, २०८१ सोमबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार