निषेधाज्ञामा पनि विकासे कामको निरन्तरता
नेपालबहस संवाददाता
जेठ ४, २०७८ मंगलबार २२:४३:१८
४ जेठ,धनगढी । नयाँ भेरियन्टसहितको दोस्रो चरणको महामारी समुदायस्तरमा फैलिएपछि कैलालीमा निषेधाज्ञा जारी छ तर निषेधाज्ञाकै बीचमा कैलालीको घोडाघोडी नगरपालिका–१ मा निर्माण भइरहेको पालिकाको निकै महत्वका साथ हेरिएको रिङरोडको कालोपत्र गर्ने कार्य भने जारी छ ।
करीब १७ किलोमिटर लम्बाइ रहेको रिङरोडको पहिलो चरणअन्तर्गत ३.५६ किलोमिटर सडक कालोपत्र गर्ने काम भुखाली चोकबाट शुरु भएको हो । विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण जिल्लामा जारी निषेधाज्ञाका बाबजुद पहिलो चरणमा ३.५६ मिटरको सडक कालोपत्र गर्ने कार्य शुरु भएको घोडाघोडी नगरपालिका–१ का अध्यक्ष मनराज शाहीले जानकारी दिए ।
पछिल्लो समय तीव्र रूपमा फैलिँदो कोरोना संक्रमण रोकथामका लागि जारी निषेधाज्ञाका कारण विकास निर्माणका काममा कामदारको अभाव खड्किरहे पनि निर्माण कम्पनीलाई ताकेता गरेर वडाको महत्वपूर्ण योजनाको कामलाई निरन्तरता दिइएको अध्यक्ष शाहीले बताए ।
नगरपालिकाले पहिलो चरणको ३।५६ किलोमिटर सडक निर्माणका लागि रेखा जेबी निर्माण सेवा लम्कीसँग रु एक करोड ५८ लाख ६० हजार ९५८ मा ठेक्का सम्झौता गरी काम शुरु भएको एक वर्षभित्रमा तीन किलोमिटर ५६ दशमलव मिटरको सडक कालोपत्र भइसक्ने सम्झौताअनुसारै काम अघि बढिरहेको अध्यक्ष शाहीले जानकारी दिए ।
दोस्रो लहरको कोरोना संक्रमणका कारण कैलालीमा एक महिनामा मृत्यु हुनेको सङ्ख्या २०० बढी छ तर पनि महामारीका बीचमा किन कामलाई निरन्तरता दिइरहेको भनेर आफूहरूलाई धेरै ठाउँबाट प्रश्न आउने गरेको अध्यक्ष शाहीले बताए । महामारीबाट जनतालाई कसरी जोगाउने भन्नेमा त हामी लागिरहेकै छौँ तर विकासे योजनालाई पनि समयमै सक्नु आफूहरूको कर्तव्य भएको हुनाले यस्तो महामारीमा पनि कामलाई निरन्तरता दिइएको अध्यक्ष शाहीको भनाइ छ ।
हामी अहिले कोरोना रोकथाममा पनि सक्रियतापूर्वक लागिरहेका छौँ । भारतबाट आएका जनताको तथ्याङ्क राखेर उनीहरुको स्वास्थ्य अवस्था हेरी आवश्यक परेकाहरूको परीक्षण गराई होम आइसोलेशन र होम क्वारेन्टिन रहन सुझाव दिने गरी जनप्रतिनिधि टोलटोलमा खटिएका छौं तर यता जनता बचाउने र विकास गर्ने दुवै कामलाई सँगसँगै अघि बढाउने गरी काम गर्नुपर्ने भएको हुँदा विकासे काम रोक्न नसकिएको अध्यक्ष शाहीले बताए ।
स्थानीय सरकार र राष्ट्रिय योजना आयोगको साझेदारीमा उक्त रिङरोड निर्माण भइरहेको हो । सुखडको भुखाली चौकबाट पीपलडाँडा, पूर्वी पेट्रोल पम्प, बेलार, लक्ष्मीपुर, घोडाघोडी, कौवा, ज्वाला नगर हुँदै भुखाली चौकसम्म करीब १७ किलोमिटरको रिङरोडको निर्माण अवधि ३ वर्षको रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेत र बाँसका सामानबाट आत्मनिर्भर बन्दै टीकापुरका महिला
पुष ५, २०८१ शुक्रबार
शिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
प्रदेश राजधानी देउखुरीमा भौतिक संरचना निर्माण अन्तिम चरणमा
पुष ५, २०८१ शुक्रबार
झापा कपः चर्च ब्वाइज क्लब फाइनलमा
पुष ५, २०८१ शुक्रबार
शिशिर ऋतुमा पनि अन्नपूर्ण चढ्न आरोही आए
पुष ५, २०८१ शुक्रबार
नेपालमा शून्य दशमलव ७५ प्रतिशतले बढ्यो वन क्षेत्र
पुष ५, २०८१ शुक्रबार