अविश्वास, असहयोग र अन्तरविरोध सिर्जना हुने काम नगर्न एमाले कार्यदलको आग्रह
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac_U6mF8d7adH.jpeg
)
नेपालबहस संवाददाता
जेठ ४, २०७८ मंगलबार २३:३०:४७
![](https://nepalbahas.prixacdn.net/media/albums/kp-nepal_GUc5OTA1Iw.jpg)
४ जेठ, काठमाडौं । नेकपा एमालेको केपी ओली र माधव नेपाल पक्षबीच सहमति र समझदारी कायम गर्न गठित कार्यदलले एकआपसमा अविश्वास, असहयोग र अन्तरविरोध सिर्जना हुने काम कुराबाट अलग रहन पार्टी पंक्तिलाई आह्वान गर्ने निर्णय पारित गरेको छ ।
आज प्रधानमन्त्रीको कार्यकक्ष सिंहदरबारमा बसेको १० सदस्यीय कार्यदलको बैठकले सो निर्णय गरेको हो । पार्टी एकता र समझदारीलाई वृद्धि गर्न तथा पार्टीभित्र देखिएका समस्यालाई यथोचित रूपमा समाधान गर्दै पार्टी पंक्तिलाई एकताबद्ध रूपमा अघि बढाउन कार्यदलले सबैसँग सहयोग र सद्भावका लागि आग्रह गर्ने पनि निर्णय गरेको छ ।
त्यस्तै कार्यदलको कार्यक्षेत्र, कार्यविधि र आचारसंहिता बनाउने निर्णय पनि आजको कार्यदल बैठकले पारित गरेको छ । एमालेमा एउटै संगठन संरचना कायम गर्न कार्यविधि र कार्यसूची बनाइने भएको हो । कार्यविधि, कार्यसूची र आचारसंहिता तत्काल बनाएर लागू गरिने भएको छ । बैठक अर्को बुधवार फेरि बस्ने भएको छ ।
२ जेठमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल तर्फबाट पाँच-पाँच जना रहनेगरी दश सदस्यीय कार्यदल बनेको थियो।
कार्यदलमा आज भएको समझदारी
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार