गेटामा प्रदेशले जनशक्ति व्यवस्थापन गर्ने
नेपालबहस संवाददाता
जेठ ४, २०७८ बुधबार १:०:५१
४ जेठ, धनगढी । कोरोना महामारीमा केन्द्र सरकारसँग समन्वय नगरेको र आफूले पनि कोरोना रोकथामका लागी केही नगरेको आरोप खेपेको सुदूरपश्चिम प्रदेश सरकारले अब भने कोरोना बिरामीका लागि कैलालीको गेटामा निर्माणाधीन होल्डिङ सेन्टर र आइसोलेशनका लागि सहयोग गर्ने भएको छ ।
सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले त्यहाँ आवश्यक जनशक्ति करारमा भर्ना गर्ने भएको हो । प्रदेशको सामाजिक विकास मन्त्रालयको मन्त्रीस्तरीय निर्णयले २० जना स्वास्थ्यकर्मीलाई त्यहाँ खटाउने निर्णय भएको मन्त्रालयका स्वास्थ्य शाखा प्रमुख डा. जगदीश जोशीले जानकारी दिए । डा. जोशीका अनुसार २० जना जनशक्ति व्यवस्थापनका लागि बजेट पनि मन्त्रालयले व्यवस्थापन गर्नेछ ।
केन्द्र सरकारका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री तथा सरकारले कोरोना रोकथामका लागि सुदूरपश्चिमका निम्ति तोकेका फोकल पर्सन लेखराज भट्टको अगुवाइ तथा धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकाको व्यवस्थापनमा कैलालीको गेटामा निर्माणाधीन आइसोलेशन सेन्टरमा प्रदेश सरकारले हात झिकेको भनी तीव्र आलोचना भएको थियो ।
प्रदेश सरकारका सामाजिक विकासमन्त्री कृष्ण सुवेदीले जनताको जीवन रक्षा गर्ने कुरामा प्रदेश सरकारले कुनै किसिमको राजनीति नगरेको बताउँदै आएका थिए । केन्द्र र प्रदेश सरकारबीच समन्वय नहुँदा गेटामा निर्माणाधीन होल्डिङ सेन्टर र आइसोलेशनको काम अलपत्र पर्दै आएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मंगलबार डलरसंगै युरोको भाउ पनि घट्यो
मंसिर ४, २०८१ मंगलबार
राशिफलः आज एैना हेरेर बाहिर निस्कदा शुभ हुन्छ
मंसिर ४, २०८१ मंगलबार
पहाडी भूभागमा हल्का वर्षा र तराइमा हुस्सुको सम्भावना
मंसिर ४, २०८१ मंगलबार
असोजमा आएको बाढीपहिरोका कारण भएको जनधनको क्षतिमा पौन १२ अर्बको बिमा दाबी
मंसिर ४, २०८१ मंगलबार
उम्मेदवारविरुद्ध परेका उजुरीको आज छानबिन गर्दै निर्वाचन आयोग
मंसिर ४, २०८१ मंगलबार
त्रिशूलीमा खसेको ट्रकबाट ३ जनाको उद्धार
मंसिर ४, २०८१ मंगलबार