नेपालमा फैलिएको ‘डबल म्यूटेन्ट ‘बी’.१.६१७.२’भाइरस किन खतरनाक मानिन्छ ?
नेपालबहस संवाददाता
जेठ ५, २०७८ बुधबार १३:४६:५३
५ जेठ, काठमाडौं । पछिल्लो समय नेपालमा व्यापक रुपमा फैलिरहेको कोरोना भइरसमध्ये अधिकांश भाइरस भारतीय ‘डबल म्यूटेन्ट (बी.१.६१७.२)’ भाइरस रहेको तथ्य सार्वजनिक गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप सावधानी अपनाउन आग्रह गरेको छ ।
मन्त्रालयका अनुसार गत साता ३५ वटा नमुना संकलन गरेर जीन सिक्वेन्सिङ गर्दा ३४ वटामा भारतीय डबल म्यूटेन्ट भाइरस र एउटामा यूके भेरियन्ट ‘बी.१.६१७.१’ भाइरस रहेको पाइएको थियो ।
नयाँ भेरियन्ट किन खतरनाक ?
नेपालमा हाल मुलभूत रुपमा कोरोना भाइरसका तीनवटा भेरियन्ट फैलिरहेको पुष्टि भएको छ । ति भन्दा सवै भन्दा खतारनाक भेरियन्टको रुपमा भारतीय ‘डबल म्यूटेन्ट (बी.१.६१७.२) लाइ लिने गरिन्छ । हाल भइरहेका अनुसन्धानले नेपालमा फैलिरहेको कोरोना मध्ये ७० प्रतिशत भाइरस भारतीय डबल म्यूटेन्ट हो भने बाँकी ३० प्रतिशत यूके भेरियन्ट तथा पुरानै भेरियन्ट भएको देखाएको छ ।
कोरोनाको नयाँ भेरियन्ट ‘डबल म्यूटेन्ट (बी.१.६१७.२) लाई खतरनाक भेरियन्ट को रुपमा लिदै आएको छ । यस भेरियन्टलाई विश्व स्वास्थ्य संघले विश्वव्यापी ‘भेरियन्ट अफ कन्सर्न’ (याद गर्नुपर्ने भेरियन्ट) भनी घोषणा गरिसकेको छ । यो भाइरस सबै उमेर समूहमा धेरै संक्रामकको जोखिम उत्तिकै रहने गर्दछ ।
यो भाइरस रोग प्रतिरोधात्मक शक्तिलाई छल्न सक्ने क्षमता भएको भनिएको छ। यो भेरियन्ट बढी संक्रामक र रोग प्रतिरोधात्मक शक्तिलाई छल्न सक्ने विशेषता लिएर आएको भाइरस छिटो प्रवेश गर्ने र गंभिर बिरामी बनाउने त्यसबाट मृत्युदर बढाउने जोखिम रहेको चिकित्सकहरु बाताछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नक्कली फेसबुक आइडिको प्रयोग गरी २७ लाख ठगी आरोपमा पक्राउ
मंसिर ३, २०८१ सोमबार
नेपाल–भारत सीमा सुरक्षा बैठक : सीमापार अपराध नियन्त्रण थप प्रभावकारी बनाउने निष्कर्ष
मंसिर ३, २०८१ सोमबार
काठमाडौं महानगरले वर्गीकृत फोहर मात्रै व्यवस्थापन गर्ने
मंसिर ३, २०८१ सोमबार
आगोले पोलेर घाइते महिलाको उपचारका क्रममा मृत्यु
मंसिर ३, २०८१ सोमबार
डेडिकेटेड तथा ट्रंकलाइन विवाद: ‘टीओडी’का आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठन
मंसिर ३, २०८१ सोमबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार