शववाहन नभएपछि डोजरमा राखेर शव व्यवस्थापन
नेपालबहस संवाददाता
जेठ ५, २०७८ बुधबार १५:८:४५
५ जेठ, तनहुँ । तनहुँमा एउटा पनि शववाहन नभएपछि त्यसको अभाव खड्किएको छ । कोभिड–१९ को संक्रमण बढ्दै गएपछि संक्रमितको मृत्यु भएमा शव व्यवस्थापनका लागि शववाहनको अभाव खड्किएको हो ।
जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले शववाहनको खोजी शुरु गरेको छ । व्यावसायिक क्षेत्रबाट हुन सक्ने सामाजिक उत्तरदायित्वलाई विचार गर्दै शुक्लागण्डकी नगरपालिकास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा रही सञ्चालन हुने गरी दमौली अस्पताललाई एक थान शववाहन उपलब्ध गराइदिन केन्द्रले सूर्य नेपाल लिमिटेडलाई अनुरोध गरेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए ।
स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले शववाहन नहुँदा मृत्यु हुने संक्रमितको शव व्यवस्थापनका लागि समस्या हुने बताए । उनका अनुसार व्यास नगरपालिका बाहेकका स्थानीय तहमा शववाहन नहुँदा समस्या भएको छ । शववाहनको अभावमा देवघाट गाउँपालिकामा डोजरमा राखेर कोरोना संक्रमितको शव व्यवस्थापन गरिएको छ ।
देवघाट–५ निवासी ६८ वर्षीया महिलाको शव आफन्तले डोजरमा राखेर घाटसम्म पु¥याएका हुन् । गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले शववाहनको आवश्यकता भए पनि गाउँपालिकाको भौगोलिक अवस्थाका कारण शववाहन किन्ने योजना नबनाइएको बताए ।
“देवघाटको वडा नं १, २, ३, ४ दुर्गम ठाउँ हो । त्यहाँ सङ्क्रमितको मृत्यु भयो भने पिपिइ लगाएर आफन्तले शव बोकेर लैजानुपर्छ, त्यहाँ शववाहन लैजान सक्ने स्थिति छैन”, थापाले भने । थापाका अनुसार गाउँपालिकासँग एम्बुलेन्स पनि छैन ।
व्यास नगरपालिकाले भने एउटा शववाहन भाडामा लिएको छ । नगर क्षेत्रभित्रका बासिन्दाको कोरोना सङ्क्रमणबाट मृत्यु भएमा शव व्यवस्थापनका लागि शववाहन भाडामा सञ्चालन गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए । “नगरपालिकामा एउटा शववाहन छ तर त्यो पुरानो भएकाले जुनसुकै बेला धोका हुनसक्छ, त्यही भएर एउटा शववाहन भाडामा लिएका छौँ”, उनले भने, “संक्रमितलाई स्वास्थ्य संस्थासम्म पु¥याउन एम्बुलेन्स पनि तयारी अवस्थामा छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
त्रिशूलीमा खसेको ट्रकबाट ३ जनाको उद्धार
मंसिर ४, २०८१ मंगलबार
नक्कली फेसबुक आइडिको प्रयोग गरी २७ लाख ठगी आरोपमा पक्राउ
मंसिर ३, २०८१ सोमबार
नेपाल–भारत सीमा सुरक्षा बैठक : सीमापार अपराध नियन्त्रण थप प्रभावकारी बनाउने निष्कर्ष
मंसिर ३, २०८१ सोमबार
काठमाडौं महानगरले वर्गीकृत फोहर मात्रै व्यवस्थापन गर्ने
मंसिर ३, २०८१ सोमबार
आगोले पोलेर घाइते महिलाको उपचारका क्रममा मृत्यु
मंसिर ३, २०८१ सोमबार
डेडिकेटेड तथा ट्रंकलाइन विवाद: ‘टीओडी’का आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठन
मंसिर ३, २०८१ सोमबार