नेपालमा पहिलो पटक अक्सिजन राखिने सिलिन्डर उत्पादनको सफल परीक्षण
नेपालबहस संवाददाता
जेठ ५, २०७८ बुधबार १७:७:१०
५ जेठ, काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान ‘नास्ट’ ले मुलुकमै पहिलो पटक ४७ लिटर क्षमताको अक्सिजन राखिने सिलिन्डर उत्पादनको सफल परीक्षण गरेको छ । विस्फोट हुँदा पनि क्षति नहुने गरी बंकरभित्र सिलिन्डर राखेर प्रेसर दिई परीक्षण गरिएको हो । हाल बजारमा १०, २० र ४७ लिटर क्षमताका सिलिन्डर उपलब्ध छन् । उत्पादित सिलिन्डर चीन र भारतको उत्पादनसँग मिल्दोजुल्दो भएको नास्टको भनाइ छ ।
अक्सिजन सिलिन्डर सामान्यतया १५० बार प्रेसरमा भरिन्छ । मंगलबार गरिएको परीक्षणमा २२५ बार प्रेसर दिँदा पनि सिलिन्डर सुरक्षित रहेको थियो । २३५ बार पुग्दा सिलिन्डरमा जोडिएको पाइप वा भल्भमध्ये एकमा समस्या आएको थियो । नास्टका प्रविधि संकाय प्रमुख रवीन्द्र ढकालले निरन्तरको प्रयासले प्रेसर धान्न सक्ने सिलिन्डर तयार भएको बताए । ‘अब पाइप वा भल्भको परीक्षण गरी उत्पादन थाल्नतर्फ लागिनेछ,’ उनले भने ।
कोरोना महामारीका कारण अक्सिजनको चरम अभाव झेलिरहेकामा सिलिन्डरको सफल परीक्षणले ठूलै राहत पुग्ने नास्टको दाबी छ । सिलिन्डरमा चिनियाँ रेगुलेटर प्रयोग गरिएको छ । ‘हाल नेपालमा पाइने सिलिन्डरको न्यूनतम मूल्य करिब १५ हजार रुपैयाँ पर्छ । नास्टको प्रविधि प्रयोग गरी तयार सिलिन्डरको मूल्य त्यसको आधा पनि पर्दैन,’ नास्टका वरिष्ठ प्राविधिक शंकर ढकालले भने । सिलिन्डरको परीक्षणसम्म आइपुग्न नास्टका वरिष्ठ प्राविधिक ढकालको नेतृत्वमा अनुसन्धाताहरू गौतम अर्याल, पूर्णराज सुवेदी, कृष्ण ढकाल, सुजन श्रेष्ठलगायतको टोली खटिएको थियो । यो टोलीले डेढ साताभित्र सिलिन्डर निर्माण गरी परीक्षण गरेको हो ।
यसअघि नास्टले एलपीजी ग्यास र एयर कम्प्रेसर ट्यांकमा परीक्षण गरेको थियो । तर प्रेसर बढी हुने भएर विस्फोट हुने देखिएपछि प्रयोगमा ल्याएको थिएन । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले मंगलबार सिलिन्डर परीक्षणको शुभारम्भ गरेका थिए । उनले केही दिनभित्रै सिलिन्डर उत्पादन गर्ने कम्पनीहरूसँग छलफल गरी व्यावसायिक उत्पादनको अनुमति दिने बताए ।
महामारीकै बीच नास्टले स्वाब कलेक्सन भ्यान, सेनिटाइजर, धुन मिल्ने मास्क उत्पादन गरिसकेको छ । नास्टका उपकुलपति सुनीलबाबु श्रेष्ठले स्वाब संकलन गर्न मोबाइल भ्यान तयार गरी सुरक्षाका तीनवटै निकायलाई हस्तान्तरण गरिसकेको बताए । ‘नास्टले कोभिड नियन्त्रण गर्न अझ महत्त्वपूर्ण योगदान दिनेछ,’ उनले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगुगलले आफ्ना कर्मचारीलाई किन भन्यो सबै प्रमाण नष्ट गर्नु ?
मंसिर ६, २०८१ बिहिबार
आईटी उद्योगमार्फत रोजगार सिर्जना गर्न सकिन्छ : सञ्चारमन्त्री गुरुङ
कात्तिक २९, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार