जसपामा एकता हुँदा नेपाल फेरि पनि एमालेबाट आउट हुने
नेपालबहस संवाददाता
जेठ ५, २०७८ बुधबार १८:२५:५८
समाचार टिप्पणी
५ जेठ, काठमाडौं । दुईतिहाईको अजंग मतका साथ सत्तासीन भएका केपी ओली तीन वर्ष पूरा भएलगत्तै अल्पमतमा झरेका छन् । गएको बैशाख ३१ गते ओली अल्पमतको सरकार बनाउन बाध्य भएका हुन् । आफ्नै पार्टी एमालेको माधव नेपाल पक्षको विश्वास र भरोसा जित्न नसक्दा उनले बहुमतको अवसर समेत गुमाएका हुन् ।
बैशाख २७ गते ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत लिन खोजे । जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षलाई समेत मिलाए, तर नेपाल पक्षको विश्वास लिन नसक्दा उनी प्रधानमन्त्रीबाट विदा भए । भलै तीन दिनपछि अल्पमतको प्रधानमन्त्री बनेका छन् । तर नेपाल पक्षलाई मिलाउन सकेका थिए भने ओली त्यतिखेरै बहुमतको प्रधानमन्त्री बन्ने अवसर थियो । किनभने जसपाको ठाकुर पक्षलाई आफ्नो पक्षमा मत दिलाउन ओलीले विशेष पहल गर्ने थिए, र सफलता पनि हात लाग्ने अवस्था थियो ।
त्यसपछि ओलीले नेपाल पक्षलाई मिलाएरै जाने रणनीति बनाए । वैशाखको ३१ गते साँझ ४ बजे भित्र सहमति नभए आफ्ना पक्षका २८ जना सांसदको सामूहिक राजीनामा दिने नेपालको अल्टिमेटम भित्रै ओलीले द्विपक्षीय वार्ता गरेर पार्टीभित्रको विरोध मत्थर पारे । साथै, नेपाल पक्षले माग गरे अनुसार नै जेठ २, २०७५ अघिको नेकपा एमालेमा फर्कन समेत सहमति जनाए । त्यसपछि दुबै पक्षका पाँच पाँच जना रहेको कार्यदल नै बनाएर सहमतिको बिन्दू पहिल्याउने पहल थालिएको छ ।
ओलीले पार्टी भित्र मिलाउनुपर्ने बाध्यता किन थियो भने अब उनले ३० दिन भित्र प्रतिनिधिसभामा विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ । त्यहाँ विश्वासको मत प्राप्त गर्ने ओलीका दुई वटा आधार छन् । पहिलो त पार्टी एकढिक्का बनाउने र दोस्रो जसपाको ठाकुर पक्षको समर्थन प्राप्त गर्ने । पहिलो काम मिलाउन ओली अग्रसर भएका छन् । नेपालको माग पूरा गर्न यतिबेला ओली लचिलो देखिएका छन् ।
त्यसैले पर्सि हुने बाग्मती प्रदेशको राष्ट्रियसभा निर्वाचनमा ओली पक्षले उठाएका पूर्व माओवादी नेता रामबहादुर थापा “बादल” खरानी हुने अवस्थामा समेत संस्थापन पक्षले खासै रुची देखाएको छैन । नेता नेपालले आफ्नो सहयोग विपक्षी समर्थनमा रहेका उम्मेदवार डा. खिमलाल देवकोटालाई रहने बताइसकेका छन् ।
ओलीका लागि यो एउटा ठूलो झड्का हुन सक्छ । तर विश्वासको मत पाउने आशामा ओली यसबारे खासै रुखो व्यवहार नगर्ने अवस्थामा धकेलिएका छन् । अर्काे आधारका रुपमा रहेको जसपाको ठाकुर पक्षको समर्थन पनि फेरि अनिश्चित बनेको छ । हिजो मात्रै जसपाका दुई अध्यक्षले आठ बुँदे सहमति गर्दै संयुक्त विज्ञप्ति नै जारी गरे । उनीहरुले ओली सरकारमा सहभागिता नजनाउने बरु आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने समझदारी बनाएका छन् । यसले ओलीलाई धक्का लागेको छ । ओली चाहन्थे, भोलि जेठ ६ गते नै विश्वासको मत लिने । तर जसपाबाट सहयोग नपाउने वातावरण बनेकाले ओली झस्केका छन् ।
तर ओलीले अझै हरेस भने आएका छैनन् । उनी ठाकुर र अर्का नेता राजेन्द्र महतोसँग निरन्तर सम्पर्कमा छन् । सके समर्थन नभए फेरि पनि तटस्थ बस्न उनी याचना गर्दैछन् । तर हिजो जसपा भित्र विकसित नयाँ घटनाक्रमले ओलीको चाहनामा भाँजो परेको छ । जसपाले सबै विषयमा सांगोपांगो टुंगो लगाउन जेठ ८ र ९ गते राष्ट्रिय कार्यकारिणी परिषदको बैठक डाकेको छ । परिषदमा उपेन्द्र यावदको बहुमत छ । त्यसैले पनि ओलीले चाहे अनुसारको निर्णय गर्न सक्ने स्थिति देखिंदैन जसपामा । त्यसैले ओलीले आफ्नो ध्यान र उर्जा यतापट्टी धेरै नै खर्चनु परिरहेको छ ।
कदाचित जसपाको साथ र समर्थन नपाएको अवस्थामा ओलीले नेता नेपालसँगको सहमति कार्यान्वयनमा समेत चासो नदिने अवस्था छ । नेता नेपालसँग अहिले मिलेको भनेको त सत्ता जोगाउन मात्रै हो । नत्र ओलीले नेपाल पक्षलाई धूलीसात पार्ने तयारी नै गरेका छन् । जसले गर्दा नेकपा मिलाउने कि विभाजित हुने भन्ने विषयमा समेत जसपाको निर्णयले प्रभाव पार्ने अवस्था छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
एमालेको शक्ति प्रदर्शन सरकारविरुद्ध हो कि जनताविरुद्ध ?
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १०, २०८१ सोमबार
चीन भ्रमणमा अघि सरोकारवालासँग छलफल गर्दै प्रधानमन्त्री ओली
मंसिर १०, २०८१ सोमबार
नेपाल प्रहरीका ८ जना डिआईजीमा बढुवाका लागि सिफारिस
मंसिर १०, २०८१ सोमबार
कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना
मंसिर १०, २०८१ सोमबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १०, २०८१ सोमबार
उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन
मंसिर १०, २०८१ सोमबार