पूर्व आईजीपी बरालको निधन
नेपालबहस संवाददाता
जेठ ५, २०७८ बुधबार १८:३७:५
५ जेठ, काठमाडौं । राणाशासन विरोधी मुक्ति सेनाको कमाण्डरसमेत रहेका नेपाल प्रहरीका भूतपूर्व प्रहरी महानिरीक्षक खड्गजित बरालको आज बिहान महाराजगञ्जस्थित आफ्नै निवासमा निधन भएको छ । उनी ९३ वर्षका थिए ।
उनी २०२९ देखि ३०३५ सम्म नेपाल प्रहरीको महानिरीक्षक थिए । भारतीय स्वतन्त्रता संग्राममा समेत उनी होमिएका थिए । त्यसपछि उनी बीपी कोइरालासँगै नेपालमा राणा विरोधी आन्दोलनमा सक्रिय भएका थिए ।
नेपालमा प्रजातन्त्र आएको लामो समयपछि अर्थात २०१३ सालमा उनी नेपाल प्रहरीको इन्स्पेक्टरमा भर्ना भएका थिए । महानिरीक्षकबाट सेवानिवृत्त भएपछि बराल बर्माका लागि नेपाली राजदूत समेत भएका थिए ।
नेपाल प्रहरीभित्र बराललाई साहसिक, इमान्दार र कर्तव्यनिष्ठ प्रहरी अफिसरका रुपमा लिइन्छ । उनको कार्यकालमा नेपाल प्रहरीमा धेरै महत्वपूर्ण र ऐतिहासिक कामहरु भएकाले प्रहरीहरु उनलाई आदरपूर्वक हेर्ने गर्छन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
मंसिर ३, २०८१ सोमबार
पुष्पामा अल्लु अर्जुनको पारिश्रमिक ३०० करोड, अरूको कति ?
मंसिर ३, २०८१ सोमबार
सानिमा बैंकको एजीएम आज, ५.२६ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्दै
मंसिर ४, २०८१ मंगलबार
बजार खुल्नासाथ ३ करोड ८० लाखको शेयर कारोबार
मंसिर ४, २०८१ मंगलबार
हङकङमा ४७ प्रजातन्त्र समर्थक कार्यकर्तालाई जेल सजाय
मंसिर ४, २०८१ मंगलबार
मन्त्रीस्तरीय निर्णयपछि १४ वर्षमुनिका बालबालिकाको निःशुल्क रुमा क्यान्सरको उपचार सुरु
मंसिर ४, २०८१ मंगलबार
मंगलबार डलरसंगै युरोको भाउ पनि घट्यो
मंसिर ४, २०८१ मंगलबार
राशिफलः आज एैना हेरेर बाहिर निस्कदा शुभ हुन्छ
मंसिर ४, २०८१ मंगलबार