कांग्रेसको अस्तित्व रक्षाको लागि एक्लै लडिरहेछन् नेता शेखर कोइराला
नेपालबहस संवाददाता
जेठ ६, २०७८ बिहिबार ११:१८:१७
नेपाली कांग्रेस अहिले इतिहासकै अत्यन्तै कमजोर अवस्थामा आइपुगेको छ । कुनै बेला नेपालको इतिहासमै सबैभन्दा ठूलो र शक्तिशाली पार्टीको रुपमा दुईतिहाई भन्दा बढी सिट संख्या जितेर संसदमा उपस्थिति जनाएको कांग्रेस, प्रजातन्त्रको पुर्नस्थापनापछि पनि दुईदुई पटक बहुमत प्राप्त गरेर देशको नेतृत्व हातमा लिएको थियो ।
तर, अहिले कांग्रेस अत्यन्तै निरीह र आकारमा अत्यन्तै सानो भएर खुम्चिएको अवस्थामा छ । प्रजातन्त्रको एक्लो पहरेदारको रुपमा सिंगो पञ्चायती व्यवस्था र शाहवंशीय राजसंस्थासँग लडेको कांग्रेस अहिले विदेशीहरुका इशारामा नेपालमा अस्थिरता सृजना गर्न प्रजातन्त्र र लोकतन्त्रको बनावटी दुहाई दिने कम्यूनिष्टहरुको संसदीय प्रणाली माथिको नाङ्गोनाँच टुलुटुलु हेरेर बस्ने अवस्थामा आइपुगेको छ।
नेपाली कांग्रेस इतिहासकै यति निरीह र कमजोर अवस्थामा कसरी पुग्यो ? त्यो पछि पार्टीभित्र आन्तरिक रुपमा छलफल र बहस होला नै ।बहुमतमा रहँदा नेपाली कांग्रेसमा देखिएको दम्भ र अहंकारलाई सच्चिनको लागि र आफ्ना कमीकमजोरीहरुलाई उजागर गर्दै आफ्नो संगठन बलियो बनाउने समय नेपाली कांग्रेसलाई जनताले दिएकै पनि हो ।
प्रतिपक्षको दर्बिलो भूमिकामा आफुलाई उभ्याउँदै नेपाली जनताका समस्या र गुनासाहरुमा साथ दिएको भए अहिले नेपाली कांग्रेसप्रति नेपाली जनताको आस्था र विश्वासमा परिवर्तन आईसकेको हुन्थ्यो । तर वर्तमान नेपाली कांग्रेसको नेतृत्व अघोषित सत्तापक्षको भन्दा फरक नदेखिएपछि वर्तमान कांग्रेसको नेतृत्व तहलाई पनि नेपाली जनताले पत्याउन छोडेको आभास हुन थालेको छ ।
केही थान आयोगका अध्यक्ष र केही थान आफन्तका राजदूत पद जोगाउनकै लागि मात्रै कांग्रेसको नेतृत्व तह हत्याउने र पदासिन हुने छुट कसैलाई छैन । पदलोलुपताको सीमामा बसेर नेपाली कांग्रेसको वर्तमान नेतृत्व तह कांग्रेसको कटेरो रुंघेर बसेको हो भने अब आम नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुले आफ्नो दल भित्रको कम्यूनिष्ट चरित्र बिरुद्ध आवाज उठाउँदै जानुको विकल्प छैन ।
नेपाली कांग्रेसको वर्तमान अवस्था लोकतन्त्रको फरिया भारी सभामा दुस्साशनरुपी दानवहरुले तानिरहँदा रमिते बनेका पाण्डवहरुको हबिगत बन्नु देश र कांग्रेस दुबैका लागि अत्यन्तै निराशाजनक र दुःखदायी क्षण बनेको छ ।
के नेपाली कांग्रेस अब कम्यूनिष्ट रुपी कौरवहरुसँग चारगाउँ माग्ने अवस्थामा पुगेकै हो ? के कम्युनिष्टहरुको चंगुलमा कांग्रेसको वर्तमान नेतृत्व फसेकै हो ? के अब कांग्रेस नेतृत्वलाई नेपाली जनताको प्रतिनिधि भएर देश र जनताको पक्षमा काम गर्ने आँट र साहस हराउँदै गएको हो अथवा जनताका पक्षमा काम गर्ने चाहना र ईच्छा शक्ति निमिट्यान्न बनेकै हो ?
यदि लोकतन्त्रको आवरणमा अधिनायकवादको बिजारोपण गर्न उद्यत वर्तमान ओली सरकारको आन्तरिक भागबण्डामा रमाएर केही थान आयोगका अध्यक्ष र केही थान आफन्तका राजदूत पद जोगाउनकै लागि मात्रै कांग्रेसको नेतृत्व तह हत्याउने र पदासिन हुने छुट कसैलाई छैन । पदलोलुपताको सीमामा बसेर नेपाली कांग्रेसको वर्तमान नेतृत्व तह कांग्रेसको कटेरो रुंघेर बसेको हो भने अब आम नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुले आफ्नो दलभित्रको कम्यूनिष्ट चरित्र बिरुद्ध आवाज उठाउँदै जानुको विकल्प छैन ।
पार्टीको गरिमा र नेपालको राजनीतिक इतिहासमै संसदमा विश्वास गुमाई सकेको प्रधानमन्त्रीले मुलुकको नेतृत्वमा जरा गाडेर बस्नु जस्तो लज्जाजनक स्थितिको सृजना हुनु अरु कसैलाई कुनै आपत्तिजनक र अप्ठ्यारो स्थिति नलाग्ला । तर देशको सबैभन्दा पुरानो र प्रजातान्त्रिक पार्टी भएको नाताले नेपाली कांग्रेसलाई भने अहिले अत्यन्तै लज्जाजनक स्थिति बनेको छ ।
नेपाली कांग्रेसको कमजोर संगठन र भागवण्डाको राजनीतिमा प्रतिपक्षको समेत भूमिका बिर्सेर ओलीसँग कुम जोडदै हिँड्नाले अहिले कांग्रेस यता न उताको अवस्थामा पुगेको कुरा अब कसैलाई लुकाउनु पर्ने अवस्था समेत म देख्दिन । संसदमाथि अविश्वासको मतसमेत लिन नसकेको वर्तमान ओली नेतृत्वको सरकारलाई नै बाध्य भएर फेरी पनि नेपाली जनताले सरकारको रुपमा मान्यता दिनुपर्ने अवस्था सृजना भएको छ ।
नेपाली कांग्रेसको यस्तो लाचार नेतृत्वप्रति नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले कांग्रेसको अस्तित्व रक्षाका लागि र लोकतन्त्रको बलात बलात्कारका बिरुद्धमा अहिले एक्लै आवाज उठाईरहेका छन् । संसदमा विश्वासको मत समेत प्राप्त गर्न नसकेको सरकारको विकल्पमा अर्को सरकार दिन सक्नु संसदको जिम्मेवारी हो भनेर सार्वजनिक स्थलहरुदेखि राजनीतिक वृत्तमा चर्को आवाज उठाउँदै यो देशमा कांग्रेस जीवितै रहेको अनुभूति मात्रै गराएका छैनन् लोकतन्त्रको रक्षा समेत गरिरहेका छन् । डा. शेखर आफुलाई कुर्सीको भन्दा पनि कांग्रेसमा देखिएको लाचार नेतृत्व र कांग्रेसको खस्कदो शाखप्रति चिन्तित देखिन्छन् ।
संसदमा विकल्पको सरकार दिन सक्ने प्रशस्त आधार र आवश्यक सांसद संख्या बिद्यमान रहदा रहदै प्रतिपक्षी दलहरु बीच एकता कायम गराउन नसक्ने कांग्रेस नेतृत्वप्रति डा. शेखर कोइराला आक्रामक बनेपछि वर्तमान ओली नेतृत्वको कम्युनिष्ट सरकारबाट भागबण्डामा रमाई रहेका केही व्यक्तिहरु डा. शेखरको बिरोधमा समेत हात धोएर लागेको पनि देखिएको छ ।
वर्तमान अल्पमते प्रधानमन्त्री र उनको थर जातसँग जोडिएको समूहगत पार्टीको ध्यान भने कसरी सत्ता कब्जा गर्न सकिन्छ ? भनेर एकोहोरो रुपमा लागिपर्नु देश र जनताका लागि सह्य हुन सक्दैन भनेर डा. शेखरले निरन्तर वैकल्पिक सरकारको आवाज उठाउँदै आईरहेका छन् ।
डा. शेखरको एउटै आवाज रहँदै आईरहेको छ, संसदले विश्वास नगरेको ब्यक्तिलाई फेरी पनि प्रधानमन्त्री स्वीकार्नु पर्ने अवस्था आउनु नेपाली जनता र सिंगो लोकतन्त्रका लागि दुर्भाग्यपूर्ण हो । डा. शेखरको नेपाली जनता र सिंगो लोकतन्त्रमाथिको अटुट आस्था र विश्वासका कारण नेपाली कांग्रेसको उपल्लो तहबाट क्रमशः बन्दै गएको समर्थन र साथबाट केही ओलीका सत्तासाझेदारहरु भने नराम्रोसँग अत्तालिएका छन् ।
कतै ओलीको बहिर्गमन सँगै आफ्नो स्वार्थ केन्द्रीत राजनीतिमा तुँवालो लाग्ने पो हो की भन्ने डरमा बाँचेकाहरुलाई अब सबक सिकाउनै पर्ने बेला आएको छ । सिंगो मुलुक र जनता कोरोना महामारीको चरम संकटमा फसिरहेको बेला वर्तमान अल्पमते प्रधानमन्त्री र उनको थर जातसँग जोडिएको समूहगत पार्टीको ध्यान भने कसरी सत्ता कब्जा गर्न सकिन्छ ? भनेर एकोहोरो रुपमा लागिपर्नु देश र जनताका लागि सह्य हुन सक्दैन भनेर डा. शेखरले निरन्तर वैकल्पिक सरकारको आवाज उठाउँदै आईरहेका छन् ।
संभव भए कांग्रेसकै नेतृत्वमा र संभव नभए संसदमा बिद्यमान अन्य राजनीतिक दलहरुको नेतृत्वमा भएपनि नयाँ सरकार निर्माण गर्नुपर्ने आवाज उठाईरहेका छन् । यसले सिंगो कांग्रेसको मात्र हैन, ब्यवस्थाकै लाज बच्नेछ, राजनीतिक नग्नताको सामान्य पनि ख्याल नगरी राजनीतिलाई खाली कुर्सी ओगटने खेलका रुपमा मात्रै उपयोग गरिरहने हो भने लोकतन्त्रप्रति जनताको विश्वास सदाका लागि हटेर जाने डर रहेको बेला डा. शेखरको यो अभियानलाई अहिले गिरिजाबाबुको संसद पुर्नस्थापनाको एकल एजेण्डासँग जोडेर हेर्न थालिएको छ ।
नेपाली कांग्रेस भित्र नेतृत्वको खडेरी परिरहेको बेला डा. शेखरको दर्बिलो खुट्टा टेकाइले नेपाली कांग्रेसमा रहेर राजनीति गर्ने तमाम नेता तथा कार्यकर्ताहरुको शिर मात्र उच्च भएको छैन, सिंगो व्यवस्था माथिको गिद्देदृष्टि समेत अन्त्य हुने अपेक्षा गरिएको छ । यसले संभवत ओलीको वहिर्गमन सँगै बैकल्पिक सरकार बन्न सक्ने संभावना समेत बढेर गएको देखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाधक अग्रजहरूको आदर्श जीवनचर्याबाट केही सिकौँ, केही गरौँ
मंसिर १, २०८१ शनिबार
नेपालको राजनीतिले नैतिकता गुमाउँदै क्षयीकरणको बाटो लिएकै हो ?
कात्तिक २७, २०८१ मंगलबार
कांग्रेसले ‘मिस’ गरिरहेको नोना आमाको ‘मर्निङ मिटिङ’
कात्तिक २४, २०८१ शनिबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
उपनिर्वाचनका लागि भोलिदेखि निर्वाचन आचारसंहिता लागू हुने
मंसिर १, २०८१ शनिबार
धर्मका नाममा हुने राजनीतिलाई निषेध गर्नुपर्छ : प्रधानमन्त्री ओली
मंसिर १, २०८१ शनिबार
रुकुममा बस अनियन्त्रित हुँदा नौ जना घाइते
मंसिर १, २०८१ शनिबार
महालक्ष्मी बैंक र नेपाल क्लियरिङ्ग हाउसबीच अन्तर्देशीय क्युआर पेमेन्टको लागि सम्झौता
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
पर्यटकीय सम्भावना बोकेको जलजला ( फोटो फिचर )
मंसिर १, २०८१ शनिबार