अब संक्रमितको शव व्यवस्थापनमा महिला सैनिक
नेपालबहस संवाददाता
जेठ ५, २०७८ बिहिबार ०:१:१७
५ जेठ, धनगढी । कोरोना संक्रमितको शव व्यवस्थापनमा अब महिला सैनिक खटिन थालेका छन् । यसअघि पुरुष सैनिक मात्रै खटिदै आएका थिए । आज कोरोना संक्रमित मृतकको शव व्यवस्थापनमा पहिलो पटक खटिएका महिला सैनिकको टोलीले धनगढीको गोदावरी आर्यघाटमा अन्तिम संस्कार गरेको हाे ।
कैलालीको अत्तरियास्थित भवानी दल गणले बुधबार पहिलो पटक उपसेनानी शशी केसीको नेतृत्वमा ६ जना महिला सैनिकहरुलाई संक्रमितको शव व्यवस्थापनमा खटाएको हो । उपसेनानी केसीको नेतृत्वमा खटिएका महिला सैनिकले सेती प्रादेशिक अस्पतालमा मृत्यु भएकी एक महिलाको शव गोदावरी आर्यघाटमा हिन्दु परम्पराअनुसार व्यवस्थापन गरेका हुन् ।
गणका गणपति प्रमुख सेनानी विकास केसीले महिला तथा बालबालिकाको शव व्यवस्थापनका लागि तालिमप्राप्त महिला सैनिक खटाइएको बताए । गणले शव व्यवस्थापन कार्यविधि ०७७ अनुसार बुधबारसम्म कैलालीमा मृत्यु भएका १ सय ६६ जनाको शव व्यवस्थापन गरेको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मंगलबार डलरसंगै युरोको भाउ पनि घट्यो
मंसिर ४, २०८१ मंगलबार
राशिफलः आज एैना हेरेर बाहिर निस्कदा शुभ हुन्छ
मंसिर ४, २०८१ मंगलबार
पहाडी भूभागमा हल्का वर्षा र तराइमा हुस्सुको सम्भावना
मंसिर ४, २०८१ मंगलबार
असोजमा आएको बाढीपहिरोका कारण भएको जनधनको क्षतिमा पौन १२ अर्बको बिमा दाबी
मंसिर ४, २०८१ मंगलबार
उम्मेदवारविरुद्ध परेका उजुरीको आज छानबिन गर्दै निर्वाचन आयोग
मंसिर ४, २०८१ मंगलबार
त्रिशूलीमा खसेको ट्रकबाट ३ जनाको उद्धार
मंसिर ४, २०८१ मंगलबार