स्पेनी नागरिकलाई चार्टर्ड उडानमार्फत स्वदेश फर्काइने
नेपालबहस संवाददाता
जेठ ५, २०७८ बिहिबार ०:२४:१३
५ जेठ,काठमाडौं । नेपालमा रहेका स्पेनी नागरिकलाई चार्टर्ड उडानमार्फत स्वदेश फर्काइने भएको छ । स्पेनीलाई स्वदेश फर्काउन नेपाल नागरिक उड्डय प्राधिकरण(क्यान)ले जेठ ६ गते बिहिबारका लागि उडान अनुमति दिइसकेको छ । स्पेनले आफ्नो वाइड बडी ए ३३० जहाज मार्फत नागरिकलाई घर फर्काउन लागेको हो ।
स्पेनको राजधानी म्याड्रिडबाट मेडिकल सामग्री लिएर काठमाडौँ आउने र यहाँबाट स्पेनी तथा केही युरोपेली नागरिक लिएर फर्कने क्यानका उपमहानिर्देशक एवम् प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए । बुझिएअनुसार नेपालमा अड्किएका करिब ४० स्पेनी गन्तव्य पुग्ने प्रतिक्षामा छन् । ठूलो जहाज भएकाले युरोपका केही नागरिक पनि घर फर्किने जनाइएको छ ।
कतारका लागि पनि जेठ ८ र ११ गते ९मे २२ र २५ तारिख० का लागि चार्टर्ड उडानको अनुमति दिइएको क्यानले जनाएको छ । चीनको ग्वाङजाओ र कतारको दोहामा सातामा एक उडान नियमित सञ्चालन गर्ने सरकारले निर्णय गरिसकेको छ । सोहीअनुरुप क्यानले उडान तालिका बनाएको छ ।
नेपालमा रोकिएका विभिन्न मुलुकका विदेशी नागरिकलाई घर फर्काउन नेपाल पर्यटन बोर्डले सहजीकरण गरिरहेको छ । बोर्डले पर्यटकीय क्षेत्र तथा विभिन्न स्थानमा रहेका विदेशी नागरिकलाई सूचित गरी अनलाइन विवरण सङ्कलन गरी सम्बन्धित मुलुकको दूतावासलाई जानकारी गराउने तथा दूतावासले मागेको खण्डमा पर्यटकको विवरण दिने गरेको छ । बोर्डका निर्देशक मणि लामिछानेका अनुसार बोर्डले ‘ट्राभल लोकेटर’ मार्फत विदेशी नागरिकको विवरण सङ्कलन गरिरहेको छ । यसबाट पर्यटक नेपालका कुन–कुन स्थानमा छन् भनेर लोकेसन पत्ता लगाउने र सोही आधारमा सम्बन्धित निकायलाई सूचित गरिएको तथा यसबाट उद्धारका लागि सहयोग पुग्ने जनाइएको छ । बोर्डले होटल क्वारेन्टिनको व्यवस्थापनको विवरण तथा अन्य सम्बन्धित सूचना पनि उपलब्ध गराइएको र यसबाट पर्यटकले आफै पनि सेवा लिन सक्ने जनाएको छ ।
बोर्डले अहिले एयर बबल सम्झौता अनुसार नेपालमा आउने भारतीय नागरिक कुन होटलमा रहेका छन् उनीहरुको अवस्था तथा दैनिक तीन पटकको तापक्रम परीक्षण गरेर मन्त्रालयलगायत सम्बन्धित निकायलाई जानकारी गराइने गरेको निर्देशक लामिछानेले बताए । यसका अतिरिक्त बोर्डले ‘कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट एण्ड कम्युनिकेसन युनिट’ खडा गरी निषेधाज्ञाको अवधिभर पर्यटको सूचना सङ्कलन गरी सूचना तथा सञ्चार सम्प्रेषणको काम पनि गरेको छ ।
विदेशीलाई घर फर्काउन काठमाडौँ बाहिरका विभिन्न स्थानमा रहेका विदेशीलाई उद्धार गरी काठमाडौँ ल्याएर स्वदेश फर्किन सहजिकरण गरिरहेको छ । अहिले विभिन्न मुलुकले नेपालमा अड्किएका नागरिकलाई चार्टर्ड उडान मार्फत घर फर्काइरहेका छन् ।
अहिले विभिन्न मुलुकबाट नेपाली तथा अन्तरराष्ट्रिय एयरलाइन्सले चाटर्ड, मेडिकल, उद्धार तथा कार्गो उडान धमाधम गरिरहेका छन् । नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र निजी क्षेत्रको अन्तरराष्ट्रिय उडान भर्ने हिमालय एयरलाइन्सले दैनिक यस्ता उडान गरिरहेका छन् । यि दुबै एयरलाइन्सको आज क्रमशः सात र चार उडान सञ्चालन भइरहेका छन् ।
नेपालमा कोभिड महामारी नियन्त्रणका लागि सरकारले गत वैशाख २३ गते रातिदेखि अन्तरराष्ट्रिय हवाई उडानमाथि प्रतिबन्ध लगाएको थियो । यो प्रतिबन्ध जेठ १७ सम्म लम्बिएको छ । यसबीचमा नेपाल र भारतबीचको एयर बबल सम्झौता अनुसार दुबै देशका राष्ट्रिय ध्वजाबाहकले सातामा दुई उडान कायम हुनेगरी उडान सञ्चालन गरिरहेका छन् । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आज एकै दिन १३ अन्तरराष्ट्रिय उडान भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछुट्टाछुट्टै ठाउँमा आगलागी हुँदा १९ लाख बढीको क्षति
मंसिर १६, २०८१ आइतबार
हिन्दूमाथि अत्याचार नगर्न बंगलादेश सरकारलाई अध्यक्ष भण्डारीको आग्रह
मंसिर १४, २०८१ शुक्रबार
विद्युत सट भई आगलागी हुँदा तीन घर जलेर नष्ट
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
चीन सकारात्मक छ, बीआरआईमा सहमति हुन्छः परराष्ट्रमन्त्री राणा
मंसिर १५, २०८१ शनिबार
३१ हजार मतदाता रहेको कीर्तिपुर नगरपालिकामा १२ बजेभित्र ११ हजार मत खस्यो
मंसिर १६, २०८१ आइतबार
मध्यान्ह १२ बजेसम्ममा ३८ प्रतिशत मत खस्योः आयोग
मंसिर १६, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
मंसिर १६, २०८१ आइतबार
बुल्दीखोलामा निर्माणाधीन पुल ५० प्रतिशत सम्पन्न
मंसिर १६, २०८१ आइतबार
नासाले बनायो विशेष रोबोट, वृहस्पतिको चन्द्रमामा हिउँमुनि समुन्द्रमा डुब्ने !
मंसिर १६, २०८१ आइतबार
विश्व एड्स दिवसमा चेतनामूलक पदयात्रा
मंसिर १६, २०८१ आइतबार