असत्य र भ्रामक समाचारप्रति हिमालय एअरलाइन्सकाे गम्भीर ध्यानाकर्षण
नेपालबहस संवाददाता
जेठ ५, २०७८ बिहिबार ३:४५:१६
५ जेठ, काठमाडौं । हिमालय एअरलाइन्सले असत्य, भ्रामक तथा कपोलकल्पित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । भारतीय राजदूतावासको विशेष अनुरोधमा नेपाल सरकारद्वारा निर्णय भै नेपाल एअरलाइन्सले जम्मा ७ वटा तथा हिमालय एअरलाइन्स्ले जम्मा ३ वटा उडान गर्ने गरी नेपालबाट साउदी अरेबिया जानुपर्ने भारतीय यात्रीहरुको लागि गरिएको उडानका सिलसिलामा अत्यधिक भाडा तथा केही एजेन्सीहरुले अत्यधिक अतिरिक्त रकम लिएको भन्ने सन्दर्भमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, नागरिक उडड्यन प्राधिकरण, तथा यस हिमालय एअरलाइन्स्लाई समेत उल्लेख गरी असत्य, भ्रामक तथा कपोलकल्पित समाचार केही अनलाइन लगायतका मिडियामा प्रकाशन भएकोमा यस एअरलाइन्स्को गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
एक विज्ञप्ति जारी गर्दै एअरलाइन्सले नेपाल सरकारव्दारा साउदी अरेबिया जान यस एअरलाइन्स्ले जम्मा ३ वटा उडान गर्ने निर्णय भए पश्चात एअरलाइन्स् उद्योगको विश्वव्यापी टिकट वितरण प्रणाली (ग्लोबल डिस्ट्रि«व्यूशन सिस्टम) मार्फत यात्रीहरुलाई अत्यन्त सहज होस र एजेन्सी सेवामा समेत प्रतिस्पर्धा होस भनी अन्तर्राष्ट्यि हवाई उद्योग संघ (आएटा) मा दर्ता भएका कुनै पनि स्थानीय ट्रभल एजेन्सीले टिकट विक्री गर्न सकिने तथा यात्रीहरुले आफुलाई अनुकुल हुने ट्राभल एजेन्सी संग टिकट किन्न सकिने बन्दोबस्त गरिएको व्यहोरा पुनः सार्वजनिक गरेको छ । वर्तमान महामारीमा एकै स्थानमा टिकट बिक्री गर्दा कोभिड सर्ने अत्यन्त जोखिम हुनेहुन्दा पनि सो प्रणाली मार्फत टिकट विक्री गर्नु अनिवार्य थियो ।
सबै एजेन्सीको पहुंचमा भएको विश्वव्यापी टिकट वितरण प्रणाली मार्फत सबै टिकट विक्री भएको तथा भाडादरहरु सबै पनि उक्त प्रणालीको माध्यमबाट सबै एजेन्सीकोपहुंचमा भएको जानकारी गराउन चाहन्छौ । यस प्रणाली सम्पूर्ण रुपमा ट्रान्सपेरेन्ट तथा एजेन्सीहरुको माझमा प्रतिस्पर्धात्मक छ, जसबाट यात्रीले सेवाको गुणस्तर तथा सेवा शुल्कको सवालमा लाभ प्राप्त गर्न सकिने विज्ञप्ति मार्फत एअरलाइन्सले जनाएको छ ।
एअरलाइन्सले अगाडि भनेको छ, उक्त उडानहरुले एकतर्फी यात्री बोक्न पर्ने अर्थात फर्किन्दा विमान खाली ल्याउनुपर्ने भएकोले ती उडानमा नियमित उडान भन्दा अनुपातिय हिसाबले बढी भाडा लाग्नु स्वाभाविक रहन्छ । सामान्यतया एजेन्सीहरुले अत्यधिक शुल्क लिन्दैन भन्ने यस एअरलाइन्स्को विश्वास रहेको छ, तथापी कुनै एजेन्सीले कुनै यात्रीसंग अवान्छनीय ढंगले अत्यधिक शुल्क लिएको प्रमाण पेश हुन आएमा यस एअरलाइन्स्ले आवश्यक कार्वाहीको लागि सम्बन्धीत नियमक निकायमा सिफारिश गर्नेछ । कुनै विषयमा कुनै समाचार प्रकाशन गर्दा सम्बन्धीत निकायबाट सत्यतथ्य लिई बुझी समाचार प्रकाशन गरेमा त्यस्ता समाचार जनता, उद्योग, तथा सरकारका लागि लाभदायी हुने तथा सूचना उद्योगको वर्तमान तथा भविष्यको विकासको लागि समेत सहयोगी हुने भएकोले सम्बन्धीत पक्षको ध्यान आकषर्ण गर्न चाहन्छौं । साथै उपरोक्त असत्य, भ्रामक, तथा कपोलकल्पित समाचारलाई बेवास्ता गर्न पनि एअरलाइन्सले अनुरोध गरेको छ ।
हिमालय एअरलाइन्स् प्रा.लि.को बारेमा
नेपाल–चीन संयुक्त उद्यमका रुपमा सन् २०१४ अगस्टमा स्थापित हिमालय एअरलाइन्स्, अन्तर्राष्ट्रिय उडान सेवा उपलब्ध गराउँदै आएको निजी वायुसेवा कम्पनी हो । ‘हिमालय’ शब्दले नेपालको पहाडहरुलाई संकेत गर्दछ, जुन देशको नाम उँचो बनाउन प्रतिबद्ध छ, त्यसरी नै हिमालय एअरलाइन्स् उच्च उडान लिएर आफ्नो नामलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन आकांक्षा राख्दछ । सुरक्षा, भरपर्दाे सेवा र समयमै सेवा उपलब्ध गराउने उद्देश्यका साथ स्थापित यस एअरलाइन्स्ले नेपालमा आफ्नो उच्च पहिचान कायम गरिसकेको छ ।
एउटा विमान र एउटा गन्तव्यबाट संचालन सुरु गरेको एअरलाइन्स्ले छोटो अन्तरालमै आफ्नो स्वामित्वमा चारवटा जहाज कायम गर्न र सातवटा गन्तव्य स्थानमा उडान भर्ने क्षमता विकास गरेको छ । एअरलाइन्स्ले आफ्नो पहिलो उडान मे ३१, २०१६ मा कतारको दोहाको लागि भरेको थियो र तत्पश्चात विभिन्न एशियाली मुलुकहरुमा आफ्नो सञ्जाल विस्तार गरेको छ जस्तैः युएई, मलेशिया, साउदी अरेबिया, बंगलादेश र चीन । अहिले हिमालय एअरलाइन्स्ले अबुधाबी, दमाम, दोहा, ढाका, क्वालालम्पुर र छोड्ंछिडं्मा उडान सेवा भर्दै आएको छ । साउदी अरेबियाको दमाममा ऐतिहासिक सञ्जाल विस्तार गरेर साउदी अरेबिया र नेपाल जोड्ने हिमालय एअरलाइन्स् एक मात्र एअरलाइन्स् हो र हाल चीनमा उडान भर्ने पनि एक मात्र नेपाली एअरलाइन्स् हो ।
हिमालय एअरलाइन्स्ले अहिले १८० इकोनोमी क्लास सीट भएका तीन ए३२०–२१४ सिरिज र ८ बिजनेस क्लास र १२० इकोनोमी क्लास सीट भएको एक ए३१९–११५ एअरक्राफ्टले सेवा उपलब्ध गराउँदै आएको छ । २०२१ मा एअरलाइन्स्को ल्हासाजस्ता उच्च स्थानमा उडान भर्र्ने तयारी रहेको छ र साथै विभिन्न नयाँ गन्तव्यहरूमा पनि उडान सुरु गर्ने योजना छ ।
व्यावसायिक रुपमा संचालन सुरु गरेको एक बर्षमै हिमालय एअरलाइन्स्ले सन् २०१७ मा दक्षिण एसियाली ट्राभल अवार्ड (साटा)को ‘लिडिङ न्यू इन्टरनेशनल एअरलाइन्स् इन साउथ एशिया’ अन्तर्राष्ट्रिय अवार्ड सम्मान प्राप्त गरेको थियो । भर्खरै अगस्त २०२० मा हिमालय एअरलाइन्स्ले प्रतिष्ठित क्वालिटी म्यानेजमेन्ट सिस्टम (क्युएमएस) सँग सम्बन्धित आईएसओ ९००१–२०१५ हासिल गर्न सफल भएको छ ।
हिमालय एअरलाइन्स् उत्कृष्टता प्राप्त गर्न र उड्डयन क्षेत्रमा उच्च वृद्धि गर्न निरन्तर गुणस्तरीय सेवाको विकास र सञ्जाल विस्तार गर्न अथक प्रयासमा लागि परेको छ । हिमालय एअरलाइन्स्को परिवार बहुसांस्कृतिक र विविध पृष्ठभूमिबाट गठन भएको छ र ‘अतिथि देवो भवः’ ग्राहक नै भगवान भन्ने बर्षौं पुरानो परम्परालाई मनन् गर्दै विशुद्ध नेपाली सत्कारसहित उच्च गुणस्तरीय ग्राहक सेवा उपलब्ध गराउन प्रतिबद्ध छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रतिलिटर ३ रुपैयाँले डिजेल र मट्टितेलको मूल्य बढ्यो
कात्तिक ३०, २०८१ शुक्रबार
औपचारिक रुपमा नेपालको बिजुली बंगलादेश निर्यात हुन थाल्यो, भारतीय ग्रिडबाट ४० मेगावाट पठाइयो
कात्तिक ३०, २०८१ शुक्रबार
प्राधिकरणले भोलि ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गर्ने, भारतले दियो सहमति
कात्तिक २९, २०८१ बिहिबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
कात्तिक ३०, २०८१ शुक्रबार
हनी ट्रयापमा जोडिएका एसपी थापाको सीआईबीमा बयान, मुद्दा यसै साता बुझाइने
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाली सेनामा खुल्यो विभिन्न पदमा विज्ञापन
कात्तिक ३०, २०८१ शुक्रबार
बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति तयार गरिँदै
मंसिर १, २०८१ शनिबार
पश्चिमी तथा स्थानीय वायुको प्रभावः कोशी र गण्डकी प्रदेशमा वर्षाको सम्भावना
मंसिर १, २०८१ शनिबार
सीमा सुरक्षालाई बलियो बनाउन आजदेखि काठमाडौंमा एपिएफ–एसएसबी आठौं समन्वयात्मक बैठक
मंसिर १, २०८१ शनिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १, २०८१ शनिबार
कोप–२९ सम्मेलनमा हिमालका मुद्दाबारे छलफल
कात्तिक ३०, २०८१ शुक्रबार
राज्माखेतीमा ढुसीको सङ्क्रमण
कात्तिक ३०, २०८१ शुक्रबार