९१ बर्षीया उपमेयरले जितिन कोरोना
नेपालबहस संवाददाता
जेठ ६, २०७८ बिहिबार १६:६:५६
६ जेठ, वीरगञ्ज । कोरोनाका कारण मृत्यु र संक्रमण बढेको मात्रै खबर सुन्दा र हेर्दा दिक्क भएकाहरुका लागि खुसीको खबर–आज बिहान ९१ वर्षीया हजुरआमा शान्ति कार्की कोरोना जितेर घर फर्किइन्,त्यो पनि कुनै समस्या नै नपरी । कार्की सामान्य नागरिक मात्र होइनन्, स्थानीय निकायमा निर्वाचित सबैभन्दा बृद्धा महिलासमेत हुन् । उनी वीरगञ्ज महानगरपालिकाकी उपमेयर हुन् ।
दुई साताअघि रुघाखोकी र ज्वरोले जाँगेपछि उनको कोरोना परीक्षण गर्दा पोजेटिभ आयो । अनि उनी महानगरले नै सञ्चालन गरेको आइसोलेसन कक्षमा भर्ना भइन् । डाक्टरको नियमित निगरानीमा रहेकी कार्कीले खासै समस्या भोग्नु परेन । सामान्य खानपीन र आरामबाटै उनी कोरोना संक्रमणमुक्त भएकी छन् । आज बिहान उनको रिपोर्ट नेगेटिभ आएपछि घर गएकी छन् ।
उपप्रमुख कार्कीलाई घर लैजान नगर प्रमुख विजय सराबगी आफैं अस्पताल पुगेका थिए । वीरगञ्जमा आफ्नै घर समेत नरहेकी कार्की अविवाहित हुन् । उनी आफन्तकोमा बस्ने गरेकी छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मंगलबार डलरसंगै युरोको भाउ पनि घट्यो
मंसिर ४, २०८१ मंगलबार
राशिफलः आज एैना हेरेर बाहिर निस्कदा शुभ हुन्छ
मंसिर ४, २०८१ मंगलबार
पहाडी भूभागमा हल्का वर्षा र तराइमा हुस्सुको सम्भावना
मंसिर ४, २०८१ मंगलबार
असोजमा आएको बाढीपहिरोका कारण भएको जनधनको क्षतिमा पौन १२ अर्बको बिमा दाबी
मंसिर ४, २०८१ मंगलबार
उम्मेदवारविरुद्ध परेका उजुरीको आज छानबिन गर्दै निर्वाचन आयोग
मंसिर ४, २०८१ मंगलबार
त्रिशूलीमा खसेको ट्रकबाट ३ जनाको उद्धार
मंसिर ४, २०८१ मंगलबार