डेढ दर्जज विकास बैंकले सार्वजनिक गरे तेस्रो त्रैमासको वित्तीय विवरण, क–कसले कति गरे मुनाफा ?
नेपालबहस संवाददाता
जेठ ६, २०७८ बिहिबार १७:०:४९
६ जेठ, काठमाडौं । करिब डेढ दर्जन विकास बैंकले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् ।
उक्त वित्तीय विवरण अनुसार उक्त अवधिसम्ममा ती बैंकहरुमध्ये सवैभन्दा बढी नारायणी डेभलपमेण्ट बैंक नोक्सानमा रहेको छ भने बाँकी १४ विकास बैंकहरु मुनाफामा छन् ।
सार्वजनिक वित्तीय विवरण अनुसार १४ बैकले कुल ४ अर्ब ७८ करोड ८८ हजार मुनाफा आर्जन गरेका हुन । गत आवको तेस्रो त्रैमासमा विकास बैंकहरुले २ अर्ब ५७ करोड ५४ लाख मुनाफा आर्जन गरेका थिए ।
नारायणी डेभलपमेण्ट बैंकले चालू आवको तेस्रो त्रैमाससम्मा ५२ लाख ५४ हजार नोक्सानी व्यहोरोको छ । गत आवको तेस्रो त्रैमासमा पनि कम्पनी १० लाख ९९ हजार नोक्सानी थियो ।
सबैभन्दा बढी मुक्तिनाथ विकास बैंकले नाफा कमाएको छ।उक्त कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा १ अर्ब ५६ लाख नाफा आर्जन गरेको हो । कम्पनीले गत आवको तेस्रो त्रैमासमा ६७ करोड ६० लाख नाफा कमाएको थियो । गत आवको तुलनामा चालू आवमा कम्पनीको नाफा ४८ दशमलव ७५ प्रतिशतले वृद्धि भएको हो ।
वित्तीय विवरण सार्वजनिक गरेका कम्पनीहरुमध्ये सबैभन्दा बढी वितरणयोग्य मुनाफा र प्रतिशेयर आम्दानीमा पनि मुक्तिनाथ विकास बैंकको रहेको छ । उक्त अवधिसम्ममा कम्पनीको वितरणयोग्य मुनाफा ८२ करोड ८७ लाख रहेको छ भने प्रतिशेयर आम्दानी २७ दशमलव ८७ पुगेको छ ।
एनएफआरएस प्रणाली अनुसार कम्पनीले आर्जन गरेको खुद नाफालाई बिभिन्न शिर्षकमा छुट्याएपछिको नाफानै वितरणयोग्य नाफा हो । यही नाफाबाट कम्पनीले शेयरधनीलाई लाभांश वितरण गर्ने गर्दछन् ।
वित्तीय विवरण प्रकाशित गरेका बैंकमध्ये कर्पोरेट डेभलपमेण्ट बैंक र ग्रीन डेभलपमेण्ट बैंकले भने वितरणयोग्य नाफा उल्लेख गरेका छैनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकुमारी बैंकको एटीएम तथा पीओएसमा अब युनियनपे कार्ड प्रयोग गर्न सकिने
मंसिर २६, २०८१ बुधबार
नबिल एसएसईले चौथो ब्याचको फेलोसिप कार्यक्रम सुरु
मंसिर २६, २०८१ बुधबार
सिटिजन्स बैंकका ग्राहकलाई भोकमन्त्रमा १० प्रतिशत सम्मको आकर्षक छुट
मंसिर २६, २०८१ बुधबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार
अमेरिकी डलर देखाई साढे ६ लाख ठगी गर्ने २ जना पक्राउ
मंसिर २७, २०८१ बिहिबार
संघीय निजामती विधेयकका संशोधनकर्तासँग छलफल सुरु
मंसिर २७, २०८१ बिहिबार