निषेधाज्ञाले अर्थतन्त्र पुनः प्रभावित भयो,आर्थिक गतिविधिहरु पनि चलयामान बनाउः राष्ट्र बैंक
नेपालबहस संवाददाता
जेठ ६, २०७८ बिहिबार १७:३४:२
६ जेठ, काठमाडौं । कोभिड–१९ महामारीको दोस्रो लहरसँगै अधिकांश जिल्लाहरुमा २०७८ बैशाख १६ गतेदेखि निषेधाज्ञा जारी रहेकोले सुधार हुन लागेको अर्थतन्त्र पुनः नराम्रोसँग प्रभावित हुन पुगेको नेपाल राष्ट्र बैंकको एक अध्ययनले देखाएको छ ।
कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी ‘दोस्रो पुनरावृत्ति सर्वेक्षण प्रतिवेदन’ सार्वजनिक गर्दै राष्ट्र बैंकले कोभिड १९ को संक्रमण रोक्दै यथासम्भव रुपमा आर्थिक गतिविधिहरु पनि चलयामान बनाउनु पर्ने सुझाव दिएको छ ।
राष्ट्र बैंक सार्वजनिक गरेको पुनरावृर्ति प्रतिवेदन अनुसार विशेषगरी महामारीले सम्पूर्ण आर्थिक, व्यावसायिक एवं औद्योगिक क्षेत्रले संकट खेपिरहँदा उद्योगतर्फ घरेलु, लघु तथा मझौता उद्योग बढी मारमा परेको देखाएको छ ।
बैंकले वैशाख ५ देखि १४ गतेसम्म विभिन्न माध्यमबाट नमूना लिएर उद्योग क्षेत्रमा कोभिडले पारको असरको सर्वेक्षण गरेको थियो, जसअनुसार सो अवधिमा ९०.५ प्रतिशत ठूला उद्योगहरू पूर्णरूपमा सञ्चालन हुँदा घरेलु र मझौला (१५–५० करोडसम्म स्थिर पूँजी भएका) उद्योग भने क्रमशः ७४.४ र ७४ प्रतिशत मात्र पूर्ण क्षमतामा सञ्चालन भएको पाइएको छ ।
यस्तै ७९.२ प्रतिशत लघु उद्यम/खुद्रा पसल पूर्णरूपमा सञ्चालन भएको प्रतिवेदनमा उल्लेख छ । सवेक्षण अवधिमा पूर्ण क्षमतामा सञ्चालन हुनेमा ठूला उद्योगपछि साना (१५ करोडसम्म स्थिर पूँजी भएका) उद्योग रहेका छन्, जुन ८१.७ प्रतिशतले पूर्ण क्षमतामा उत्पादन गर्न सकेका छन् । यही अवधिमा ६.८ प्रतिशत लघु उद्योग सञ्चालन नै हुन सकेका छैनन् । यस्तै ६ प्रतिशत मझौला उद्योग ५.६ घरेलु उद्योग समेत सञ्चालनमा आउन सकेका छैनन् ।
समग्रमा सञ्चालन हुन नसकेका उद्योग भने ४.२ प्रतिशत रहेको छ । सञ्चालनमा आउन नसकेका अधिकांश उद्योगी-व्यवसायीले कोभिड–१९ का कारण बजार माग घटेर चालु खर्च धान्न समस्या रहेको कारण उद्योग÷व्यवसाय सञ्चालनमा ल्याउन नसकेको बताएको प्रतिवेदनमा उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छआजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ५, २०८१ शुक्रबार
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
पुष ४, २०८१ बिहिबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
‘घुम्न जाऊँ बर्दिया’ अभियान सुरु
पुष ५, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
पुष ५, २०८१ शुक्रबार
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
पुष ५, २०८१ शुक्रबार
यु–१९ एसिया कप: नेपाल बङ्गलादेशसंग भिड्दै
पुष ५, २०८१ शुक्रबार
म्याग्दीमा आलु प्रवर्द्धन कार्यक्रम : आठ सय रोपनीमा खेती विस्तार
पुष ५, २०८१ शुक्रबार
रसुवागढी नाकामा ढुवानी कन्टेनरको चाप बढ्दो
पुष ५, २०८१ शुक्रबार