महान व्यक्तित्वको मुल्यांकन गरौं
नेपालबहस संवाददाता
जेठ ६, २०७८ बिहिबार १८:४२:४३
६ जेठ, काठमाडाैं । उच्च सतर्कता अपनाउँदा अपनाउँदै पनि काठमाडौं प्रहरी परिसरका प्रनाउ राजकुमार केसीको विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाका कारण आज बिहान ज्यान गयो ।
लापरवाही वा बेवास्ताका कुरा छाडिदिऊ, डीएसपी केसी महामारी रोग बारे पूर्ण जानकार मात्र थिएनन्, उनी यस महामारीबाट जनतालाई जोगाउन फ्रन्टलाइनमा कार्यरत थिए । पछिल्लो समय ह्वात्तै फैलिएको कोरोना महामारीका कारण सर्वसाधारण मात्र होइनन्, महामारीका विरुद्ध फ्रन्टलाइनमै खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, स्वयसेवकको पनि ज्यान गइरहेको अवस्था छ ।
महामारीको यस असहज अवस्थामा सरकार भने तमासे बन्दैछ । अस्पतालमा हुँदै नभएका भेन्टीलेटर र आईसीयूको मनगढन्ते तथ्याकं देखाउनै उ व्यस्त छ । तर, कोरोना संक्रमितको उपचार अस्पतालको बेडमा होइन, भूई, कुर्सी, पेटी, टहरामा भइरहेको दृश्यले आमजनता आतंकित र भयभित देखिन्छन् । संक्रमितलाई आवश्यक उपचारको त कुरै छाडिदिऊ, अक्सीजनको समेत हाहाकार मच्चिएको छ । दैनिक मृत्युवरण गर्नेको संख्या उच्च बन्दै गएको छ भने संक्रमितको पनि संख्या उकालो लागिरहेको तथ्याकंले देखाइरहेको छ ।
स्वास्थ्य विशेषज्ञ भन्छन्, महामारी फैलिने क्रम अझै पाँच/छ हप्ता जारी रहन्छ । एकवर्ष अघिदेखि महामारीका रुपमा फैलिँदै र थामिदै गरेको कोरोना महामारीको निर्मुल वा नियन्त्रणका लागि राज्य फेलियर जस्तै देखिइसकेको अवस्था छ । अझै भनौं, महामारीका बारे सरकारका प्रधानमन्त्री नै हावादारी गफ दिने मात्र होइन, यो महामारी फैलाउने मतियारका रुपमा समेत जिम्मेवार छन् । त्यसो त अन्य राजनीतिक दल, उनका भातृसंस्थाको पनि महामारी फैलाउनमा कम दोषी छैनन् ।
जे होस्, यो महामारी हो । महामारीले कसैलाई सुचना वा जानकारी दिएर आउने होइन् । यसले ठूलो-सानो, धनी-गरिब भनेर पनि काखापाखा पक्कै गर्दैन । यसबाट जोगिने भनेकै एकआपसमा नजिक नहुने र उच्च सतर्कता अपनाउनु नै बुद्धीमानी ठहरिन्छ । आफूलाई शक्ति सम्पन्न ठान्ने राष्ट्र्हरु पनि यतिबेला कोरोना महामारीबाट त्रस्त छन् । त्यसैले त पुर्खाहरुले भनेका थिए, महामारीमा ज्यान जोगाउनु, अनिकालमा बिऊ ।
हो, कोरोना कहरले धेरैलाई पीडा दिएको छ । अहिले बाँच्न र बचाउनको चिन्ता, भविष्यमा आर्थिक संकटले पिरोल्ने त छँदैछ । राज्यले अहिले जनता बचाउन त चासो दिएको अवस्था छैन भने भविष्य झन् विकराल देखिन्छ । यस्तो संकटमय अवस्थामा पनि राजनीतिक दललाई सत्ताको चासो अनि सरकारमा रहेकाहरुलाई सत्ताको चास्नीले छाडेको छैन ।
अवसर अर्थात् मौका सधैँ आउँदैन । अभाव, संकट, समस्या, आपत-विपतमा गरिएको मानवीय सहयोग कसैले कहिल्यै भूल्दैन । अहिले राज्यले अर्थात् सत्तारोहणमा रहेकाहरुले गर्नु पर्ने भनेको जनता जोगाउ अभियानमा खुलेर लाग्न सक्नु पथ्र्यो तर, यहाँ त स्वयम् प्रधानमन्त्री नै चाटुकार बन्दैछन्, जनतालाई आश्वासन दिएर हिम्मत बढाउनुको सट्टा हावादारी गफ दिएर भयभीत पारिरहेको अवस्था छ ।
आपत एवम् संकटको यस घडीमा कुन दलको सरकार ? को प्रधानमन्त्री, को मन्त्री यो महत्वपूर्ण होइन । महामारी नियन्त्रणका लागि को क्षमतावान् छ ? को विज्ञ हो ? कसले महामारीको रोकथाम वा नियन्त्रणका लागि के गर्न सक्छ ? राज्यको ध्यान त्यतातर्फ जानु पथ्र्यो । सहज अवस्थामा पो शक्ति र शान देखाउने हो । असहज अवस्थामा त क्षमता भएकाहरुलाई अग्रस्थानमा उभ्याइनु पर्ने होइन र ? महामारी नियन्त्रण गर्न निश्चित समयका लागि सरकार नै करारमा दिन नमिल्ने नै हो र ? यतातर्फ पनि सोचियोस् ।
प्रसंग, महामारीमा फ्रन्टलाइनमा रहनेहरुको साहसको कदर गरौं भन्नका लागि पनि हो । जातीय आन्दोल वा जुलुसमा गएर घाइते वा मारिएकाहरुलाई शहिद वा क्षतिपूर्तीको व्यवस्था गर्ने सरकार अनि त्यो माग गर्ने आन्दोलनकारी वा राजनीतिक दलले फ्रन्टलाईनमा उभिएर महामारी नियन्त्रणका लागि खटिनेहरुको लागि के सोचेको छ ? कर्तब्यपालनका सिलसिलामा ज्यान गुमाउने वा घाइते हुने सुरक्षाकर्मीका परिवारले पाएको सुविधाबाट कोरोना पीडित सुरक्षाकर्मी बन्चित रहनु पर्ने पो हो कि ? आफ्नो घर परिवार नभएर संक्रमितको उपचारमा चौविसै घन्टा खटिने स्वास्थ्यकर्मीका परिवार पनि त्यस्तो विशेष सुविधाबाट बिमुख हुनु पर्ने हो कि ?
सबैलाई घरमा बस्न लगाएर सडकमा ड्यूटी गर्न सुरक्षाकर्मीलाई रहर लागेको होला र ? उनीहरुको पनि घर परिवार छैन ? पूर्व प्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेल भन्नुहुन्छ, यस्तो विषम परिस्थितिमा पनि कर्तब्यपालनमा खटिएका संक्रमित सुरक्षाकर्मीको उच्च मुल्याकंन हुनुपर्छ, उनीहरुको उचित र आवश्यकीय उपचार जरुरी छ । कथम् मृत्युवरण भइहालेको खण्डमा राज्यले मृतकका परिवारलाई उचित क्षतिपूर्तीको व्यवस्था गर्नु पर्छ ।
आन्दोलनमा उत्रेको नाममा हिंसा भड्काउनेलाई शहिद र क्षतिपूर्तीको माग राख्ने राजनीतिक दल एउटा फ्रन्टलाईनमा उत्रेको सुरक्षाकर्मीको मृत्युवरणमा किन बोल्न नसक्ने ? पूर्व महानिरीक्षक खरेलको प्रश्न छ ।
हो, खरेलले भनेजस्तै यस विषम अवस्थामा फ्रन्टलाईनमा खटिने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, स्वयम्सेवक, मनकारी अनुहारको उच्च मुल्यांकन हुनैपर्छ । आफ्ना कार्यकर्ता, अरौटे-भरौटेलाई राज्यकोषको दोहोन गरी बाडिने अलंकार, विभूषण, तक्मा, पुरस्कार मानवीय भावना बोकेका महान व्यक्तित्वलाई प्रदान गर्दा के बिग्रेला र ?
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछैटौँ एशियाली जनसङ्ख्या सम्मेलनः जनसङ्ख्या र विकासका सवाल
मंसिर ९, २०८१ आइतबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
कानुन पर्खिरहेको ‘मोटरबोट’ व्यवसाय
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १०, २०८१ सोमबार
उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन
मंसिर १०, २०८१ सोमबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार