राहत बोकेर प्रकोप पीडितका घर पुगे मन्त्री गुरुङ
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_q7JcPhruJc.jpeg
)
नेपालबहस संवाददाता
जेठ ६, २०७८ बिहिबार १९:५७:१३
![](https://nepalbahas.prixacdn.net/media/albums/ambirbabu-gurung_8mnG7iSM4i.gif)
६ जेठ,ओखलढुङ्गा । प्रदेश नं १ का भौतिक पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङ यहाँका प्रकोप पीडितका घर–घरमा राहत लिएर पुगेका छन् । जिल्लाबाट निर्वाचित मन्त्री गुरुङ चम्पादेवीको बाढी पहिरो प्रभावित र मोलुङ गाउँपालिकाका अग्निपीडितका समस्या बुझेर सान्त्वना दिन राहत लिएर स्थलगत निरीक्षणमा पुगेका हुन् ।
मन्त्री गुरुङले जिल्लाको मोलुङ गाउँपालिका–१ डुलडुलेका आगलागी पीडितलाई घरैमा पुगेर राहत रकम हस्तान्तरण गरेका छन् । उनले प्रदेश सरकारका तर्फबाट पाँच परिवारलाई रु ५० हजारका दरले रु दुई लाख ५० हजार र आफ्नो व्यक्तिगत तर्फबाट प्रतिपरिवार रु २५ हजारका दरले रु एक लाख २५ हजार राहत उपलब्ध गराएका छन् ।
मन्त्री गुरुङले आगलागी पीडितको अवस्था अनुगमन गरेपछि आवास निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । गत चैत १५ गते आगलागी हुँदा कुन्तादेवीका पाँच घर जलेका थिए । घरसहित धनमाल पूर्णरूपमा जलेर नष्ट हुँदा दैनिकी चलाउन र घर बनाउन समस्या भइरहेका बेला मन्त्रीको साथले ठूलो राहत मिलेको कुन्तादेवीका अग्निपीडित हर्कमाया प्रधानले बताइन् ।
यसैबीच मन्त्री गुरुङले चम्पादेवी गाउँपालिका–३ सिल्खुबेँसीको पहिरो प्रभावित क्षेत्रको समेत स्थलगत निरीक्षण गरेका छन् । गत वैशाख १८ गते गाउँमाथिबाट झरेको पहिरोबाट विस्थापित भएका स्थानीयवासीलाई सम्बोधन गर्दै मन्त्री गुरुङले पहिरो प्रभावित क्षेत्रका नागरिकको आवास निर्माणमा आफूले सहयोग गर्ने बचन दिएका छन् ।
सिल्खुमाथि खनेको कच्ची सडक र खहरेमा जम्मा भएको भेल गत वैशाख १८ गते बाढीको रूपमा गएपछि स्थानीयवासीका घर, गोठ र खेत बगाएको थियो । सिल्खुको विद्यालय, स्थानीयवासीका घर र कृषिबालीमा समेत क्षति पुगेको थियो । ओखलढुङ्गामा जथाभावी खनिएका कच्ची सडकका कारण पहिरो बगेर वर्षेनी ठूलो जनधनको क्षति हुने गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओखलढुङ्गामा पहिरोले घरगोठ पुरिँदा एकजनाको मृत्यु, दुई घाइते
असार १२, २०८१ बुधबार
विराटनगर महानगरको बजेट साढे तीन अर्ब
असार १०, २०८१ सोमबार
कोशी सरकारविरुद्धको रिटमा सुनुवाइ सकिएन, मंगलबार रिट निवेदकका तर्फबाट जवाफी बहस हुने
असार १०, २०८१ सोमबार
टेलिकमको बिलिङ प्रणालीमा अर्ब बढी हिनामिना आरोपमा मुद्दा चलाउने अख्तियारको तयारी
असार ११, २०८१ मंगलबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
असार ११, २०८१ मंगलबार
मुख्यसचिवका दाबेदार गृहसचिव अर्याल ढुक्कै विदेश भ्रमणमा
असार ११, २०८१ मंगलबार
अस्ट्रेलिया विश्वकपबाट बाहिरिएपछि डेभिड वार्नरले लिए सन्यास
असार १२, २०८१ बुधबार
ओखलढुङ्गामा पहिरोले घरगोठ पुरिँदा एकजनाको मृत्यु, दुई घाइते
असार १२, २०८१ बुधबार
स्वस्तिमा र साम्राज्ञीको अभिव्यक्ति विवादमा, जसिता र अनमोलले के भने ?
असार १२, २०८१ बुधबार
नेपाल आइडल विजेता करण परियारलाई प्रधानमन्त्रीले दिए बधाई, गितार उपहार
असार १२, २०८१ बुधबार
एसइईको नतिजा आज सार्वजनिक गर्ने तयारी
असार १२, २०८१ बुधबार