सार्वजनिक खरिद प्रक्रिया अघि बढाइएकोमा महासङ्घको विरोध
नेपालबहस संवाददाता
जेठ ७, २०७८ शुक्रबार १४:६:१२
७ जेठ, काठमाडौं । कोभिड–१९ का कारण दैनिक मानवीय क्षति बढ्दै गइरहेको परिस्थितिमा महामारीसँग सम्बन्धित खरिद प्रक्रियाबाहेक निर्माणका सार्वजनिक खरिद प्रक्रिया अघि बढाइएकोमा नेपाल निर्माण व्यवसायी महासङ्घले विरोध जनाएको छ । जनताको स्वास्थ्यमा ध्यान नदिई सङ्घीय, प्रदेश तथा स्थानीय सरकारका विभिन्न कार्यालबाट खरिद प्रक्रिया अघि बढाइनु स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तोकेको मापदण्डविपरीतको गैरजिम्मेवार कार्य भएको महासङ्घको भनाइ छ ।
राज्य आफैले जारी गरेको निषेधाज्ञाको आदेशविपरीत जटिल अवस्थामा बोलपत्र आह्वान गरी महामारीकै समयमा निर्माण व्यवसायीलाई काममा सहभागी गराउन खोज्नु न्यूनतम मानवअधिकार र मानवीय संवेदनशलीताको उल्लङ्घन भएको महासङ्घका महासचिव रोशन दाहालले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।
निषेधाज्ञाको समयमा बैंक जमानत जारी गर्न नमिल्ने गरी आएको बैंकहरूको सूचनाले बोलपत्रको प्रक्रियामा व्यवसायी सहभागी हुनै नसक्ने अवस्था जगजाहेर हुँदाहुँदै बोलपत्रको सूचना प्रकाशन गर्नुको पछाडि आर्थिक आर्थिक मिलोमतो भएको हुनसक्ने देखिएको महासङ्घको भनाइ छ । बोलपत्र प्रकाशित भएपछि सम्बन्धित ‘साइट भिजिट’ गर्नु अनिवार्य हुने र हाल जारी निषेधाज्ञाका कारण ‘साइट भिजिट’ गर्न सक्ने अवस्था नै नरहेको विज्ञप्तिमा उल्लेख छ ।
‘‘बोलपत्र प्रकाशित गर्ने सार्वजनिक निकायले बीचमा ‘प्रिबिड मिटिङ’ राख्नुपर्नेमा राख्न नसक्ने अवस्था विद्यमान हुँदाहुँदै बोलपत्र प्रक्रियामा जानु सार्वजनिक खरिद ऐन तथा नियमको ठाडो उल्लघङ्न भएको स्पष्ट छ”, विज्ञप्तिमा लेखिएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयलगायत सरकारी निकायले आर्थिक वर्षको अन्तिममा बजेट ‘ल्याप्स’ हुने आशङ्काले बोलपत्रको म्याद थप नगर्ने कार्यउपर पनि गम्भीर आपत्ति रहेको महासङ्घले जनाएको छ । महामारीको समयमा लोक कल्याणकारी राज्यले जनताको जीउधनको सुरक्षामा ध्यान दिनुपर्नेमा सार्वजनिक खरिदका लागि बोलपत्र आह्वान गर्नै नहुने महासङ्घको ठहर छ ।
अधिकांश सार्वजनिक निकाय र स्थानीय तहबाट बोलपत्र प्रक्रिया अघि बढाइरहेको सूचना महासङ्घलाई प्राप्त भएको विज्ञप्तिमा जनाइएको छ । निषेधाज्ञा अवधिभरका लागि खरिद प्रक्रिया स्थगन गर्न र उक्त बोलपत्र पेश गर्ने म्याद निषेधाज्ञा समाप्त भएको मितिले कम्तीमा १५ दिनसम्मका लागि अत्यावश्यक सेवाबाहेकका सबै खरिद प्रक्रियाको म्याद थप गर्न महासङ्घले सम्बन्धित सबैमा जोडदार माग गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रतिलिटर ३ रुपैयाँले डिजेल र मट्टितेलको मूल्य बढ्यो
कात्तिक ३०, २०८१ शुक्रबार
औपचारिक रुपमा नेपालको बिजुली बंगलादेश निर्यात हुन थाल्यो, भारतीय ग्रिडबाट ४० मेगावाट पठाइयो
कात्तिक ३०, २०८१ शुक्रबार
प्राधिकरणले भोलि ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गर्ने, भारतले दियो सहमति
कात्तिक २९, २०८१ बिहिबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
कात्तिक ३०, २०८१ शुक्रबार
हनी ट्रयापमा जोडिएका एसपी थापाको सीआईबीमा बयान, मुद्दा यसै साता बुझाइने
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाली सेनामा खुल्यो विभिन्न पदमा विज्ञापन
कात्तिक ३०, २०८१ शुक्रबार
खुला सीमाले पर्साका युवा लागुऔषधको कुलतमा फसे
मंसिर १, २०८१ शनिबार
बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति तयार गरिँदै
मंसिर १, २०८१ शनिबार
पश्चिमी तथा स्थानीय वायुको प्रभावः कोशी र गण्डकी प्रदेशमा वर्षाको सम्भावना
मंसिर १, २०८१ शनिबार
सीमा सुरक्षालाई बलियो बनाउन आजदेखि काठमाडौंमा एपिएफ–एसएसबी आठौं समन्वयात्मक बैठक
मंसिर १, २०८१ शनिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १, २०८१ शनिबार
कोप–२९ सम्मेलनमा हिमालका मुद्दाबारे छलफल
कात्तिक ३०, २०८१ शुक्रबार