टिकटकबाट अव नेपालमा पनि आम्दानी हुने
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
जेठ ७, २०७८ शुक्रबार १६:०:४६
![](https://nepalbahas.prixacdn.net/media/albums/tiktok_9XGcbh2TPo.jpeg)
नेपालबाट सञ्चालन भएका टिकटक एकाउन्टहरुबाट पनि अव आम्दानी हुने भएको छ । यही २०७८ साल जेठ ७ गते शुक्रबारदेखि रिलिज नेपाल प्रा।लीले टिकटक एकाउन्टहरुको भेरिफिकेसनका लागि काम थाल्ने भएकाले नेपाली टिकटकबाट पनि आन्दानी हुने भएको हो । टिकटकका लागि नेपालबाट आफुहरु कन्टेन्ट पार्टनर भएकाले टिकटकको एकाउन्ट भेरिफिकेसनका लागि आधिकारीक रुपमा काम गर्ने भएको रिलिज नेपालले जनाएको छ ।
टिकटक एकाउन्ट भएका कुनै पनि व्यक्तिले भेरिफिकेसनका लागि http://releasenepal.com/tiktok/लिंकमा क्लिक गरेर फाराम भर्न सक्ने रिलिज नेपालका प्रशासन विभाग प्रमुख अनुप भासुले जानकारी दिए
भासुद्धारा जारी वक्तव्यमा लेखिएको छ, “फाराम भरेको ४५ देखि ६० दिन भित्रमा त्यसको टुंगो लगाइने छ । भेरिफिकेसन भएको टिकटक एकाउन्टंमा ब्लु टिक देखिने छ । त्यसपछि त्यो मोनिटाइज पनि हुनेछ । त्यसरी भेरिफिकेसन भइ ब्लु टिक देखिएको र मोनिटाइज भएको टिकटक एकाउन्टबाट प्रसारण भएको सामग्री बापत त्यसका हिस्सेदारहरुले निश्चित रकम समेत पाउने छन् ।”
मोनिटाइज भएको एकाउन्टमा राखिएको कन्टेन्टमा विज्ञापन आउने र त्यसको निश्चित रकम एकाउन्टका सञ्चालकलाई पनि आउने भएको हो । टिकटक एकाउन्ट भेरिफिकेसन भएमा उड्ने, ह्याक हुनेलगायतका समस्या कम हुने र भएमा पनि चाडै समाधान हुने भएकाले पनि टिकटक एकाउन्ट भेरिफिकेसन गराउनु राम्रो मानिन्छ ।
रिलिज नेपालले टिकटक एकाउन्ट भेरिफिकेसन बाहेक नेपालमा टिकटक सो, टिकटक अवार्ड जस्ता टिकटकसम्वन्धी कुनै पनि इभेन्टहरु गर्न चाहनेहरुले आफुहरुसँग सम्पर्क गर्नु पर्ने जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभक्तराज आचार्यको बायोपिक फिल्म ‘आचार्य’को गीत सार्वजनिक
असार ३, २०८१ सोमबार
'माया बस्यो' भन्दै आए सुरेश र डा.एलिया
असार ३, २०८१ सोमबार
करण परियार: ईश्वरको वरदान पाएर गाउनकै लागि जन्मिएको अदभुत प्रतिभा
जेठ २१, २०८१ सोमबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार
सन्दीपको सय विकेट, शतक पूरा गर्ने दोस्रो बलरको कीर्तिमान
असार ३, २०८१ सोमबार
दार्जिलिङ रेल दुर्घटना : मृत्यु हुनेको संख्या १५ पुग्यो
असार ३, २०८१ सोमबार
जारी टी-२० विश्वकपको सुपर आठको समीकरण पुरा
असार ३, २०८१ सोमबार
राष्ट्रपति पौडेल र जर्मनीका समकक्षी स्टाइनमायरबीच भेटवार्ता
असार ३, २०८१ सोमबार
उत्तर कोरिया जाँदै रुसी राष्ट्रपति पुटिन
असार ३, २०८१ सोमबार
प्रधानमन्त्रीसँग विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशकको शिष्टाचार भेट
असार ३, २०८१ सोमबार
सडक कालोपत्र गर्ने काम बीचमै छाडेर ठेकेदार फरार
असार ३, २०८१ सोमबार
पार्टीमा वैचारिक मतभेद छैनः अध्यक्ष नेपाल
असार ३, २०८१ सोमबार
विश्व बैंकको अनुदानमा बागलुङका तीन सडक कालोपत्र हुँदै
असार ३, २०८१ सोमबार