ओली सत्ताको आयु लम्व्याउन कारिन्दा बनिन् राष्ट्रपतिः नेविसंघ

नेपालबहस संवाददाता
जेठ ७, २०७८ शुक्रबार १७:३६:१९

७ जेठ, काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले प्रधामन्त्री केपी शर्मा ओलीको सत्ता लम्ब्याउन राष्ट्रपति बिद्यादेवी भण्डारीले असंवैधानिक कदम चालेको ठहर गर्दै प्रधानमन्त्री र राष्ट्रपतिबाट भएका असंवैधानिक गतिविधिको घोर भत्सर्ना एवम् निन्दा गरेको छ ।
नेविसंघका अध्यक्ष राजीव ढुंगानाले शुक्रबार जारी गरेको विज्ञप्तिमा जनताको जीवन रक्षा गर्ने मुल दायित्वलाई बिर्सेर प्रधानमन्त्री केपी ओली सत्ता लम्ब्याउन राष्ट्रपति लोकतन्त्र र संविधानलाई कमजोर बनाउन लागिपरेको भन्दै ओली र भण्डारी बीचको गठबन्धनलाई सधैँका लागि परास्त गरिनुपर्ने बताएका छन् ।
कोरोना महामारीका कारण देश आज भयावह स्थितिबाट गुज्रिरहेको बेला सरकार जनताको जीवन रक्षाका निम्ति केन्द्रित भएर लाग्नु पर्नेमा कसरी सत्तामा टिकीरहने र सत्ताको आयू लम्व्याइरहने भन्ने एक सुत्रीय अभियानमा लागि रहनु सबै नेपालीका निम्ति दुर्भाग्यपूर्ण र विडम्वनापूर्ण भएकाे नेविसंघको ठहर छ ।
‘संविधानको संरक्षक तथा राष्ट्रकै अभिभावक राष्ट्रपति समेत जनता बचाउने महान कार्यमा लाग्नुको सट्टा कुर्सी बचाउने तुच्छ कार्यमा ओलीको कारिन्दाको रुपमा लाग्नु नेपाली जनताको निम्ति लज्जा र आक्रोशको विषय हो । जनताको जीवन रक्षा गर्ने मूल दायित्वलाई चटक्कै विर्सिदै तथा लोकतन्त्र र संविधानलाई कमजोर पार्दै ओली सत्ताको आयु लम्व्याउन प्रधानमन्त्री र राष्ट्रपतिबाट भएका असंवैधानिक गतिविधिको नेविसंघ घोर भत्सर्ना र निन्दा गर्दछ ।’ विज्ञाप्तिमा भनिएको छ ।
ओलीले प्रधानमन्त्री बनेकै मितिदेखि लोकतन्त्र र संविधान कमजोर बनाउने गतिविधि गरेको, अव संसद भंग गर्दै संविधान पनि फल्न उद्धत रहेको र आफ्नो सत्ताको आयु लम्व्याउन जे सुकै गर्ने ओलीको कदममा आँखा चिम्लेर साथ दिने कारिन्दाको रुपमा राष्ट्रपति प्रस्तुत भएकाले लोकतन्त्र र संविधानको रक्षार्थ फेरि निर्णायक संघर्षको घडी आएको विज्ञाप्तिमा उल्लेख गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआन्दोलनको कार्ययोजना बनाउन एकीकृत समाजवादीले बनायो कार्यदल
फागुन १४, २०८१ बुधबार
एमालेको सचिवालय बैठक बोलाइयो
फागुन १४, २०८१ बुधबार
परराष्ट्रमन्त्री राणा र राष्ट्र संघीय मानवअधिकार उच्च आयुक्त भल्कर टकबीच भेटवार्ता
फागुन १४, २०८१ बुधबार
अमेरिकामा ५० लाख डलर तिरेर नागरिकता पाउने अफर : यो एउटा बाटो हो, गन्तव्य होइन !
फागुन १४, २०८१ बुधबार
नेपाली अराजनीति अनि बजार हल्ला
फागुन १४, २०८१ बुधबार
ईशानेश्वरमा रातभर उभिएर ठाडो बत्ती बाल्दै सयौं दम्पत्ति
फागुन १४, २०८१ बुधबार
रेणुका नगरकोटी बनिन् उत्कृष्ट खेलाडी
फागुन १४, २०८१ बुधबार
अमेरिका–युक्रेन खनिज सम्झौतामा के-के कुरा समेटिएको छ ?
फागुन १४, २०८१ बुधबार
शुक्रबार अमेरिकामा ट्रम्पसँग भेट्दै जेलेन्स्की, भविष्यको सहयोगबारे छलफल गर्ने
फागुन १४, २०८१ बुधबार
बाटो खन्नेक्रममा ढुंगा खसेर स्काभेटर चालकको मृत्यु
फागुन १४, २०८१ बुधबार
नेपालमा बीवाईडी हाई–टेक विकको शुभारम्भ, यस्ता छन् नयाँ मोडेलका कार
फागुन १४, २०८१ बुधबार