नेपाल पक्षका सांसदलाई कारवाही नगरेसम्म राष्ट्रपतिले नयाँ प्रधानमन्त्री चयन नगर्ने
नेपालबहस संवाददाता
जेठ ७, २०७८ शुक्रबार २३:४९:२३
७ जेठ, काठमाडौं । संविधानको धारा ७६ को ५ अनुसार नयाँ सरकार गठनका लागि प्रधानमन्त्रीमा दावी गर्न २१ घण्टाको समय सीमा दिएकी राष्ट्रपति विध्यादेवी भण्डारीले प्रधानमन्त्री चयनको निर्णय गर्न भने केही दिन लगाउने भएकी छन् । नेपाल पक्षका सांसदको कारवाहीपछि मात्र प्रधामन्त्रीको दावीमा अन्तिम निर्णय दिने तयारी राष्ट्रपति कार्यालयले गरेको छ ।
एमालेमा नेपाल पक्षका २७ सांसदहरुले विपक्षी गठबन्धनका शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेपछि अध्यक्ष ओलीको आग्रह बमोजिम उनीहरुमाथि पार्टीले कारवाही गर्ने र समानुपातिक सांसदमा फेरवदल गर्ने समयसम्म नयाँ प्रधानमन्त्री चयनको बारेमा निर्णय नलिने मनस्थितिमा राष्ट्रपति पुगेकी हुन ।
प्रधानमन्त्री ओलीले माधव पक्षका सांसद पद खारेज गर्ने र समानुपातिक पदमा आफ्ना सांसद नियुक्ति गरेपछि आफ्नै दावी पुग्ने राष्ट्रपतिलाई बताएका छन् । माधव नेपाल तर्फका कम्तिमा ६ जना प्रत्यक्षतर्फ निर्वाचित सांसदहरुले ओलीलाई साथ दिएमा ओलीको दावीमा बहुमत पुग्ने देखिन्छ । यसबाट सनाखत गराउँदा पनि ओलीको पक्षमा बहुमत पुग्ने बाटो राष्ट्रपति कार्यालयलाई खुला हुने छ ।
नयाँ सरकार गठनका लागि प्रतिपक्षी गठबन्धन र सत्ता पक्षले नै दाबी परेकाे छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपाको बाबुराम–उपेन्द्र पक्ष र नेकपा एमालेको माधव नेपाल पक्षले एक सय ४९ जना सांसदसहितको हस्ताक्षर बुझाएका छन् । यस्तै प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेका १२१, जसपा ३२ सांसदको समर्थन रहेको भन्दै पनि एक सय ५३ जना आफ्नो समर्थनमा रहेको दावी पेश गरेका छन् । ओलीले बुझाएको हस्ताक्षर ब्यक्तिगत रुपमा नभइ दलगत रुपमा बुझाएका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
जनकपुरको विजयी सुरुवात, ८ विकेटले विराटनगर पराजित
मंसिर १५, २०८१ शनिबार
झापामा बेसारखेती गर्ने कृषकको सङ्ख्या वृद्धि
मंसिर १६, २०८१ आइतबार
बेमौसमी काँक्रा बेचेर डेढ लाख बढी आम्दानी
मंसिर १६, २०८१ आइतबार
११ महिनामा १० लाख ५५ हजार बढी पर्यटकले नेपाल भ्रमण गरे, ११ हजार अमेरिकन आए
मंसिर १६, २०८१ आइतबार
चार सय केभी बाह्रबिसे सबस्टेसन निर्माण तीव्र गतिमा
मंसिर १६, २०८१ आइतबार
मतदान गर्न जाँदा बेहोस
मंसिर १६, २०८१ आइतबार
बाघको आक्रमणबाट रौतहटमा वडा अध्यक्ष घाइते
मंसिर १६, २०८१ आइतबार