राष्ट्रपति मुलुकको अभिभावक बन्नुको सट्टा ओलीको कार्यकर्ता बनिन : नेता गुरुङ
नेपालबहस संवाददाता
जेठ ८, २०७८ शनिबार १३:१९:४१
८ जेठ, काठमाडौं । देशमा सबै जना शुक्रबार मध्यरातमा सुतिरहेकाे बेला राष्ट्रपति कार्यालयबाट नयाँ प्रधानमन्त्रीका लागि परेको दुवै दाबी नपुग्ने वक्तव्य आयो । देशवासी निद्रामा भए पनि बालुवाटार जागा थियो । मन्त्रिपरिषद बैठक बस्यो र संसद विघटन गरी कात्तिक २६ र मंसिर ३ गते मध्यावधि चुनाव घोषणा गर्न सिफारिश गर्ने निर्णय भयो ।
मन्त्रिपरिषद बैठकका लागि मन्त्रीहरुलाई साँझ सात बजे नै बोलाइएको भए पनि राष्ट्रपति कार्यालयको वक्तव्य कुर्दा मध्यरात भएको थियो । निर्णय गर्दा रातको १ बज्यो । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेर मध्यावधि चुनाव घोषणा गर्दा झण्डै २ बजेको थियो ।
यसरी राष्ट्रपतिले संसद विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेपछि अहिले सामाजिक सञ्जालमा विरोध भैइरहेको छ । नेपाली कांग्रेसका नेता धनराज गुरुङले मध्यरातमा राष्ट्रपति निर्वस्त्र भएको सामाजिक सञ्जाल मार्फत टिप्पणी गरेका छन् ।
मध्यरातमा राष्ट्रपति निर्वस्त्र!
संबिधानको धारा ७६(५)बमोजिम सरकार गठनका लागि आह्वान गर्ने आफै।
शेरबहादुर देउवाले बहुमत सांसदहरुको हस्ताक्षर सहित प्रधानमन्त्रीमा दावी गरेपछि मध्यरातमा संसद नै विघटन!
मुलुकको अभिभावक बन्नुको सट्टा राष्ट्रपति अोलीको कार्यकर्ता बनेर निर्वस्त्र बनिन्।— Dhan Raj Gurung (@dhanrgrg) May 22, 2021
संबिधानको धारा ७६’५’ बमोजिम सरकार गठनका लागि आह्वान गर्ने आफैले गर्ने कांग्रेस सभापति शेरबहादुर देउवाले बहुमत सांसदहरुको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दावी गरेपछि मध्यरातमा संसद नै विघटन गर्ने भनि उनले सामाजिक सञ्जाल ट्वीटर मार्फत ट्वीट गर्दै टिप्पणी गरेका हुन् ।
उनले अगाडि लेखेका छन्, प्रतिनिधिसभा विघटन र मध्यावधि निर्वाचन घोषणा गर्नु मुलुकको अभिभावक बन्नुको सट्टा राष्ट्रपति ओलीको कार्यकर्ता बनेर निर्वस्त्र बनिन्। गएको ५ पुषमा पनि साविकको नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ भित्रको किचलो उत्कर्षमा पुगेको बेला ओलीले चालेको कदममा राष्ट्रपति भण्डारीले यसैगरी साथ दिएकी थिइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओलीको एलन मस्कसँग भर्चुअल वार्ता, के भयो कुराकानी ?
मंसिर ७, २०८१ शुक्रबार
दीपक राज गिरीको चेतावनी:- मलाई महानायक भने फेसबुकमा ब्लक गर्छु
कात्तिक ३०, २०८१ शुक्रबार
एक्समा सर्वाधिक फलो गरिने विश्वको पहिलो नेता बने नरेन्द्र मोदी
साउन ५, २०८१ शनिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
नेपालबहस संवाददाता
मंसिर ५, २०८१ बुधबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार
कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते, दुईको अवस्था गम्भीर
मंसिर ८, २०८१ शनिबार