राष्ट्रपति र प्रधानमन्त्रीको साँठगाँठले संविधानको धज्जी उड्याे : जबरा
नेपालबहस संवाददाता
जेठ ८, २०७८ शनिबार १९:१५:१
८ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति सम्शेर जबराले राष्ट्रपति र प्रधानमन्त्रीको साँठगाँठले संविधानको धज्जी उडाएको भन्दै विश्वमा सफल राजा सहितको प्रजातन्त्रको मोडल अनुसरण गरेर विगतको गल्ती सच्याउनु पर्ने बताएका छन् ।
‘राष्ट्रपति र प्रधानमन्त्रीको साँठगाँठले संविधानको पूर्ण अवमूल्यन भएको छ । दलभन्दा माथि रहने राष्ट्रप्रमुख, निष्पक्ष अभिभावकको रुपमा शाहवंशीय राजसंस्थाको अपरिहार्यता पुनःपुष्टी गरेको छ,’ राप्रपा अध्यक्ष राणाले शनिबार भने ।
राजनीतिक कोर्स करेक्सन गर्नु पर्ने दृष्टान्त प्रस्तुत गर्दै राणाले भने, ‘विश्वका सफल प्रजातान्त्रिक अभ्यास अनुकूल राजा सहितको प्रजातन्त्र अनुसरण गरेर गल्ती सच्याउनुको विकल्प छैन ।’ निर्वाचन प्रजातान्त्रिक अभ्यास भए पनि कुर्सी जोगाउनु जनताको ज्यान जोखिममा पार्नु अमानवीयताको पराकाष्ठा भएको उनले बताए ।
ट्वीट गर्दै राणाले भने, ‘प्रजातन्त्रमा चुनाव अपरिहार्य अभ्यास हो । यद्यपि संविधानको धज्जी उडाएर, चुनावको नाममा महामारी र आर्थिक संकटबीच जनताको ज्यान चरम जोखिममा धकेल्नु बहुलठ्ठिपन हो ।’ उनले भने, ‘कसैको कुर्सी जोगाउन नेपाली जनताको रोग, भोक, शोकमा आँखा चिम्लिनु अमानवीयताको पराकाष्ठा हो ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओलीको एलन मस्कसँग भर्चुअल वार्ता, के भयो कुराकानी ?
मंसिर ७, २०८१ शुक्रबार
दीपक राज गिरीको चेतावनी:- मलाई महानायक भने फेसबुकमा ब्लक गर्छु
कात्तिक ३०, २०८१ शुक्रबार
एक्समा सर्वाधिक फलो गरिने विश्वको पहिलो नेता बने नरेन्द्र मोदी
साउन ५, २०८१ शनिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार