कोरोना भाइरस र बिकेपी भाइरससँग लडन बृहत राजनीतिक एकताको खाँचो
नेपालबहस संवाददाता
जेठ ८, २०७८ शनिबार २०:३:२१
सरकार निर्माणको लागि वैधानिक र कानुनी दुबै प्रक्रियालाई सम्मान गर्दै सरकार निर्माणका लागि आवश्यक पर्ने सांसदहरुको हस्ताक्षरसहितको निवेदन राष्ट्रपति कार्यालयमा दर्ता गराएर फर्किएका प्रमुख प्रतिपक्षी दलहरुको एलायन्स राष्ट्रपतिको मध्यरातको हर्कतदेखि अत्यन्तै आक्रोशित बनेको छ ।
मुलुकको लोकतान्त्रिक आन्दोलनको लागि सिन्कोसम्म नभाँचेका तथाकथित राष्ट्रप्रमुखबाट जनताको रक्तरञ्जित बलिदानीबाट प्राप्त नागरिक स्वतन्त्रतासँगै जनताको प्रत्यक्ष सहभागितामा निर्माण भएको राष्ट्र कै गौरवको रुपमा रहेको नेपालको संविधानको पटकपटक हुर्मत लिने कार्यका बिरुद्धमा अब एउटै साझा आन्दोलनका लागि एकजुट हुने दिन आईसकेको देखिन्छ ।
नेपाली राजनीतिमा कहिल्यै नदेखिएको बिकेपी भाईरसले सिङ्गो राजनीतिक ब्यवस्था नै तहस-नहस पार्ने खतरा एकपछि अर्को गर्दै घिनलाग्दो हर्कत देखाउन थालेपछि अब मुलुकले कोरोना भाईरससँगै बिकेपी भाईरसको समेत समुचित उपचार र उचित ब्यवस्थापन गर्न जरुरी भैसकेको छ । यसका लागि सबै प्रमुख प्रतिपक्षी दलहरुसहित नागरिक समाज एक हुन जरुरी रहेको राजनीतिक दलका नेताहरूले समेत बुझिसकेका छन् ।
पटकपटक संविधान भन्दा माथि रहेझैं गरि गरिएका गतिविधिहरुलाई नजिकैबाट नियाली रहेका राजनीतिक बिश्लेषकहरु समेत नेपाली राजनीतिमा बनमारा झैं फैलिएको बिकेपी भाईरसले निरन्तर फैलाईरहेको राजनीतिक महामारीबाट बच्न अब नयाँ उपचार पद्धति अपनाउन आवश्यक भैसकेको बताउन थालेका छन् ।
अब मुलुकमा लोकतन्त्र रहेन । जनताले भने बमोजिम र जनताले चाहे अनुरुपको ब्यवहार समेत बिकेपी भाईरसबाट कहिल्यै पनि भएन । मुलुकको बिधि, बिधान र संबिधान माथिको निरन्तरको बलात्कारबाट अब मुलुकको संविधानले अनुहार देखाउन समेत नसक्ने अवस्थामा पुगिसकेकी छिन् । लाज, शरम, घिन, ईज्जत्, मान, प्रतिष्ठा, पदिय भुमिका र जिम्मेवारीलाई किञ्चित पनि ख्याल नगरी पटक पटक मध्यरातमा हुने गरेको बालुवाटार र शितलनिवासको ओहोरदोहोरले सामान्य नागरिकलाई समेत लज्जित बनाईरहेको छ ।
यसैले अब बिकेपी भाईरसको दीर्घकालीन समाधानको बाटो खोज्न र मुलुकको संविधानको ईज्जत राख्न समेत देशमा क्रियाशील राजनीतिक दलहरू सशक्त रुपमा प्रस्तुत हुन आवश्यक भैसकेको छ । नेपाली जनताले अब धेरै कुरा बुझिसकेका छन् । अझै बिलम्ब गरे मुलुक तानाशाहको चङ्गुलमा फँस्ने र संसदीय शासन ब्यवस्था नै समाप्त हुने कुरा स्पष्ट रुपमा बुझाएर देशमा फैलिएको कोरोना भाईरस र बिकेपी भाईरसका बिरुद्धमा एकताबद्ध भएर लडन जरुरी छ ।
यसका लागि देशमा क्रियाशील राजनीतिक दलहरुले २ वटा बाटा अबलम्बन गर्ने भएका छन् । पहिलो वर्तमान प्रधानमन्त्रीको निजी कार्यालयका रुपमा रहेर कार्य गरिरहेको राष्ट्रपति कार्यालयमा पेश गरिएका १४९ जना सभासदहरुको हस्ताक्षरसहित सरकार निर्माणको बिषयमा भएको राष्ट्रपति कार्यालयको असम्बैधानिक कदमका बिरुद्धमा अदालतमा मुद्दा दर्ता गर्ने कार्यलाई अगाडि बढाउँदै कानुनी उपचारको बाटो खोज्ने र दोश्रोमा बृहत राजनीतिक एकताको वातावरण निर्माण गरि सडक आन्दोलनको आव्हान गरेर सडकबाटै सर्वसत्तावादलाई परास्त गर्ने कार्य गर्न एकताबद्ध भएर अगाडि बढनु नै आजको अपरिहार्य आवश्यकता हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालमा स्की खेलको सम्भावना
मंसिर ११, २०८१ मंगलबार
भान्सामा नै छ बालबालिकाको पौष्टिक भोजन
मंसिर ११, २०८१ मंगलबार
जनतासँग जोडिएका आर्थिक क्षेत्रलाई किन बेवास्ता गर्छन् शासक, प्रशासकहरू ?
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
‘नेपालमा गणतन्त्र र लोकतन्त्रले सफलता पाएको छ’
मंसिर ११, २०८१ मंगलबार
पुस ११ देखि चितवन हात्ती तथा पर्यटन महोत्सव हुने
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार
कर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको आग्रह
मंसिर ११, २०८१ मंगलबार
सबै संघीय अस्पतालमा विद्युतीय हाजिरी अनिवार्य
मंसिर ११, २०८१ मंगलबार