निषेधाज्ञालाई कडाई गर्न सुरक्षा निकायलाई निर्देशन
नेपालबहस संवाददाता
जेठ ८, २०७८ आइतबार ५:१८:१९
८ जेठ, काठमाडौं । गृह मन्त्रालयले निषेधाज्ञालाई कडाई गर्न सुरक्षा निकायलाई निर्देशन दिएको छ। मन्त्रालयले शनिवार सुरक्षा निकायका प्रमुखहरुलाई डाकेर निषेधाज्ञालाई कडाई गर्न निर्दैशन दिएको हो।
मन्त्रालयका प्रवक्ता जनकराज दाहालले सुरक्षा निकायका प्रमुखसँग शान्ति सुरक्षालाई कडाई गर्ने र निषेधाज्ञालाई प्रभावकारी बनाउने विषयमा छलफल भएको जानकारी दिए।
गृह सचिव महेश्वर न्यौपानेले नेपाल प्रहरी,सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरुलाई डाकेर निषेधाज्ञाका बेला मानिसहरुको भीडभाड रोक्न निर्दैशन दिएका हुन्। रामबहादुर थापा बादल पदमुक्त भएपछि अहिले मन्त्रालय प्रधानमन्त्री मातहतमा रहेको छ।
प्रतिनिधिसभाको विघटनपछि उत्पन्न राजनीतिक जटिलतासँगै सडक आन्दोलन हुन सक्ने सम्भावनालाई ध्यान दिएर गृह मन्त्रालयले सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गरेको हो। बैठकपछि गृह मन्त्रालयले ७७ वटै प्रमुख जिल्ला अधिकारी र तीनवटै सुरक्षा निकायलाई फोन मार्फत भीडभाड रोक्न र निषेधाज्ञा प्रभावकारी बनाउन निर्देशन दिइएको छ।
शुक्रबार राति विकसित घट्नाक्रमलाई ध्यान दिँदै मन्त्रालयले शनिवार सुरक्षा अधिकारीलाई बोलाएर छलफल गरेको हो। सरकारले संसद विघटन गरेर चुनाव घोषणा गरेको विरोधमा विपक्षी दलहरुले आन्दोलन गर्ने जनाएका छन्।
गृहसचिव न्यौपानेले प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्री,सशस्त्र प्रहरी महानिरीक्षक सैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी तथा काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुलीलाई मन्त्रालयमा बोलाएर छलफल गरेका थिए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
मंसिर ३, २०८१ सोमबार
पुष्पामा अल्लु अर्जुनको पारिश्रमिक ३०० करोड, अरूको कति ?
मंसिर ३, २०८१ सोमबार
हङकङमा ४७ प्रजातन्त्र समर्थक कार्यकर्तालाई जेल सजाय
मंसिर ४, २०८१ मंगलबार
मन्त्रीस्तरीय निर्णयपछि १४ वर्षमुनिका बालबालिकाको निःशुल्क रुमा क्यान्सरको उपचार सुरु
मंसिर ४, २०८१ मंगलबार
मंगलबार डलरसंगै युरोको भाउ पनि घट्यो
मंसिर ४, २०८१ मंगलबार
राशिफलः आज एैना हेरेर बाहिर निस्कदा शुभ हुन्छ
मंसिर ४, २०८१ मंगलबार
पहाडी भूभागमा हल्का वर्षा र तराइमा हुस्सुको सम्भावना
मंसिर ४, २०८१ मंगलबार
असोजमा आएको बाढीपहिरोका कारण भएको जनधनको क्षतिमा पौन १२ अर्बको बिमा दाबी
मंसिर ४, २०८१ मंगलबार