नागरिकलाई अक्सिजन किन्न दाता गुहार्ने सरकारले निर्वाचनका लागि ७० अर्ब छुट्याउँदै
नेपालबहस संवाददाता
जेठ ९, २०७८ आइतबार १३:५६:४९
९ जेठ, काठमाडौं । देश कोरोना महामारीको चपेटामा परेको छ । संक्रमितले अस्पतालमा बेड पाइरहेका छैनन् । महामारीमा नागरिकहरुले अक्सिजन मागेका छन् । खोप मागेका छन् । अस्पतालमा भेन्टिलेटर र बेडहरु चाहिएको छ तर सरकारसँग भने त्यसको लागि रकम छैन । आवश्यक सहयोगका लागि दाता गुहारिरहेको छ । यसरी महामारीमा नागरिक बचाउन दाताहरु गुहारीरहँदा आउदो मध्यावधि निर्वाचनका लागि भने सरकारले ७० अर्ब बजेट ६ निकासा गर्ने तयारी गरेको छ ।
दोस्रो चोटी संसद विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेको सरकारले जेठ १५ भित्र अध्यादेशबाट बजेट ल्याउने तयारी गरिरहँदा आसन्न मध्यावधि र स्थानीय तहको आवधाक निर्वाचनका लागि एकै वर्षको बजेटमा करिब ७० अर्ब रुपैयाँ छुट्याउन लागेको हो ।
कोरोना महामारीमा निर्वाचन थप खर्चिलो हुने भएकाले घोषित मध्यावधि चुनावका लागि मात्र निर्वाचन आयोग र सुरक्षा परिचालन दुबैतर्फको खर्च ३० अर्बजति लाग्ने विश्लेषण गरिएको छ । त्यसै गरी यही बर्षको अन्तयमा गर्नुपर्ने स्थानीय तहकँव निर्वाचका लागि ४० अर्ब बजेट चाहिने निर्वाचन आयोगको प्रक्षेपण अनुसार सरकारले यो दुबै चुनावका लागि यसै बर्षको बजेटमा करिब ७० अर्ब चुनावका लागि छुट्याउन लागेको हो ।
यो रकम खोप तथा स्वास्थ्य समाग्री खरिद एवम् स्वास्थ्य पूर्वधार विकासमा खर्च गर्ने हो भने अहिले बढीरहेको कोरोना महामारी सहजै कोरोना नियन्ण गर्न सकिने जनस्वास्थ्य विदहरुकाे भनाई छ । महामारीमा निर्वाचन गर्नु महामारी थप विस्तारका बलिरहको आगोमा घ्यू थपे जस्तो हुने र महामारीको डडेलो थप बढने भन्दै चिन्ता उनीहरुले त्यसतर्फ सरकारलाई सचेत हुन आग्रह गरेका छन् ।
यता निर्वाचनका आयोगका पुर्वआयुक्त शुधीरकुमार शाह यो महामारीको अवस्थमा आयोगले निर्वाचन हुने अवस्था नरहेको बताउँछन् । “कार्यलयमा रहेर गरिने तयारी महामारीमा पनि अगाडी बढाउन सकिएला त निर्वाचनका कतिपय यस्ता कार्यक्रम छन् । जुन यो महामारी चलेको बेला गर्न सहजै गर्न सक्ने अवस्गथा छैन् । त्यसैले निर्वाचन कार्तिक मंसिरमा हुने देखिदैन् । खोप लगाएर महामारी नियन्त्रण गर्न सके र केही कम भएको अवस्थमा यो वर्षको अन्त्य एव आगामी बर्षको बैशाखसम्ममा गर्न सकिन्छ । पूर्व आयुक्त शाहले नेपालबहसलाई भने ।
सरकारले आगामी कार्तिक २६ र मंसिर र ३ गते प्रतिनिधिसभाको मध्यावधि निर्वाचन घोषणा गरेको छ । सरकारले यही जेठ १५ गते आगामी बर्षको बजेट सार्वजनिक गर्दैछ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मंगलबार डलरसंगै युरोको भाउ पनि घट्यो
मंसिर ४, २०८१ मंगलबार
राशिफलः आज एैना हेरेर बाहिर निस्कदा शुभ हुन्छ
मंसिर ४, २०८१ मंगलबार
पहाडी भूभागमा हल्का वर्षा र तराइमा हुस्सुको सम्भावना
मंसिर ४, २०८१ मंगलबार
असोजमा आएको बाढीपहिरोका कारण भएको जनधनको क्षतिमा पौन १२ अर्बको बिमा दाबी
मंसिर ४, २०८१ मंगलबार
उम्मेदवारविरुद्ध परेका उजुरीको आज छानबिन गर्दै निर्वाचन आयोग
मंसिर ४, २०८१ मंगलबार
त्रिशूलीमा खसेको ट्रकबाट ३ जनाको उद्धार
मंसिर ४, २०८१ मंगलबार