वीरगञ्ज हेल्थ केयर हस्पिटलमा कार्यरत एक चिकित्सकको काठमाडौंमा मृत्यु
नेपालबहस संवाददाता
जेठ ९, २०७८ आइतबार १६:२३:२४
९ जेठ, काठमाडौं । पर्साको वीरगञ्ज हेल्थ केयर हस्पिटलमा कार्यरत एक चिकित्सकको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिका-३, चपकैयाँका २९ वर्षीय डा। मुराद हुसेन रहेका छन्।
एक महिनाअगाडि बंगलादेशमा एम।ए। अर्थोपेडिक गरेर नेपाल फर्किएका उनी वीरगञ्ज हेल्थ केयरमा काम गर्दै आएका थिए। वैशाख २१ गते कोभिड परीक्षण हुँदा उनीसहित पाँचजना चिकित्सक संक्रमित थिए।
वीरगञ्ज हेल्थ केयरमै उपचार भइरहँदा स्वास्थ्य अवस्थामा सुधार हुन नसकेपछि १० दिनपछि जेठ १ गते उनलाई हेलिकप्टरमार्फत काठमाडौंको मेडिसिटी हस्पिटलमा भर्ना गरिएको थियो।
कोभिडको पहिलो डोज मात्रै लगाएका उनलाई सास फेर्न गाह्रो भएको र कडा प्रकारका निमोनिया भएकाे थियाे । तीन-चार दिन अगाडि बुझ्दा स्वास्थ्यमा सुधार भएको भन्ने बुझिएको थियो तर फोक्सोमा नै समस्या भएकाले उनको उपचारका क्रममा मृत्यु भएको बताइएकाे छ ।
संक्रमित अन्य चारजना चिकित्सकमध्ये अर्का एक चिकित्सकबाहेक सबैको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको वीरगञ्ज हेल्थ केयर हस्पिटलले जनाएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मंगलबार डलरसंगै युरोको भाउ पनि घट्यो
मंसिर ४, २०८१ मंगलबार
राशिफलः आज एैना हेरेर बाहिर निस्कदा शुभ हुन्छ
मंसिर ४, २०८१ मंगलबार
पहाडी भूभागमा हल्का वर्षा र तराइमा हुस्सुको सम्भावना
मंसिर ४, २०८१ मंगलबार
असोजमा आएको बाढीपहिरोका कारण भएको जनधनको क्षतिमा पौन १२ अर्बको बिमा दाबी
मंसिर ४, २०८१ मंगलबार
उम्मेदवारविरुद्ध परेका उजुरीको आज छानबिन गर्दै निर्वाचन आयोग
मंसिर ४, २०८१ मंगलबार
त्रिशूलीमा खसेको ट्रकबाट ३ जनाको उद्धार
मंसिर ४, २०८१ मंगलबार