सामान्य औषधिबाटै कोरोना निको पार्न सकिने डा.ह्योजुको दावी
नेपालबहस संवाददाता
जेठ ९, २०७८ आइतबार २०:३९:२२
९ जेठ,काठमाडौं । कोरोना महामारीले विश्वभर बितण्डा मच्चाएको झण्डै डेढ वर्ष पुगिसकेको छ । एक वर्षअघिको भयावह अवस्थाबाट ओरालो लागेकाे मानिएपनि पछिल्ला केही समय यतादेखि फेरि कोरोनाको नयाँ भेरियन्टले संसारभरका मानिसलाई गाँज्दै लगेको छ ।
पहिलो चरणको भन्दा दोस्रो चरणको संक्रमण तीव्र गतिमा फैलिइरहेको र बढी संक्रामक रहेको चिकित्सिकहरुले बताएका छन् । विश्व स्वास्थ्य सङ्गठनको पछिल्लो अनुमान अनुसार विश्वभर करिब ८० लाख व्यक्तिको कोरोनाका कारण ज्यान गइसकेको छ ।
अहिलेसम्म कोरोना भाइरसको औषधि पत्ता लागेको छैन । यसको कुनै ठोस उपचार पद्धति पनि फेला परेको छैन । विश्वका वैज्ञानिक र चिकित्सक यसको उपचारबारे अलमलमै छन् । चिकित्सकहरुले संक्रमितमा देखिएको लक्षण अनुसार उपचार गरिरहेका छन् ।
संक्रमित व्यक्तिमा ज्यादा जसो उच्च ज्वरो आउने, रुघाखोकी र श्वासप्रश्वासमा समस्या देखिने गरेको छ । ‘भेरियन्ट’ कोरोना विषाणुबाट संक्रमित कतिपय व्यक्तिमा अत्यन्तै गम्भीर तथा घातक लक्षणहरु देखापरेका छन् । नयाँ भेरियन्टको संक्रमण देखिएका व्यक्तिमा अक्सिनजको कमी हुने लक्षण पाइएको छ । अक्सिजनसहितको सघन उपचारको जोहो हुन नसक्दा कतिपय संक्रमितले अनाहकमै ज्यान गुमाइरहेका छन् । नेपाललगायत छिमेकी भारतमा पनि अक्सिजनको अभावमा धेरैले ज्यान गुमाएका समाचार सार्वजनिक भएका छन् ।
औषधि र उपचार पद्धति फेला परिनसकेको भएपनि उच्च सावधानी र प्रचलनमा रहेका सामान्य औषधिको प्रयोगबाट संक्रमितलाई गम्भीर अवस्थामा पुग्नबाट जोगाउन सकिने उपचारमा संलग्न चिकित्सकहरुको दाबी छ । लामो समय अमेरिकामा रहेर स्वास्थ्य अनुसन्धानमा जुटिरहेका डा. संजीव ह्योजुले अहिले आफूले गरेको अनुसन्धानबाट निस्केको निष्कर्ष अनुसार संक्रमितलाई उपचार गर्न सुझाव दिइरहेका छन् ।
उनका अनुसार संक्रमितलाई गम्भीर अवस्थामा पुग्नबाट जोगाउन सामान्य खालका औषधिको प्रयोग नै प्रभावकारी देखिएको छ । डा. ह्योजुले भर्चुअल माध्यमबाट बिरामीको उच्च रक्तचाप, पल्स र अक्सिजन परीक्षणका आधारमा क्लोनिडाइन ट्याब्लेट (लोनिड १००), डेक्जामेथासोन ट्याब्लेड (डेक्जिन) र फामोटिडाइन ट्याब्लेड (फाम–४०) प्रयोग गर्न सुझाइरहेका छन् ।
तीनै थरि औषधिको मूल्य अत्यन्त न्यून रहेको छ । उचित स्वास्थ्य सल्लाहको अभावमा सामान्य अवस्थाका संक्रमितले पनि कडा र महङ्गो औषधि सेवन गर्न बाध्य हुने र त्यसबाट मानवीय तथा आर्थिक क्षति व्यहोर्नुपर्ने अवस्था अन्त्य गर्न आफूले सक्दो सहयोग गर्दैआएको उनी बताउछन् ।
कुलेश्वरका शान्तश्री रत्न बज्राचार्य आफ्नो परिवारका सबै सदस्य संक्रमित भए पनि डा. ह्योजुको सल्लाह र उनले सिफारिश गरेका सामान्य औषधिको प्रयोगबाट विस्तार विस्तारै संक्रमण मुक्त हुनसकेको बताउँछिन् । केटाकेटी बाहेक परिवारका सबै सदस्यको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको र अधिकांश अक्सिजनसमेत दिनुपर्ने अवस्थामा पुगेपछि आत्तिएका उनीहरुले डा. ह्योजुले सिफारिश गरेका औषधिको सेवन गर्न थालेको र त्यसैबाट कोरोना विषाणुको संक्रमणलाई जित्न सफल भइन् । बज्राचार्य पहिले आफू संक्रमण मुक्त भए र त्यसपछि परिवारजनको स्याहारमा उनी लागिन । बजाचार्यका वृद्धा आमाको देहान्त हुनुअघि गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको थियो ।
डा. ह्योजु अमेरिकाको सिकागो विश्वविद्यालयमा व्याक्टेरिया, भाइरस र इम्यून सिस्टममा विद्यावारिधिका लागि शोध गर्दैछन् । कोरोना भाइरसमाथि गरेको गहिरो अनुसन्धान र यसको उपचारमा सङ्गालेको अनुभवको आधारमा डा. ह्योजुले यी औषधिको सिफारिश गरिरहेका छन् जसमा नाम मात्रैको खर्च हुन्छ र खासै झण्झट बेहोर्नुपर्दैन ।
डा.ह्योजुले ‘कोभिड-१९ निशुल्क स्वास्थ्य परामर्ष गुप्र’ फेसबुक पेजमार्फत अनलाइनबाटै कोरोना संक्रमितको अवस्था बुझ्ने र सुझाव दिने गरिरहेका छन् । आफ्नो सुझाव र औषधिको सेवनबाट थुप्रै सङ्क्रमित गम्भीर अवस्थामा पुग्नबाट जोगिएको डा. ह्योजुको दावी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मंगलबार डलरसंगै युरोको भाउ पनि घट्यो
मंसिर ४, २०८१ मंगलबार
राशिफलः आज एैना हेरेर बाहिर निस्कदा शुभ हुन्छ
मंसिर ४, २०८१ मंगलबार
पहाडी भूभागमा हल्का वर्षा र तराइमा हुस्सुको सम्भावना
मंसिर ४, २०८१ मंगलबार
असोजमा आएको बाढीपहिरोका कारण भएको जनधनको क्षतिमा पौन १२ अर्बको बिमा दाबी
मंसिर ४, २०८१ मंगलबार
उम्मेदवारविरुद्ध परेका उजुरीको आज छानबिन गर्दै निर्वाचन आयोग
मंसिर ४, २०८१ मंगलबार
त्रिशूलीमा खसेको ट्रकबाट ३ जनाको उद्धार
मंसिर ४, २०८१ मंगलबार