‘इसेवा भर्चुअल फिस्टा’ सुरू, दशहजार विद्यार्थीले निशुल्क अनलाइनमार्फत भाग लिन पाउने
नेपालबहस संवाददाता
जेठ ९, २०७८ आइतबार २३:४६:४१
९ जेठ, काठमाडाैं । निषेधाज्ञाको अवधिमा विद्यार्थीहरूको समयलाई आकर्षक तथा उत्पादक बनाउने उद्देश्यका साथ ‘इसेवा भर्चुअल फिस्टा’ आयोजना गरिएको छ । भर्चुअल प्लेटफर्मको माध्यमबाट मुलुकभरका करीब दशहजार विद्यार्थीलाई एकै ठाउँमा ल्याउने उदेश्यका साथ यो कार्यक्रम आयोजना गरिएको हो ।
यस भर्चुअल फिस्टामा स्नातक तथा स्नातोत्तरसम्मका विद्यार्थी उपस्थित हुन सकिनेछ । यस कार्यक्रममा कार्यशाला तथा अन्तरक्रियाका शत्रहरू सञ्चालन हुनेछन् । यस कार्यक्रमले विद्यार्थीहरूलाई महामारीको त्रासबाट टाढा राख्नको लागि कार्यशाला र गतिविधिहरूमा संलग्न गराउने, गहिरो तथा अर्थपूर्ण छलफल गर्न प्रोत्साहित गर्न र व्यक्तिगत तथा व्यवसायिक जीवनको विभिन्न पक्षहरूमा सान्दर्भिक विचारहरू प्रस्तुत गर्न तथा सीप विकासका अवसर प्रदान गर्ने अपेक्षा राखिएको छ ।
यसबाट विद्यार्थीहरूको लागि ब्यक्तिगत व्यावसायिक दृष्टिकोणबाट अवसरहरू सिकाउन तथा युवाहरुले व्यवसाय स्थापना गर्नको लागि अवसर तथा प्रशिक्षण प्रदान गर्नेछ । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाको मूख्य प्रायोजनामा फोनिक्स् कलेज अफ म्यानेजमेन्ट, युनिभर्सल कलेज र न्यू समिट कलेजले आयोजना गरेको यस अन्तरक्रिया कार्यक्रममा, वित्तीय साक्षरता, महामारीको समयका अग्रपंतिका नायकलाई सम्मान, शेयर बजार प्रशिक्षण, एक्सेल प्रशिक्षण, प्रस्तुति प्रतियोगिता, सार्वजनिक मन्तव्य, प्रत्यक्ष संगीत र आइडिया पिचिंग प्रतियोगिता जस्ता कार्यक्रम समावेश छन् ।
जेठ ७ गते शुक्रबारदेखि सुरू भएको यस कार्यक्रम जेठ २१ गते शुक्रबार सम्म सञ्चालन हुनेछ । यस कार्यक्रममा एमएस टिम्स् तथा आयोजक कलेजको आधिकारिक फेसबुक पेज मार्फत प्रतक्ष्य प्रसारण हुनेछ । सोही फेशबुक पेजमा गइ आफु सहभागी समेत हुन सकिनेछ ।
।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफोन पोइन्टस् र इसेवाबीच साझेदारी, रिवार्ड लोयल्टी कार्यक्रममा सहकार्य गर्ने
माघ ४, २०८० बिहिबार
एफवान सफ्ट ग्रुप द्वारा "फोनपोईन्ट्स" नामक नयाँ कम्पनीको सुरुवात
पुष २६, २०८० बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
धनुषाका संस्थागत विद्यालय एक सातादेखि बन्द
मंसिर ९, २०८१ आइतबार
विद्यार्थीद्वारा व्यावसायिक च्याउखेती
मंसिर ९, २०८१ आइतबार
१३ अंकले घटेर २६६७ अंकमा रोकियो नेप्से, ७ अर्ब ७२ करोड ८८ लाखको शेयर किनबेच
मंसिर ९, २०८१ आइतबार
लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अनुमति
मंसिर ९, २०८१ आइतबार
दुर्गा प्रसाईंलाई सर्वोच्चले दिएन अन्तरिम आदेश, अदालत उपस्थित गराउन निर्देशन
मंसिर ९, २०८१ आइतबार