जोखिम नघटेपछि काठमाडौंमा पुन: एक साता निषेधाज्ञा थपिने
नेपालबहस संवाददाता
जेठ ९, २०७८ सोमबार १:२१:३५
९ जेठ, काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिम नघटेपछि काठमाडौंमा पुन एक साता निषेधाज्ञा थपिने भएको छ । काठमाडौं जिल्लामा दैनिक १५ सयमाथि संक्रमित थपिएका छन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुसार एक साता निषेधाज्ञा थप गर्ने तयारी छ । मृत्यु पनि २५ जनाभन्दा बढीको भएकाले तत्कालै निषेधाज्ञा खुकुलो हुने अवस्था नभएको जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।
आगामी एक साता संक्रमित संख्या हेरेर निषेधाज्ञा गर्नुपर्ने अवस्था रहेको छ । सवारीसाधनको जोर-बिजोर प्रणालीमा पनि खुला गरिहाल्ने अवस्था तत्काल नभएको बताइएको छ ।
उपत्यकामा कोभिड-१९ को संक्रमणको तीव्र रुपमा फैलिएपछि पहिलो चरणको निषेधाज्ञा वैशाख १६ गतेदेखि लागू भएको थियो । संक्रमण दर नघटेपछि बैशाख २२ गते पुनः निषेधाज्ञा थप गरी २९ गतेसम्म र २९ गतेदेखि पुन थप गरी जेठ १३ गते राती १२ बजेसम्म निषेधाज्ञा जारी भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मंगलबार डलरसंगै युरोको भाउ पनि घट्यो
मंसिर ४, २०८१ मंगलबार
राशिफलः आज एैना हेरेर बाहिर निस्कदा शुभ हुन्छ
मंसिर ४, २०८१ मंगलबार
पहाडी भूभागमा हल्का वर्षा र तराइमा हुस्सुको सम्भावना
मंसिर ४, २०८१ मंगलबार
असोजमा आएको बाढीपहिरोका कारण भएको जनधनको क्षतिमा पौन १२ अर्बको बिमा दाबी
मंसिर ४, २०८१ मंगलबार
उम्मेदवारविरुद्ध परेका उजुरीको आज छानबिन गर्दै निर्वाचन आयोग
मंसिर ४, २०८१ मंगलबार
त्रिशूलीमा खसेको ट्रकबाट ३ जनाको उद्धार
मंसिर ४, २०८१ मंगलबार