कोरोनाको कहर अत्यन्तै भयाभह स्थितिमा पुग्याे, सबै सचेत बनौँ : डा. शेखर
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
जेठ ९, २०७८ सोमबार २:१०:७
![](https://nepalbahas.prixacdn.net/media/albums/shekhar_koirala_Mgw48sPgX7.jpg)
९ जेठ, काठमाडाैं । नेपालमा पछिल्लो समय कोरोना भाइरस संक्रमणको अवस्थामा महामारीको कहर अत्यन्तै भयाभह स्थितिमा पुगेको नेपाली कांग्रेसका प्रभावशाली नेता तथा वरिष्ठ चिकित्सक डा. शेखर कोइरालाले बताएका छन् ।
नेता डा. कोइरालाले विश्वभरिनै कहालीलाग्दाे अवस्थामा फैलिएको कोरोनाको दोश्रो चरण पनि सक्रिय हुन थालेपछि त्यसको प्रभाव नेपालमा पनि परेको र त्यसले अत्यन्तै ठूलो मानवीय क्षति पुर्याईरहेकोप्रति अत्यन्तै कारुणिक रुपमा दुःख व्यक्त गरेका हुन् ।
नेपाली कांग्रेसका प्रभावशाली नेताका रुपमा अगाडि देखिएका तथा भावी सभापतिको रुपमा नेपाली कांग्रेस भित्रबाटै हेरिएका डा. कोइरालाले अहिले आफु विराटनगरमा रहेको र विराटनगरको स्वास्थ्य अवस्था अत्यन्तै भयाभह स्थितिमा रहेको, मानिसहरु घर बाहिर निस्कन समेत नसक्ने अवस्था रहेको बताउँदै अगाडि भनेका छन् : “अस्पतालमा बेड छैन, बिरामीहरुको चाप अस्पतालहरुले थेग्न सक्ने अवस्था छैन । यसले आम नागरिकहरुमा थप भय र त्रासको अवस्था सृजना गराई रहेको छ । बिरामीलाई अस्पतालमा राखेर उपचार गराउन समेत नपाउने स्थिति सृजना भएसँगै नागरिकहरुमा आत्मबल समेत घटदै जाने समस्या देखिएको छ ।”
कुराकानीका क्रममा नेता डा. कोइरालाले अगाडि भनेका छन् : “मेरै पहलमा विराटनगरमा अहिले नागरिक केयर सेन्टर समेत शुरु गरिसकेका छौं । प्रत्येक वार्डमा ५०-५० बेडको आईशोलेसन सेन्टर बनाउने तैयारी समेत गरिरहेका छौं । विराटनगर महानगरपालिकाको सहयोगमा सञ्चालित उक्त नागरिक केयर सेन्टरमा अक्सिजन र भेन्टिलेटर सहितको सुविधा प्रबन्ध गर्ने अवस्थामा रहेको छ ।”
कोभिड १९ को संक्रमणका बिषयमा डा. कोइराला भन्छन् : “सरकारले उदासिनता कहाँ देखायो भने कोरोनाको दोश्रो लहर आउँदैछ भन्ने हाम्रै छिमेकी मुलुक भारतबाट भैसकेको थियो तर हामीले त्यसलाई नजरअन्दाज गर्यौं र प्रधानमन्त्रीजीले आफ्ना भाषणमा, उद्घाटनहरुमा मानिसहरुलाई बोलाएर, भेला गराएर, भीड जम्मा गर्ने गरे, यी कामहरुले गर्दा खेरी पनि कोरोना महामारी फैलाउने कार्यमा थप बल पुगेको कुरा स्पष्ट छ ।”
डा. कोइरालाले कुराकानीका क्रममा भनेका छन् : “अब हामीलाई सबैभन्दा गाह्रो कहाँ छ भने सरकारले गर्दिनु पर्ने स्थानीय तहलाई जुन सहयोग गर्दिनु पथ्र्यो त्यो सहयोग हुन सकिरहेको छैन । स्थानीय तहको एउटा क्यापासिटी हुन्छ, त्यो क्यापासिटी समेत नाघ्न थालिसकेको अवस्था छ । पहिलो चरणको कोरोना महामारीमा आफ्ना सबै बिकास निर्माणका कामहरु थाती राखेर कोरोनाका उपचार र रोकथाममा खर्चिएका स्थानीय तहहरुले संघिय सरकारबाट जुन खर्चको बिल भरपाईहरुको सोधभर्ना गरिदिन्छौं भनेर आवासन पाएका थिए, त्यो पुरा नभए पछि शुरुमा स्थानीय तहहरु पनि केहि उदासिन हुन पुगेको तितो यथार्थतालाई समेत उजागर भएको छ ।”
अधिकांश जिल्लाहरुमा पीसीआर टेष्ट समेत हुन नसकेको प्रति चिन्ता व्यक्त गर्दै उनले भनेका छन् : कहिँ अक्सिजन छ भने भेन्टिलेटर छैन, भेन्टिलेटर छ भने आई.सी.यू. छैन, यस्तो निरीह अवस्थामा सरकार गैरहेको छ । सरकारले अक्सिजन, भेन्टिलेटर र आई.सी.यू. समेत म्यानेज गर्न सकेको छैन ।
अब अर्को बिकल्प भनेको खोप मात्रै हो भन्दै वरिष्ठ चिकित्सक समेत रहेका डा. कोइरालाले भनेका छन् : भारतले हामीलाई १० लाख डोज खोप दियो ग्रान्टमा, त्यसपछि हामीले पैसाले किन्ने भनेर पैसा पनि पठायौं तर भारतले हामीलाई खोप उपलब्ध गराउन सकिरहेको छैन । हामी कहाँ पनि महामारी छ, हामी नेपाललाई खोप उपलब्ध गराउन सक्दैनौ भनेर हात उठाई सक्यो भन्दै डा. कोइरालाले भारत भनेर मैले भारत देशलाई बताउन खोजेको हैन हामीले जुन कम्पनीलाई पैसा दियौं, त्यो कपनीले नै हात उठाई दियो भन्न खोजेको हो ।
सिरफ ईन्सिच्यूट अफ ईण्डियाले नै हात उठाईसकेपछि अब हामीले माग्ने हैन, हामी सक्षम छौं, हामी गर्न सक्छौं, हाम्रो जनतालाई खोप उपलब्ध गराउन सक्छौं भनेर भारतसित किन्ने हो कि ? अमेरिकासित किन्ने हो कि ? चीनसित किन्ने हो कि ? रुससित किन्ने हो कि ? यूकेसित किन्ने हो, जो सित किन्न सकिन्छ किनेर हामीले भ्याक्सिन जनतालाई लगाउनु पर्छ । डा. शेखर भन्छन्, यसमा त अझ मेरो धारणा के छ भने निजी क्षेत्रलाई पनि खोप किन्ने अवस्था बनाइदिने हो भने निजी क्षेत्रले पनि उल्लेख्य सहयोग गर्न सक्छ भन्ने मलाई लागेको छ ।
नेपालमा बिचौलियाहरुका कारणले समयमै आवश्यक मात्रामा खोप आउन नसकेको कुरा अब लुकाउनु पर्ने कुरा नै रहेन भन्दै कांग्रेस नेता कोइरालाले अब अनुदानमा आउलाकी भनेर पर्खेर बस्ने हैन अमेरिकासँग भन्न सक्नु पर्यो कि हामी किनेरै भए पनि खोप ल्याउन सक्छौं हाम्रा जनता बचाउन हामीलाई खोप उपलब्ध गराईदेउ भनेर सरकारले भन्न सक्नुपर्ने धारणा समेत राखेका छन् ।
यस्तो महामारीमा पनि जनताको जीवन रक्षाका लागि हामीले केही गर्न सकेनौ भने जनताले हामीलाई माफी दिने छैनन । विश्वमा कोरोनाको तेश्रो लहर समेत आउन लागेको बिषयमा सचेत गराउँदै नेता डा. शेखरले जापानमा समेत तेश्रो लहर आईसकेको र अन्य देशहरुमा समेत बिस्तार देखिन थालेको भन्दै यो झनै खतरनाक छ भन्दै झनै संक्रमण बढनसक्ने कुरामा सचेत गराउँदै त्यसले युवा र बालबच्चाहरुलाई असर गर्छ भन्ने भन्ने कुरा आईसकेको प्रति सचेत समेत गराएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपट्रम्पले सत्ता सम्हाले लगतै अमेरिकामा टिकटक सेवा पुनः सञ्चालन
माघ ७, २०८१ सोमबार
अब महँगा फोनमा ह्वाट्सएप, फेसबुक र इन्स्टाग्राम नचल्ने
पुष ९, २०८१ मंगलबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
लेबनानमा शान्ति सेनामाथि आक्रमण गरेको आरोपमा २५ जना पक्राउ
फागुन ३, २०८१ शनिबार
प्रश्नको उत्तरमै प्रधानमन्त्रीको कन्जुस्याई (पूर्णपाठसहित)
फागुन ४, २०८१ आइतबार
चिकित्सकले मानिसको स्वास्थ्य परीक्षणको लागि नङ हेर्न सक्छन् ?
फागुन ४, २०८१ आइतबार
मौरिससका पूर्वप्रधानमन्त्री सम्पत्ति शुद्धीकरण मुद्दासम्बन्धी आरोपमा पक्राउ
फागुन ४, २०८१ आइतबार
छुवाछूतका समस्या सम्बोधन गर्न विशेष प्रहरी ‘डेस्क’ गठन गरिने
फागुन ४, २०८१ आइतबार
ओस्कार अवार्ड : २०२५ मा ऋतिक रोशनको १७ वर्ष पुरानो फिल्म देखाइने
फागुन ४, २०८१ आइतबार