नेपालमा संक्रमणदर ५.७ प्रतिशतले ह्रास
नेपालबहस संवाददाता
जेठ ९, २०७८ सोमबार २:२५:३५
९ जेठ, काठमाडौं । नेपालका कोभिड–१९ को संक्रमणदर यस साता घटेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज आयोजित नियमित पत्रकार सम्मेलनमा यस साता संक्रमण दर घटेको जानकारी दिइएको हो । इपिडिमियोलोजिष्ट तथा काठमाडौं विश्वविद्यालयका उपप्रध्यापक डा. अर्चना श्रेष्ठले गत साताको तुलनामा यस साता ५.७ प्रतिशतले संक्रमणदर घटेको दावी गरे ।
पछिल्लो २४ घण्टामा सात हजार ९१४ संक्रमित भेटिएका छन् । शनिबारको तुलनामा आज भेटिएका संक्रमितको सङ्ख्या कम हो । शनिबार आठ हजार ९८० संक्रमित फेला परेका थिए । उनका अनुसार वागमती, गण्डकी र लुम्बनी प्रदेशमा संक्रमण दर घटेको र प्रदेश नं १, प्रदेश नं २, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने बढेको पाइएको छ ।
वागमती १६.३१ प्रतिशत, गण्डकी १०.८७ प्रतिशत र लुम्बनी प्रदेशमा १९.१ प्रतिशत संक्रमणको दर घटेको छ । सबभन्दा बढी प्रदेश नं २ मा सङ्क्रमण दर फैलिएको छ । प्रदेश नं २ मा १०५.१ प्रतिशतको दरले संक्रमण बढेको छ । प्रदेश नं १ मा २६.८ प्रतिशत, कर्णालीमा २९.१ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ९.६ प्रतिशतले सङ्क्रमण दर बढेको पाइएको छ । उनले संक्रमण दर कम भए पनि जनस्वास्थ्यका मापदण्ड पालना नगरे पुनः बढ्ने बताए ।
यस्तै जिल्लागत रूपमा ५० जिल्लामा संक्रमणको दर व्यापक रुपमा फैलिएको उनको भनाइ छ । प्रतिलाख जनसङ्ख्यामा २७.८ जनामा दैनिक मानिसमा संक्रमण छ । उनले गत वर्षभन्दा यस वर्ष तीन गुणाले संक्रमणको दर फैलिएको जानकारी दिए । गत वर्ष असोजमा प्रतिदश लाख जनसङ्ख्यामा १३१.७ जनामा दैनिक संक्रमणको दर रहेको थियो भने यसपटक जेठमा नै ३०७.६ जनामा संक्रमणको दर रहेको उनको भनाइ छ । संक्रमणको पोजिटिभ हुने दर पनि गत वर्षभन्दा यस वर्ष दोस्रो लहरले बढेको पाइएको छ । गत वर्ष २५.२ प्रतिशतमा पोजेटिभ दर र यस वर्ष ४६।७ प्रतिशत छ । इपिडिमियोलोजिष्ट डा श्रेष्ठ संक्रमणबाट निधन हुने गत वर्षभन्दा यस वर्ष बढी रहेको जानकारी दिए ।
उनका अनुसार यस वर्ष संक्रमित मध्ये १.३१ प्रतिशतको निधन र गत वर्ष ०.७५ प्रतिशतको भएको थियो । अहिले हरेक उमेर समूहमा संक्रमणको कारणले मृत्युदर बढिरहेको उनको भनाइ छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्णप्रसाद पौडेलले सबभन्दा बढी १० जिल्लामा संक्रमणको जोखिम रहेको बताए ।
उनका अनुसार काठमाडौं, रुपन्देही, ललितपुर, बाँके, भक्तपुर, मोरङ, कास्की, कैलाली, दाङ र चितवन रहेका छन् । उनका अनुसार काठमाडौं उपत्यकामा संक्रमण घट्दै र उपत्यका बाहिर बढ्दै गएको छ । सबभन्दा चैत अन्तिम सातादेखि जेठको पहिलो हप्तासम्म सबभन्दा दु्रत गतिमा संक्रमण बढेको बताए । रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मंगलबार डलरसंगै युरोको भाउ पनि घट्यो
मंसिर ४, २०८१ मंगलबार
राशिफलः आज एैना हेरेर बाहिर निस्कदा शुभ हुन्छ
मंसिर ४, २०८१ मंगलबार
पहाडी भूभागमा हल्का वर्षा र तराइमा हुस्सुको सम्भावना
मंसिर ४, २०८१ मंगलबार
असोजमा आएको बाढीपहिरोका कारण भएको जनधनको क्षतिमा पौन १२ अर्बको बिमा दाबी
मंसिर ४, २०८१ मंगलबार
उम्मेदवारविरुद्ध परेका उजुरीको आज छानबिन गर्दै निर्वाचन आयोग
मंसिर ४, २०८१ मंगलबार
त्रिशूलीमा खसेको ट्रकबाट ३ जनाको उद्धार
मंसिर ४, २०८१ मंगलबार