राष्ट्रपतिले ओलीलाई प्रधानमन्त्री नबनाएको भन्दै सर्वोच्चमा रिट !
नेपालबहस संवाददाता
जेठ १०, २०७८ सोमबार १३:५:२६
१० जेठ, काठमाडौं । संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई प्रधानमन्त्री नबनाएर राष्ट्रपति संविधान विपरित काम गरेको भन्दै सर्वोच्चमा रिट परेका छन् । आइतबार शक्रबार पेश भएका २५ रिटहरु मध्ये एउटा रिट प्रधानमन्त्री केपी ओलीलाई संविधानको धारा ७६ को ५ अनुसार नियुक्ति गर्नुपर्नेमा मागगर्दै सर्वोच्च अदालतमा रिट परेको हो।
अधिवक्ता कृष्ण भण्डारीले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्ने स्पष्ट आधारसहित ओलीले पेस गरेको संख्यालाई नमानी राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्ति संविधान विपरित रहेको भन्दै रिट दायर गरेका हुन्।
दलीय ब्यवस्थामा पार्टीका आधिकारिक निकायले यति सदस्य छन् भनेर दावी गरेपछि त्यो नै आधिकारिक हुने राष्ट्रपतिले त्यही संख्या हेरेर ओलीलाई प्रधानमन्त्री नियुक्ती गर्नुपर्ने जिकिर रिटमा गरिएको छ । पेश हुन आएका रिट अध्यायनको अवस्थामा रहेकालाे दर्ताका लागि आज बिहान ११ बजे बोलाइएको भण्डारीले जानकारी दिए।
संविधानको धारा ७६ को ५ अनुसार राष्ट्रपतिले प्रधानमन्त्रीका लागि दावी पेश गर्न दिएको समयसीमा प्रधानमन्त्री ओलीले जसपा का ३२ जाना र एमालेका १२१ जनाको समर्थन रहेको भन्दै प्रधानमन्त्रीका लागि राष्ट्रपति समक्ष दावी पेश गरेका थिए । त्यस्तै नेपाली कांग्रेसका नेता शेरवहादुर देउवा पनि १४९ जना सांसदको हस्ताक्षर सहित प्रधानमन्त्री दावी गरेपछि दुवैको दावी नपुगेपछि राष्ट्रपति दुबै दावी खारेज गरेकी थिइन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
एमालेको शक्ति प्रदर्शन सरकारविरुद्ध हो कि जनताविरुद्ध ?
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
प्रधानमन्त्रीको चीन भ्रमण चार दिने हुने, १८ गते सि जिनपिङसँग भेटवार्ता हुने
मंसिर १०, २०८१ सोमबार
प्रधानमन्त्रीको भ्रमण तयारी गर्न मंसिर १३ गते परराष्ट्र मन्त्री राणा चीन जाने
मंसिर १०, २०८१ सोमबार
बादी समुदायको पुर्ख्यौली पेसा संकटमा
मंसिर १०, २०८१ सोमबार
कति छ आज तरकारी तथा फलफूलको भाउ ?
मंसिर १०, २०८१ सोमबार
पल शाहको 'मायावी' फागुन १४ मा रिलिज हुने
मंसिर १०, २०८१ सोमबार
आइपीएल अक्सनको पहिलो दिन, ७२ खेलाडीका लागि ७४८.७२ करोड खर्च
मंसिर १०, २०८१ सोमबार